Author: Scoop Khabar

लन्डन। बेलायतभर छरिएर रहेका नेपाली पण्डित तथा गुरुहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पण्डित चिरञ्जीवी ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरिएको छ। केही वर्षअघि गुरुहरूलाई संस्थागत रूपमा संगठित गर्ने उद्देश्यले कम्पनी हाउसमा संस्था दर्ता गरिएको भए पनि विभिन्न प्राविधिक कारणले अपेक्षित रूपमा गतिविधि अघि बढ्न सकेको थिएन। त्यसपछि पुरानो संस्थालाई औपचारिक रूपमा बन्द गरी नयाँ ऊर्जा, नयाँ नेतृत्व र साझा प्रतिबद्धतासहित पुनः संगठित भएर अघि बढ्ने निर्णय गरिएको जनाइएको छ। प्रवासमा रहेका नेपाली समुदायमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विषयसँग सम्बन्धित जिज्ञासा, चाडपर्व, तिथि–मिति र संस्कारसम्बन्धी विषयमा शास्त्रीय मार्गदर्शन प्रदान…

थप

रौतहट । रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा सरकारी कार्यालयमा ताला लगाएर कर्मचारीको निजी घरबाट करोडौँ रुपैयाँ बराबरका योजनाको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको आरोप सार्वजनिक भएको छ। कार्यालयबाहिर बसेर सार्वजनिक कोषको भुक्तानी गरिएको घटनाले स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय स्रोतका अनुसार असार २४ र २५ गते राति तथा आर्थिक वर्षको अन्तिम दिन नगरपालिकाको नियमित कार्यालयमा नभई दुर्गाभगवती गाउँपालिका–३, मत्सरीस्थित स्वास्थ्य शाखा प्रमुख प्रविण झाको निजी निवासबाट विभिन्न योजनाका चेक तयार पारिएका थिए। आर्थिक वर्ष सकिएसँगै राति ११ः५९ बजेपछि वित्तीय प्रणाली बन्द हुने भएकाले हतारमा त्यहीँबाट भुक्तानी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।…

थप

काठमाडौं । मुगुका गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए। दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ। प्रहरीका अनुसार वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) ११ बजेतिर मृत्यु भएको हो। राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन्। कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ । प्रवक्ता काफ्लेले भने, ‘उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ। नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो। यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ। कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन।’ प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक…

थप

काठमाडौं । प्रहरीले बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ पर्नेहरूमा आशा श्रेष्ठ, ओम कृष्ण कर्माचार्य र राजेन्द्र श्रेष्ठ रहेका छन्।उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार सीआईबीले अहिले तीन जनालाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा चलाइने सीआईबीले बताएको छ ।

थप

काठमाडौं। संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने स्पष्ट पारे। यस्ता चुनौतीको सामना गर्न सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा अत्याधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता,…

थप

काठमाडौं । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिनुभएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ। घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति विशेषको नभई कानुनको शासनअनुसार काम गर्ने संस्था भएको बताउँदै, ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,’ भनेका थिए। उनले आफ्नो भनाइ मन परेमा ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा…

थप

रौतहट । रौतहटको गौरस्थित एक होटलमा २२ वर्षीया युवतीमाथि सामूहिक रूपमा जबर्जस्ती करणी भएको आरोपमा पक्राउ परेका एक नेपाली र चार भारतीय नागरिकविरुद्ध प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत रौतहटले घटनाको अनुसन्धानका लागि उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। पीडित युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले स्थानीय २५ वर्षीय सन्तोषकुमार राउत तथा भारतीय नागरिक मोहम्मद ताजुदिन, जितेन्द्र कुमार, हसमिन आलम र अर्का एक भारतीय नागरिकविरुद्ध सोमबार जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको हो। प्रहरीका अनुसार आइतबार दिउँसो गौरस्थित होटल सुष्मा प्यालेसमा एक युवतीलाई बन्धक बनाई सामूहिक रूपमा जबर्जस्ती करणी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी…

थप

टोकियो। नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनबाट राजेन्द्र जमरकट्टेल सभापति र विराट खनाल महामन्त्रीमा निर्विरोध निर्वाचित भएका छन्। जापानको टोकियोस्थित शिबुयामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन थापाले भर्चुअल माध्यमबाट गरेका थिए। उद्घाटनका क्रममा सभापति थापाले विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध कार्यकर्तालाई संगठनलाई थप सक्रिय, सुदृढ र एकताबद्ध बनाउन आग्रह गरेका थिए। उनले नेपाली जनसम्पर्क समितिहरू प्रवासमा रहेका नेपालीको आवाजलाई संगठित गर्दै पार्टी र देशबीचको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण माध्यम भएकाले संगठनलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए। अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विशिष्ट अतिथिका रूपमा सहभागी भएका…

थप

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ। सोमबार सम्पन्न १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशनमा चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो। तर बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै वडा नं. १, २, ४, ६ र ९ का अध्यक्षहरूले नगरसभा बहिष्कार गरेका छन्। उनीहरूले पाँच वडाको विकास बजेट कटौती गरी पक्षपातपूर्ण रूपमा बजेट बाँडफाँट गरिएको आरोप लगाउँदै नगरपालिकाको मूल गेटमा प्रदर्शन गरेका थिए। बहिष्कारमा सहभागी वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभा बदर गर्न…

थप