काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ भारत जान लागेका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार उनी असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन्।
बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुनेछन्।
बैठकमा क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
Facebook Comments Box
