Author: Scoop Khabar

बिहार । चोरी गर्न घरभित्र पसेको आरोपमा एक व्यक्ति घरधनीको फन्दामा परे। सामान्यतया यस्तो अवस्थामा आक्रोश, कुटपिट र प्रहरीको जिम्मा लगाउने दृश्य देखिन्छ। तर, बिहारमा भएको भनिएको एउटा घटनाले भने फरक सन्देश दिएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चोरी गर्दै गरेको भनिएका एक व्यक्तिलाई घरधनीले नियन्त्रणमा लिएपछि पहिले पेटभरि खाना खुवाएको देखिन्छ। गाउँलेहरूले ‘चोरलाई किन खाना खुवाएको?’ भन्दै प्रश्न गरेपछि घरधनीले दिएको जवाफले धेरैको ध्यान तानेको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विवरणअनुसार घरधनीले भनेका छन्, ‘भोकै अवस्थामा पिट्दा कमजोरीका कारण उसलाई केही भयो भने दोष ममाथि आउन सक्छ। त्यसैले पहिले पेटभरि खाना खुवाउँछु, त्यसपछि बाँकी कुरा गर्छु।’…

थप

सिरहा । मन्दिरमा बोका चढाउने विषयमा भएको विवादले निम्त्याएको हत्याकाण्डमा अदालतबाट एक वर्ष कैद सजाय सुनाइएका ८० वर्षीय ठकाई यादव ४३ वर्षपछि पक्राउ परेका छन्। रोचक संयोग त के छ भने, उनलाई कैद सजाय सुनाउने तत्कालीन अञ्चल अदालतका न्यायाधीश मीनबहादुर रायमाझी पछि नेपालको १९औँ प्रधानन्यायाधीश बनेर अवकाशसमेत लिइसकेका छन्। सर्वोच्च अदालतको अभिलेखअनुसार रायमाझीले २०६६ वैशाख २५ देखि मंसिर २८ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५, साविक खरुकियाही गाउँ पञ्चायत–४ का यादवलाई प्रहरीले बिहीबार स्थानीय शिव मन्दिरबाट पूजारीको भेषमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको…

थप

काठमाडौं । गायिका तथा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत संगठनको गरिमा र प्रहरीको मनोबल जोगाउन नेतृत्वले दृढ अडान लिनुपर्ने धारणा व्यक्त गरेकी छन्। वलीले फेसबुकमा स्ट्याटस लेख्दै नेपाल प्रहरी केवल एउटा संगठन नभई राज्यको कानुन, जनताको भरोसा र राष्ट्रको सुरक्षाको प्रतीक भएको उल्लेख गरेकी छन्। उनले प्रहरी संगठनको इतिहास, गौरव र जनविश्वासलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्। उनले आईजीपीलाई सम्बोधन गर्दै बर्दी लगाएर भावनामा कमजोर देखिनुभन्दा बर्दीको गरिमा र संगठनको मनोबल जोगाउने अडान देखाउन आग्रह गरेकी छन्। ‘टाउको कमजोर भयो भने शरीरले दिशा पाउँदैन, नेतृत्व कमजोर देखियो भने सिपाहीको…

थप

कैलाली । श्रीमती र दुई छोरीलाई छाडेर करिब सात महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी सहायक हवल्दार प्रेम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको घोडाघोडी बस्ने एक महिलासँग प्रेम सम्बन्धमा रहेका मौनी प्रहरीकै दबाबपछि भारतको बैङ्लोरबाट फर्किएको खुलेको छ। उनी इलाका प्रहरी कार्यालय मालाखेतीमै कार्यरत रहेका बेला परिवारलाई छाडेर सम्पर्कविहीन भएका थिए। मौनीकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी भारतबाट फर्किएको बताइएको छ। तर, उनीहरूबीचको विवाद समाधान नभएपछि मौनीलाई समेत इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मौनीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको छ। उनी लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको र भारतको बैङ्लोरमा बस्दै आएको प्रारम्भिक जानकारीबाट खुलेको…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको सुरुवात गर्दै सभापति थापाले देउवालाई नेपालमा स्वागत गरेका हुन्। बिहीबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक र देउवाको स्वदेश आगमनको समय एकै परेको थियो। बैठकको सुरुवातमै थापाले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालमा स्वागत छ, उहाँको सुस्वास्थ्यको कामना गर्दछु।’ गत फागुनमा भएको निर्वाचनको पूर्वसन्ध्यामा उपचारका लागि विदेशिएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि देउवा कुनै राजनीतिक भेटघाट नगरी सोझै आफ्नो निवासतर्फ लागेका थिए। सानेपामा गत आइतबारदेखि…

थप

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनसँगै महासचिव पदमा उम्मेदवारी दिएका पर्यटन व्यवसायी सुशील पन्तको दाबेदारी पनि चर्चामा छ। जीस्वा तुलाधर नेतृत्वको प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका पन्तले नाट्टालाई सदस्यकेन्द्रित, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्। लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय पन्तले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा संस्थागत सुधार र सदस्यको व्यावसायिक हितसँग जोड्दै आएका छन्। उनले नाट्टा सचिवालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा संस्थागत निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साना तथा मझौला ट्राभल व्यवसायीका…

थप

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाएका छन्। खरेलले सुनारको शैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथि दबाब सिर्जना गर्ने र सस्तो लोकप्रियताका लागि प्रदर्शन गर्ने प्रवृत्तिको आभास दिएको टिप्पणी गरेका छन्। खरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै कहिले प्रहरी उपरीक्षक (एसपी) लाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसार्दै काठमाडौं ल्याउने चेतावनी दिने, त कहिले गृहसचिवदेखि प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सम्मलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैली देखिएको बताएका छन्। उनले अनुसन्धान पूरा नहुँदै कसैलाई बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिने…

थप

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नेतृत्व वा सुरक्षा संगठनसँग सम्बन्धित बेनामी उजुरी तथा आरोपहरू संसद वा संसदीय समितिमा प्रस्तुत गर्दा शिष्टता, तथ्य र संसदीय मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन् । बुधबार सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा प्रहरी नेतृत्व र संगठनसँग सम्बन्धित विषय उठाएको सन्दर्भमा स्कुपखबरसँग कुराकानी गर्दै खनालले सुरक्षा संगठन प्रमुख तथा संगठनको हुर्मत लिने किसिमको प्रवृत्तिबाट जोगिनुपर्ने बताएका हुन् । खनालले बेनामी उजुरी वा आरोपका विषय संसदमा उठाउनै नहुने नभए पनि त्यसलाई प्रस्तुत गर्ने शैली र आधार महत्वपूर्ण हुने बताए । प्रश्न उठिसकेपछि सम्बन्धित पक्षले जवाफ दिनुपर्ने भए पनि आरोप लगाउने पक्षले समेत त्यसको पुष्टि…

थप

रौतहट । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र प्रसाद यादवमाथि विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ। गरुडा नगरपालिका घर भएका यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरेको हो। मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत रौतहटले बुधबार ७ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित व्यवहार गरेको आरोपमा यादवलाई तीन दिनअघि पक्राउ गरिएको थियो। प्रहरी अनुसन्धानसँगै पार्टीको छानबिन यादवमाथि कानुनी अनुसन्धान अघि बढिरहेका बेला उनको पार्टी रास्वपाले समेत घटनालाई लिएर आन्तरिक…

थप

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन, प्रहरी महानिरीक्षक (आईजीपी) तथा प्रहरी अधिकृतहरूबारे दिएको अभिव्यक्तिप्रति पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रविन्द्र प्रताप साहले आपत्ति जनाएका छन् । साहले सामाजिक सञ्जालमार्फत सुनारको अभिव्यक्तिलाई लक्षित गर्दै सांसदहरूले संवेदनशील विषयमा बोल्दा संयमित र जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले सांसद आफैंमा कार्यकारी अधिकारयुक्त पद नभए पनि गरिमामय पद भएकाले त्यसको मर्यादा संसद, राजनीतिक दल र स्वयं सांसदले कायम राख्नुपर्ने धारणा राखेका छन् । संसदीय व्यवस्थामा विपक्षी दलका सांसदसमेत संयमित हुनुपर्ने उल्लेख गर्दै साहले सत्तारुढ दलका सांसदले झनै जिम्मेवार भएर अभिव्यक्ति दिनुपर्ने बताएका छन् । ‘माननीय खगेन्द्र सुनारले हालै लेखा समितिमा बिना…

थप