Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अपील गरेका हुन् । ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्री शाहको आग्रह छ । एक-अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री शाहले घटनामा…
काठमाडौं । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईको जिम्मेवारी परिवर्तन गरिएको छ। राईको स्थानमा प्रहरी निरीक्षक प्रकाश पराजुलीलाई इलाका प्रहरी कार्यालय देवानगन्जको प्रमुखको जिम्मेवारी दिएको जनाएको छ। घटनाका क्रममा घाइते भएका इन्स्पेक्टर राईलाई दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा काज सरुवा गरिएको छ। देवानगन्ज घटनापछि सुरक्षा संयन्त्रमा व्यापक फेरबदल भइरहेको छ। यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित अन्य सुरक्षा अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गरिएको थियो। घटनापछि सुरक्षा व्यवस्थापन र घटनाको समग्र मूल्यांकनका आधारमा सम्बन्धित अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिसँगै झन् जटिल र संगठित बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वित तथा सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्। मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह वा बालबालिकाको बेचबिखनमा मात्र सीमित नरहेको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको छ। ‘पछिल्ला…
सुनसरी घटनाले नेपालको सुरक्षा संयन्त्र, प्रशासनिक उत्तरदायित्व र राजनीतिक निर्णय प्रक्रियामाथि गम्भीर बहस सुरु गराएको छ। घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानियो। उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइयो। यस्तै सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेको पनि सरुवा गर्ने निर्णय गरियो। यतिमात्र होइन, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई समेत फिर्ता बोलाएर अर्को सीडीओ पठाइयो। एउटै घटनापछि जिल्ला प्रशासन र प्रहरीका शीर्ष नेतृत्वमा गरिएको एकैसाथको फेरबदललाई लिएर अहिले विभिन्न प्रश्न उठिरहेका छन्। विशेषगरी, घटना हुँदा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे घर बिदामा रहेको र सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबे आफ्नी आमाको…
विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालयको साउन ११ गतेको पत्रादेशअनुसार प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंबाट सरुवा भई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर पुगेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। डिआईजी खनालले प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदभार ग्रहण गर्दै कोशी प्रदेशको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । बागलुङ प्रहरीले १७ वर्षीय किशोर लजिन थापाको हत्या प्रकरणको सफल अनुसन्धान गर्दै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। घटनाको ९ दिनपछि शव फेला पार्नेदेखि हत्याको रहस्य उजागर गर्नेसम्मको अनुसन्धान जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा सम्पन्न भएको हो। प्रहरी अनुसन्धानअनुसार साउन १ गते जन्मदिन मनाउने बहानामा बोलाइएका लजिनलाई साथीहरूले घर पुर्याइदिने भन्दै एकान्त स्थानमा लगेका थिए। त्यहाँ उनीसँग रहेको आइफोन लुट्ने योजनासहित सुरुमा मुक्काले आक्रमण गरी बेहोस बनाइएको र त्यसपछि ढुंगाले प्रहार गरेर हत्या गरिएको खुलेको छ। हत्या गरेपछि शव मनेखोलाको खोल्सामा लगेर फालिएको थियो। एसपी प्रसाईंका अनुसार अनुसन्धान टोलीले घटनास्थलको सूक्ष्म विश्लेषण,…
दाङमा ८ बर्षीया बालिकाले आफूलाई बलात्कार गरेको बयान दिइन, स्वास्थ्य परीक्षणमा भने देखिएन
दाङ । दाङ जिल्ला अदालतले ८ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको कसूरमा एक भारतीय नागरिकलाई कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ । यद्यपी ति भारतीय नागरिकले बलात्कार गरेको भनि ति बालिकाले बयान दिएकी थिइन् । तर, स्वास्थ्य परीक्षणमा नदेखिएपछि ति भारतीय नागरिकलाई बलात्कारको मुद्दा नभई बाल यौन दुरुपयोगको मुद्दा लागेको छ । भारतको उत्तर प्रदेश, बलरामपुर जिल्ला घर भई घोराहीस्थित शक्ति ग्रिल उद्योगमा कार्यरत दिननाथले २०८१ जेठ २१ गते राति बिजुली गएको समयमा छिमेकी बालिकालाई मोबाइल देखाउने प्रलोभन देखाई आफ्नो कोठामा लगेर अभद्र यौन क्रियाकलाप गरेको ठहर भएको छ । सुरुमा जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर भए तापनि स्वास्थ्य…
हिमाली जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी प्रमुख बनिन् बाजुराकी डीएसपी बोहरा
धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा असार महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरका हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये उत्कृष्ट घोषित भएकी छन्। प्रहरी प्रधान कार्यालयले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा व्यावसायिक, अनुशासित र परिणाममुखी नेतृत्वका आधारमा बोहरालाई उत्कृष्ट प्रहरी प्रमुखका रूपमा छनोट गरिएको हो। मूल्यांकनअनुसार डीएसपी बोहराले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा स्थानीय तहसहित विभिन्न सरकारी निकायसँग प्रभावकारी समन्वय कायम गर्दै उल्लेखनीय कार्यसम्पादन गरेकी छन्। भौगोलिक रूपमा विकट बाजुरा जिल्लामा उनले घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा अवैध गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध प्रहरी टोलीलाई सक्रिय रूपमा परिचालन गर्दै प्रभावकारी नेतृत्व प्रदान गरेकी थिइन्। त्यसैगरी, हिमाली गाउँपालिका–३ को…
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह, जनमैत्री कार्यसम्पादन तथा उत्कृष्ट व्यावसायिक योगदान पुर्याएको मूल्यांकनका आधारमा राउतलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्दै राउतको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र सेवाप्रतिको समर्पणको प्रशंसा गरेका छन्। कार्यालयका अनुसार इन्स्पेक्टर राउतले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। उनी कन्टेन्ट क्रिएसन, सामाजिक सञ्जाल व्यवस्थापन (सोसल मिडिया ह्यान्डलिङ) तथा अपरेशनल व्यवस्थापनमा दक्ष अधिकृतका रूपमा परिचित…