विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालयको साउन ११ गतेको पत्रादेशअनुसार प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंबाट सरुवा भई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर पुगेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
डिआईजी खनालले प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदभार ग्रहण गर्दै कोशी प्रदेशको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Facebook Comments Box
