काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्दै सार्वजनिक लेखा समितिमा हालै भएको घटनालाई सिंगो प्रहरी संगठनमाथिको प्रहारका रूपमा लिनुपर्ने बताएका छन्।
आइजीपी कार्कीले सभामुख अर्यालसँग ‘लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो, यसमा तपाईंको धारणा के हो?’ भन्दै विषयमा गम्भीर चासो व्यक्त गरेका थिए।
जवाफमा सभामुख अर्यालले आफू पनि घटनाबारे गम्भीर रहेको बताउँदै लेखा समिति सभापतिसँग समेत कुराकानी गरिसकेको जानकारी गराएका थिए। उनले यस विषयमा आफूले थप हेर्ने बताएका थिए।
भेटका क्रममा सभामुख अर्यालले प्रहरी नेतृत्वलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिँदै व्यवस्थापिका संसद्को तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए।
