काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा एलपी ग्यास बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले सञ्चालन गरेको किराना पसलबाट तीन थान एलपी ग्यास सिलिन्डर समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले ग्यास कालोबजारी भइरहेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box
