Author: Scoop Khabar

काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन् । सोमबार अदालतले उनलाई हिरासतबाट छाड्न आदेश दिएपछि श्रेष्ठ रिहा भएका हुन् । रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा आफूलाई कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको बताएका छन् । आफूविरुद्ध भएको पछिल्लो घटनालाई उनले दबाबको सुरुवातका रूपमा अर्थ्याउँदै आगामी दिनमा अन्यले पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्ने आशङ्का व्यक्त गरे । श्रेष्ठले आफूले देखेको र सत्य ठानेको विषयमा समाचार लेख्दा विगतमा पनि सत्ताको दबाब र ज्यादती सामना गर्नुपरेको बताए । तर यस्ता दबाब र घटनाले आफूलाई पत्रकारिताबाट पछि हटाउन नसक्ने उनको भनाइ छ । ‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन् ।…

थप

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले प्रहरीले आफूलाई मानसिक यातना दिने उद्देश्यले लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमक्ष गुनासो गरेका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इजलासमै उपस्थित भएर आफ्नो भनाइ राख्दै श्रेष्ठले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गरे । उनले हिरासतमा आफूलाई लागूऔषधका अभियुक्तहरूसँगै राखिएको र त्यसका कारण मानसिक रूपमा निकै कठिन अवस्था सिर्जना भएको बताए । श्रेष्ठले इजलासमा भने, ‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागूऔषधका अभियुक्तहरूसँगै राखिएको छ । ५ दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन ।’ उनले हिरासतको अवस्थाले आफूलाई थप मानसिक दबाबमा…

थप

सन्दर्भ : श्रावण ३१ वि.सं. २०३५ साल श्रावण ३० गते नेपाल प्रहरीका १०औँ प्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाले संगठनको नेतृत्व सम्हालेका थिए। वि.सं. २०३९ जेठ ३१ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थापाको कार्यकाल संगठनको आधुनिकीकरण र संस्थागत विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ। तत्कालीन आईजीपी खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाएपछि त्यसबेला प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। थापाको कार्यकालमा नेपाल प्रहरीमा कमाण्डो तालिमको सुरुवात भएको थियो। उनकै अग्रसरतामा आईजीपी निवास निर्माण, पर्यटक प्रहरी तथा प्रहरी पहरा गणको स्थापना लगायतका महत्वपूर्ण कामहरू अघि बढेका थिए। हाल नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय निर्माणमा समेत थापाको महत्वपूर्ण योगदान रहेको…

थप

ललितपुर । प्रहरी भन्नेबित्तिकै धेरैको मानसपटलमा सुरक्षा, कानुन कार्यान्वयन र अनुशासनको तस्वीर आउँछ। तर प्रहरी सेवाको अर्को महत्वपूर्ण पाटो पनि छ- मानवीय संवेदना। ललितपुर जिल्ला प्रहरी परिसरका एसपी गौतम मिश्रले मध्यरातमा लघुवित्त पीडितहरूबीच पुगेर देखाएको व्यवहारले प्रहरी सेवाको यही मानवीय पक्षलाई उजागर गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एसपी मिश्र मध्यरातमा पीडितहरूसँगै बसेर उनीहरूको समस्या र पीडा सुनिरहेका देखिन्छन्। प्रहरी अधिकारीको हैसियतमा आदेश दिने वा नियन्त्रण गर्नेभन्दा पनि उनी पीडितहरूको भावना बुझ्दै संवाद र समन्वयमा केन्द्रित देखिन्छन्। लघुवित्त पीडितहरू लामो समयदेखि आर्थिक तथा सामाजिक समस्याबाट गुज्रिरहेका अवस्थामा उनीहरूकै बीचमा पुगेर समस्या सुन्ने प्रयासलाई केवल नियमित प्रहरी गतिविधिका रूपमा मात्रै…

थप

काभ्रेपलान्चोक । नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले युवतीसहित होटलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। त्यसपछि स्थानीयले उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए। जिम्मेवारी र प्रहरी संगठनको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन्। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट ‘उत्कृष्ट प्रहरी’ समेत घोषित भएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयले खबर गरेपछि श्रेष्ठसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि…

थप

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा आज बिहानैदेखि तनाव भएको छ। कारागारमा खानतलासी गरिएपछि केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र रहेको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको प्रहरीले जनाएको छ। एसपी कटवालले भने खानतलासीलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कारागारमा समय–समयमा गरिँदै आएको सर्चकै निरन्तरता हो। आज बिहानसम्मको खानतलासीमा कुनै अवैध वस्तु फेला नपरेको प्रहरीले…

थप

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलसहित नेपाल आएका सेठसँग उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेका थिए। भ्रमणका क्रममा आज राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतका स्थल सेनाध्यक्षलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ। यसअघि नेपाली सेनाका प्रधानसेनापति…

थप

काठमाडौं । नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्वमा ‘नयाँ युगको कांग्रेस’ निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अग्रज नेताहरूको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कटुवालले नेतृत्व पदले नभई विचार, दृष्टि र साहसले स्थापित हुने बताएकी हुन्। ‘आज नेपाली कांग्रेसका अग्रज नेताहरूको सम्बोधन सुनेपछि एउटा कुरा अझ गहिरो गरी महसुस भयो। नेतृत्व पदले होइन, विचार, दृष्टि र साहसले स्थापित हुन्छ,’ उनले लेखेकी छन्। उनले सभापति थापाको नेतृत्वप्रति सम्मान थप बढेको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत लोकतन्त्र, रूपान्तरण र पुस्तान्तरणको पक्षमा दृढतापूर्वक उभिएको नेतृत्वसँग…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्दै सार्वजनिक लेखा समितिमा हालै भएको घटनालाई सिंगो प्रहरी संगठनमाथिको प्रहारका रूपमा लिनुपर्ने बताएका छन्। आइजीपी कार्कीले सभामुख अर्यालसँग ‘लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो, यसमा तपाईंको धारणा के हो?’ भन्दै विषयमा गम्भीर चासो व्यक्त गरेका थिए। जवाफमा सभामुख अर्यालले आफू पनि घटनाबारे गम्भीर रहेको बताउँदै लेखा समिति सभापतिसँग समेत कुराकानी गरिसकेको जानकारी गराएका थिए। उनले यस विषयमा आफूले थप हेर्ने बताएका थिए। भेटका क्रममा सभामुख अर्यालले प्रहरी नेतृत्वलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिँदै व्यवस्थापिका संसद्को तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाएका…

थप

काठमाडौं । सार्वजनिक लेखा समितिमा रहेर राज्यको आर्थिक हिसाब–किताबबारे प्रश्न उठाउँदै आएका खगेन्द्र सुनारले राज्यमा रहेको बेरुजु, भ्रष्टाचार र अनियमितताबारे कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै सुनारले राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा आफूहरूले अझै ‘तितो बोल्न’ बाँकी रहेको बताएका छन्। उनले सार्वजनिक लेखा समितिमा रहेर आफूहरूले जनताको पक्षमा आवाज उठाउनुपर्ने भन्दै भनेका छन्, ‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ।’ सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम’ कसैले न कसैले लिनुपर्ने…

थप