Author: Scoop Khabar

काठमाडौं । नवनियुक्त गृह सचिव केदारनाथ शर्माले गृह मन्त्रालयको सचिवका रूपमा कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नवनियुक्त गृह सचिव शर्मालाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले स्वागत गरेका हुन्। यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत शर्मा गृह सचिवको जिम्मेवारीमा आएका हुन्। गृह सचिवको जिम्मेवारी सम्हालेसँगै उनले मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्दै सुरक्षा निकायसँगको समन्वयलाई समेत अघि बढाउनेछन्। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन, कारागारलगायत महत्वपूर्ण निकाय रहेका छन्। त्यसैले गृह सचिवको भूमिका मुलुकको शान्ति–सुरक्षा, प्रशासनिक व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वयका दृष्टिले महत्वपूर्ण मानिन्छ। शर्माको कार्यकालमा गृह प्रशासनलाई थप…

थप

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको बेत्रावतीमा कस्तो भयावह क्षति पुर्‍यायो भन्ने अर्को दर्दनाक दृश्य देखिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा पुरिएको घरभित्र एउटै कोठामा २० भन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका मानिसका शव उक्त घरमा थुप्रिएको अवस्थामा भेटिएको हो। शवको संख्या भने अहिलेसम्म यकिन हुन सकेको छैन। बेत्रावतीस्थित ठूलो घरको एउटा कोठाभित्र ठूलो संख्यामा शव रहेको जानकारी पाएपछि उद्धार टोली त्यहाँ पुगेको थियो। तर, लगातारको वर्षा, अँध्यारो र जोखिमपूर्ण अवस्थाका कारण उद्धार तथा शव निकाल्ने काम सहज हुन सकेको थिएन। विदुर नगरपालिका–१० का एक वडा…

थप

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याएर गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित खाली चौरमा गाडिएको छ। तत्काल पहिचान हुन नसकेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो। बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवमध्ये पहिचान हुन नसकेका तथा आफन्तले दाबी गर्न नआएका शवको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो। शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिमसमेत बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले सुरक्षित रूपमा शव व्यवस्थापन गर्ने निर्णय गरेका हुन्। दक्षिणढोकास्थित खुला चौरमा गएराति ४६ शव गाडिएको हो।…

थप

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालबाट हराएको एकदिने नवजात शिशुलाई पर्सा प्रहरीले १६ घण्टाभित्रै सकुशल उद्धार गरेको छ। नवजात शिशु अस्पतालबाट अनधिकृत रूपमा लगिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवन भट्टराई आफैं अग्रसर हुँदै विशेष प्रहरी टोली परिचालन गरेका थिए। प्रहरीले सम्भावित स्थान तथा नाकाहरूमा निगरानी बढाउँदै रातभर विशेष खोजी अभियान सञ्चालन गरेको थियो। प्रहरीको तीव्र खोजीपछि नवजात शिशुलाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको हो। घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने आसमहम्मदकी पत्नी २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु…

थप

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नियुक्त भएकी छन्। खुलातर्फ प्रतिस्पर्धा गर्दै लोकसेवा प्रक्रिया पार गरेपछि लम्साल प्रहरी निरीक्षक पदमा नियुक्त भएकी हुन्। खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनले अब नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्। विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। १३औँ सागमा पदक जितेकी लम्साल राष्ट्रियस्तरकी चर्चित ब्याडमिन्टन खेलाडीसमेत हुन्। खेलकुदसँगै सुरक्षा सेवामा प्रवेश गरेकी उनको यो उपलब्धिलाई खेलकुद र प्रहरी दुवै क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। ब्याडमिन्टन कोर्टबाट…

थप

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणीन्द्र प्रसाईँ गण्डकी प्रदेशकै ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले प्रसाईँलाई साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरेको हो । प्रहरी संगठनले दिएको जिम्मेवारीलाई इमानदारी, कर्तव्यनिष्ठा र उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय काम गरेको मूल्यांकनका आधारमा प्रसाईँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी प्रसाईँको नेतृत्वमा साउन महिनामा भएका विभिन्न अपराधका घटनामा संलग्न अभियुक्त पक्राउदेखि फरार अभियुक्त नियन्त्रणसम्म उल्लेखनीय सफलता हासिल भएको थियो । उनको नेतृत्वमा फरक–फरक घटनामा २ जनाको हत्यामा संलग्न ५ जना अभियुक्त तथा विभिन्न…

थप

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठको विदाइ गरिएको छ । पाँचवर्षे सचिवको कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जान लागेका श्रेष्ठलाई गृह मन्त्रालयमा आयोजित एक समारोहबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलले विदाइ गरेका हुन् । श्रेष्ठ २०८२ पुस १४ गते गृहसचिवमा नियुक्त भएका थिए । तर, सचिवका रूपमा पाँचवर्षे कार्यकाल पूरा भएपछि उनी अनिवार्य अवकाशमा गएका हुन् । गृहसचिवका रूपमा श्रेष्ठले गृह प्रशासनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा निकायसँगको समन्वयमा काम गरेका थिए । विदाइ कार्यक्रममा दुवै सुरक्षा संगठनका प्रमुखले श्रेष्ठको कार्यकालमा भएको समन्वय र सहयोगको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना…

थप

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २९ जना नयाँ प्रहरी निरीक्षक थपिएका छन् । खुला प्रतियोगिताबाट उत्तीर्ण भएका उनीहरूलाई नियुक्तिपत्र प्रदान गर्नुका साथै विभागीयतर्फका प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले १६ जना विभागीय प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सुशोभित गरे । सोही अवसरमा खुला प्रतियोगितातर्फ उत्तीर्ण १३ जना प्रहरी निरीक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको थियो । नेपाल सरकार, गृह मन्त्रालयले २०८२ मंसिर २६ गते प्रकाशित गरेको विज्ञापनअनुसार सञ्चालन भएको खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ गरी २९…

थप

काठमाडौं । सल्यानका २१ वर्षीय आयुष खड्काको सरकारी सेवामा प्रवेश गर्ने सपना छोटो समयमै अधुरै भएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी खरिदार पदमा सरकारी सेवामा प्रवेश गरेका खड्का पहिलो पोस्टिङमै रसुवाको टिमुरे पुगेका थिए। तर, सरकारी सेवाको यात्रा सुरु गरेको केही समयमै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोमा परी उनको ज्यान गएको छ। सल्यानको बागचौर नगरपालिका–१० पिपलनेताका आयुषको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विपद् व्यवस्थापन केन्द्रमा भएको थियो। उनी केही समयअघि मात्रै उक्त कार्यालयमा हाजिर भएका थिए। स्नातक तहको परीक्षा दिनसमेत रसुवाबाट सल्यान पुगेका आयुष त्यसपछि टिमुरे फर्किएका थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण…

थप

काठमाडौं । तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उपचार तथा पुनर्स्थापनाका लागि कर्पोरेट नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। आइतबार कर्पोरेट नेपालको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। चेक बुझ्दै अर्थमन्त्री वाग्लेले ‘एक करोडभन्दा कमको फोटो के खिच्नु ?’ भन्दै सहयोग हस्तान्तरणको तस्वीर खिच्न अस्वीकार गरेको कर्पोरेट नेपालले जनाएको छ। वाग्लेका अनुसार एक करोडभन्दा कम रकमका सहयोगका लागि फोटो खिच्दा सहयोग हस्तान्तरण गर्न आउनेको संख्या धेरै हुन्छ। यद्यपि, यसअघि विभिन्न व्यवसायिक संस्थाले गरेको २०–२५ लाख रुपैयाँसम्मको सहयोगमा पनि अर्थमन्त्री वाग्लेले तस्वीर…

थप