Author: Scoop Khabar

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट तालिमका लागि खटिएको टोली ग्रिनेड अभ्यासमा संलग्न थियो। सोही क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो। घटनापछि तत्काल उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा दिउँसो करिब १२ बजे विष्टको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिना…

थप

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहारसहित जनविश्वास बढाउने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरको अनुगमन तथा निरीक्षणका क्रममा डीआईजी भट्टराईले प्रहरीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन्। उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक, अनुशासित र जिम्मेवार भएर काम गर्न आग्रह गर्दै संगठनप्रतिको जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिए। निरीक्षणका क्रममा डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्दै जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, सेवा प्रवाह, विपद् जोखिम…

थप

धनगढी । कैलाली प्रहरीले धनगढी बजार क्षेत्रका विभिन्न ६ वटा होटलमा छापा मारेर यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा २४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार होटलहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले निगरानीपछि छापा मारेको हो। छापाका क्रममा ११ जना महिला र १३ जना पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने पुरुषमध्ये ७ जना भारतीय नागरिक रहेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले धनगढी बजार क्षेत्रका होटलहरूमा हुने अवैध गतिविधि नियन्त्रण गर्न…

थप

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा बुधबार जनकपुरस्थित मधेश भवन परिसरमै तोडफोड भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बुधबार बिहान करिब ११ बजे मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गर्दै गाडीमा जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेका थिए । प्रहरीका अनुसार स्कारपिओ गाडीमा आएका ती व्यक्ति घटनास्थल वरपर केहीबेर घुमफिर गरेपछि मन्त्रीको गाडीमा पुगेका थिए। सिसीटिभी फुटेजमा उनी गाडीको वरिपरि निरीक्षण गर्दै राष्ट्रिय झण्डा भाँच्ने र त्यसपछि मोबाइलमा कुरा गर्दै मन्त्रालय परिसरभित्र प्रवेश गरेको देखिएको छ। उनी करिब…

थप

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय यादव मंगलबार दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइए पनि उपचारकै क्रममा साँझ ४ः१६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मंगलबार विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए भने पछाडि सवार उनकी ४७…

थप

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब अर्धमासिक रूपमा १५/१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्षदेखि अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको २०८३ वैशाख २१ गतेको पत्रअनुसार राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख छ। परिपत्रमा सोही व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयन गर्न सबै सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ। यस व्यवस्थासँगै नेपाल प्रहरीका…

थप

रुपन्देही । गुल्मीको इस्मा गाउँपालिका-५ का ४१ वर्षीय यामबहादुर कुमालले केही वर्षको अन्तरालमा दुई श्रीमतीको हत्या गरेका छन्। पहिलो श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगेका उनी संविधान दिवसको अवसरमा कैद मिनाह पाएर छुटेका थिए। अहिले दोस्रो श्रीमतीको हत्या गरेपछि पुनः कानुनी कारबाहीको दायरामा परेका छन्। यामबहादुरका पहिलो श्रीमतीतर्फ दुई छोरी र एक छोरा तथा दोस्रो श्रीमतीतर्फ एक छोरा गरी चार सन्तान छन्। दुवै आमाको हत्या भएपछि र बुवा पुनः जेल जाने अवस्थामा पुगेपछि ती बालबालिकाको भविष्य अन्योलमा परेको स्थानीयवासी बताउँछन्। इस्मा गाउँपालिका–५ का वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार मंगलबार दिउँसो पनि यामबहादुरले श्रीमतीमाथि कुटपिट गरेको जानकारी स्थानीयले दिएका थिए। राति पुनः…

थप

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा पोस्टहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो। सर्कुलरमा ट्राफिक प्रहरीले सवारी चेकजाँचलगायतका ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल तथा आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भइरहेको उल्लेख गरिएको छ। सोही आधारमा अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने निर्देशन दिइएको छ। त्यसको सट्टा सम्मान प्रकट गर्न टाढैबाट नमस्कार गर्ने तथा गराउने व्यवस्था…

थप

काठमाडौं । जेनजी आन्दोलनको बेला क्यासिनोमा डकैती गर्नेहरूले बिचाैलीया मार्फत सेटिङ्ग हानेर अदालतमा बेच्न छान्दै गरेको खुलेको छ। एकातर्फ सो अपराधमा संलग्न कतिपय मुख्य व्यक्ति धमाधम न्युन धरौटीमा छुट्न थालेका छन् भने उनीहरूको सम्पत्ति छानबिन पनि रहस्यमय रुपमा रोकिएको छ । हायात होटलमा रहेको क्यासिनो प्राइडबाट करोडौं डकैती गर्ने गिरोहका नाइके मानिएका कुले भन्ने कुलध्वज लामा र कोरियन भने राकेश लामा धरौटीमा रिहा भएका छन्। लामो समय फरार रहेका उनीहरुलाई अदालतमा उपस्थित भएर ४–४ लाख धरौटीमा छुटेका हुन्। जबकी सो गिरोहका सामान्य आरोपीहरू भने कारागार चलान भएका थिए। दलालमार्फत सेटिङ मिलाएर छुटेको उनीहरूले बताउने गरेका छन्। दुवै जना पटके अभियुक्त…

थप

काठमाडौं । राहदानी (पासपोर्ट) छपाइसम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) को नाम पनि जोडिएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार बोलपत्र मूल्याङ्कन उपसमितिमा सहभागि भएका एसपी पुष्करराज भट्टले सम्बन्धित कागजातमा हस्ताक्षर गरेको देखिएको छ। तर, उनीविरुद्ध भ्रष्टाचार मुद्दा भने दायर गरिएको छैन। आयोगले अनुसन्धानमा सहयोग पुर्‍याएको आधारमा भट्टलाई साक्षीका रूपमा राखेको जनाएको छ। यस प्रकरणमा भट्टसहित मुकेश रेग्मी, दिनेश अधिकारी, धुव्र तिवारी, मुनिष आचार्य र मनिष भट्टराई लगायतलाई पनि साक्षी बनाइएको छ। अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ जना व्यक्ति तथा…

थप