Author: Scoop Khabar

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै पनि अवस्थामा उन्मुक्ति नपाउने बताएका हुन्। गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उनको भनाइ छ। ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ गुरुङले भनेका छन्। उनले राज्यका संवेदनशील सूचना कसैको निजी…

थप

काठमाडौं । फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले आत्मसमर्पण गरेका छन्। शर्मा आज जिल्ला अदालत पर्सामा उपस्थित हुने गरी आत्मसमर्पण गरेका हुन्। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अहिले उनी प्रहरी नियन्त्रणमा छन् भने केही बेरमा पर्सा जिल्ला अदालतमा उपस्थित गराइँदैछ। तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा प्रकरणमा शर्मा सहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको थियो। अदालतले अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। शर्माविरुद्धको मुद्दामा आज अदालतमा थुनछेक बहस हुने भएको छ। बहसपछि अदालतले उनलाई धरौटी माग गरी छाड्ने,…

थप

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ जानुका पन्तले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। पन्तले खस आर्य महिला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्। उनले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ गर्दै अधिकार र नेतृत्वको पहुँच विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएकी छन्। महिलाको नेतृत्व र क्षमता विकासलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी पन्तले कांग्रेसभित्र तल्लो तहका कार्यकर्ताको भूमिका र अधिकारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। त्यस्तै, प्रत्यक्ष संवादमार्फत जनताका समस्या र मुद्दालाई पार्टीको प्राथमिकतामा राख्दै संगठनलाई थप सुदृढ बनाउने उनको भनाइ छ। उनले युवा सहभागिता, संगठन सुदृढीकरण र जनताका मुद्दामा केन्द्रित कांग्रेस निर्माणलाई…

थप

गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोरखाका नेता तथा इन्जिनियर दीपकबाबु कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गोरखा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित कँडेलले संगठन सुदृढीकरणसँगै गोरखाका स्थानीय मुद्दालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउने एजेन्डा अघि सारेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय कँडेलले उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन्। युवालाई सीप र उद्यमसँग जोड्ने, स्थानीय उत्पादनलाई बजार तथा प्रविधिसँग जोड्ने र विदेशबाट फर्किएका नेपालीको सीप तथा पुँजी स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनको जोड छ। पालुङटार नगरपालिकाका पूर्वमेयरसमेत रहेका कँडेलले ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपाल र सम्मानित नेपाली’ भन्ने…

थप

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट तनहुँका रामजीवी पन्थले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। प्रवासमा रहेर लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्। उनले १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरेका छन्। पन्थले दोहोरो नागरिकताको प्रभावकारी कार्यान्वयन, विदेशबाट मतदानको अधिकार, दोहोरो करसम्बन्धी समस्या समाधान तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका अधिकारलाई आफ्नो प्राथमिकतामा राखेका छन्। उनले प्रवासी नेपालीका मुद्दालाई कांग्रेसको नीति निर्माण तहसम्म पुर्‍याउने र विश्वभरका जनसम्पर्क समितिलाई पार्टीसँग थप सशक्त रूपमा जोड्ने प्रतिबद्धता जनाएका छन्।

थप

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा पुगेर भेट्नु सशस्त्र प्रहरी बल नेपालका एआईजी बंशी दाहाललाई भारी परेको छ। अवकाशमा जान एक साता मात्रै बाँकी रहँदा सरकारले दाहाललाई निलम्बन गरी उनीमाथि छानबिन अघि बढाएको छ। जबरालाई प्रहरी हिरासतमा राखिएको अवस्थामा दाहाल राति टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यहाँ उनले जबरासँग भेट गरेको विषयलाई लिएर सरकार र सुरक्षा निकायभित्र प्रश्न उठेपछि दाहालमाथि जाँचबुझ गर्ने निर्णय भएको हो। दाहालमाथि हिरासतमा रहेका जबरासँग भेट्नुका साथै संवेदनशील सुरक्षा विषयमा शंकास्पद साँठगाँठ गरेको आशंका गरिएको स्रोतको दाबी छ। यही विषयमा विस्तृत छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको हो। दाहाल र…

थप

काठमाडौं । सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्। सशस्त्र प्रहरी बलको सिफारिसमा गृह मन्त्रालयले सोमबार दाहाललाई निलम्बन गरेको हो। दाहालमाथि लागेको आरोपबारे विस्तृत छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ समिति गठन गरेको छ। समितिको जाँचबुझका लागि जाँचबुझ अधिकृतसमेत नियुक्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। दाहालको पदावधि आगामी २८ असोजमा सकिँदैछ। सशस्त्र प्रहरी बलमा एआईजीको पदावधि पाँच वर्षको हुने व्यवस्था छ। चार वर्ष पूरा भएपछि पदावधि थपका लागि सरकारले निर्णय गर्नुपर्ने हुन्छ।दाहालले चार वर्षको पदावधि पूरा गरिसकेका छन्। तर, निलम्बनमा परेसँगै उनको पदावधि थप हुने सम्भावना कमजोर बनेको छ।…

थप

काठमाडौं । अवकाशको तयारीमा रहेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल विवादमा तानिएका छन्। संगठनको अनुमति र जानकारीबिनै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको विषयमा गृह मन्त्रालयको निर्देशनपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले दाहालसँग स्पष्टीकरण मागेको हो। स्रोतका अनुसार प्रधान कार्यालय हलचोकले गत शुक्रबार दाहाललाई स्पष्टीकरण सोधेको हो। असोज ११ गते बिहान जबरा प्रहरी नियन्त्रणमा रहेका बेला दाहाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यही क्रममा जबरासँग भेट गरेको विषयलाई संगठनले ‘चेन अफ कमान्ड’ उल्लंघनका रूपमा लिएको स्रोतको दाबी छ। दाहाल आगामी असोज २७ गते एआईजीको चारवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। उनको पदावधि एक वर्ष थप गर्न सशस्त्र…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ भारत जान लागेका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार उनी असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन्। बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुनेछन्। बैठकमा क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

थप

पर्सा । लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोपमा पर्सामा इन्सपेक्टरसहित तीन प्रहरीमाथि अनुसन्धान सुरु भएको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा कार्यरत प्रहरी कर्मचारीले फरार अभियुक्तलाई पक्राउ गरेपछि रकम लिएर छाडेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे छानबिन अघि बढाएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा रकम लेनदेनमा प्रहरी हवल्दार र जवानसँगै इन्सपेक्टरको समेत संलग्नता देखिएपछि तीनै जनालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानका लागि इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई झिकाइएको हो। पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार आरोपित…

थप