काठमाडौं । प्रहरी प्रधान कार्यालयले केहि प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । जसअनुसार प्रहरी वृत्त बौद्धमा डीएसपी मदनजित महराको सरुवा भएको छ।
बौद्धका डीएसपी सन्तोष रोका तानिएपछि महरालाई त्यहाँ पठाइएको हो। रोकाको सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय अछाम प्रमुखमा डीएसपी पबिन्द्र बमको सरुवा भएको छ भने जिप्रका धनुषामा ओम खनाललाई पठाइएको छ।
त्यसैगरी वडा प्रहरी कार्यालय बैदाममा डीएसपी सुर्य बोगटीको सरुवा भएको छ भने बैदामका डीएसपी नमराज भट्टराईको प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर प्रमुखमा डीएसपी ज्ञान बहादुर खड्काको सरुवा गरिएको छ। डीएसपी मिन कुवरको प्रहरी प्रधान कार्यालयस्थित भण्डार शाखामा सरुवा भएको छ।
अर्का डीएसपी राजु लामाको पनि प्रधान कार्यालयस्थित सिआइडी र डीएसपी जनक पुरीको सिआइबीमा सरुवा भएको छ।
