तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट तनहुँका रामजीवी पन्थले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रवासमा रहेर लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्। उनले १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरेका छन्।
पन्थले दोहोरो नागरिकताको प्रभावकारी कार्यान्वयन, विदेशबाट मतदानको अधिकार, दोहोरो करसम्बन्धी समस्या समाधान तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका अधिकारलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
उनले प्रवासी नेपालीका मुद्दालाई कांग्रेसको नीति निर्माण तहसम्म पुर्याउने र विश्वभरका जनसम्पर्क समितिलाई पार्टीसँग थप सशक्त रूपमा जोड्ने प्रतिबद्धता जनाएका छन्।
