सन्दर्भ : श्रावण ३१
वि.सं. २०३५ साल श्रावण ३० गते नेपाल प्रहरीका १०औँ प्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाले संगठनको नेतृत्व सम्हालेका थिए।
वि.सं. २०३९ जेठ ३१ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थापाको कार्यकाल संगठनको आधुनिकीकरण र संस्थागत विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ।
तत्कालीन आईजीपी खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाएपछि त्यसबेला प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।
थापाको कार्यकालमा नेपाल प्रहरीमा कमाण्डो तालिमको सुरुवात भएको थियो। उनकै अग्रसरतामा आईजीपी निवास निर्माण, पर्यटक प्रहरी तथा प्रहरी पहरा गणको स्थापना लगायतका महत्वपूर्ण कामहरू अघि बढेका थिए।
हाल नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय निर्माणमा समेत थापाको महत्वपूर्ण योगदान रहेको बताइन्छ।
नेपाल प्रहरीको इतिहासमा व्यावसायिकता, दूरदृष्टि र संस्थागत विकासलाई प्राथमिकता दिने नेतृत्वका रूपमा स्मरण गरिने थापाको जन्म वि.सं. १९८६ साल कार्तिक ३० गते भएको थियो।
उनको वि.सं. २०८२ वैशाख ९ गते पाटनस्थित निजी निवासमा ९७ वर्षको उमेरमा निधन भएको थियो।
नेपाल प्रहरीको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्वआईजीपी दुर्लभकुमार थापाप्रति हार्दिक श्रद्धाञ्जली।
