Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । ललितपुर जिल्ला अदालतले प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा अनुमति मागेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएको हो।
काठमाडौं । २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको पाइएको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ परेकाहरूले नक्कली सुन देखाएर रकम लुटपाट गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नक्कली सुन खल्तीबाटै देखाएर पीडितलाई झुक्याउँदै रकम लुट्ने उद्देश्य रहेको प्रहरी स्रोतको भनाइ छ। प्रहरीका अनुसार उक्त घटनामा चार जनाको समूह संलग्न रहेको देखिएको छ। तीमध्ये दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार…
रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारीको सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई बिदाइ गर्दै नयाँ गण प्रमुख जोशीलाई स्वागत गरेका छन्। कार्यक्रममा सीडीओ भुसालले एसपी अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा सीमा सुरक्षा, अपराध नियन्त्रण, द्वन्द्व व्यवस्थापन तथा शान्तिसुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे। विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा समेत अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा…
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्ने पहल अघि बढाएको हो । प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगसमक्ष समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए । सोही मागका विषयमा छलफल गरी समाधान खोज्न सरकारले वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी छन्…
सर्लाहीमा ‘टोले गुण्डा’को आतंकको आरोप, लुटपाटपछि पीडितकै मोटरसाइकल नियन्त्रणमा लिएपछि प्रहरीमाथि प्रश्न
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई लक्षित गरी लुटपाट हुने गरेको आरोप लागेको छ । पछिल्लो पटक भारतबाट नेपाल आएका एक व्यक्तिको मोबाइल र नगद रकम लुटिएको घटनामा स्थानीयले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । गत साउन ३० गते भारतबाट मिर्जापुर हुँदै नेपाल आएका बलिराम यादव नाम गरेका व्यक्तिको मोबाइल फोन र साथमा रहेको २७ हजार रुपैयाँ स्थानीयस्तरमा ‘टोले गुण्डा’का रूपमा चिनिने सत्यन्द्र सहनीले लुटेको दाबी छ । लुटपाटपछि घटना बाहिर ल्याएमा वा प्रहरीलाई खबर गरेमा उल्टै तस्करीको आरोपमा प्रहरीमा बुझाइदिने भन्दै धम्की दिइएको पीडित पक्षको भनाइ छ । घटनाबारे प्रहरीलाई जानकारी गराउँदा भने…
काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ता–कपडा तथा जुत्ता खरिदमा भ्रष्टाचार भएको आरोपबारे तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। सांसद सुनारले सामाजिक सञ्जालमार्फत तीखो शैलीमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रष्टाचारको छानबिन अघि बढाउनुअघि गृह सचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवार बनाइनुपर्ने धारणा राखेका हुन्। ‘हाम्रोतिर बुट–जुत्ता यसरी लगाउँछन्, तपाईंकोतिर बुट–जुत्ता लगाउँछन् कि खान्छन् ?’ भन्दै उनले म्यादी प्रहरीको लत्ता–कपडा तथा जुत्ता खरिदमा भएको भनिएको अनियमिततामाथि प्रश्न उठाएका छन्। उनले उक्त प्रकरणमा तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्दै जनमतको कदर गर्न सरकार कठोर कदम चाल्नुपर्ने उनको…
कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले एक राउण्ड हवाई फायर गरेर ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार कोहलपुर नगरपालिका–६ मा अफिमको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घेरा हालेपछि दुवै जना भाग्न खोजेका थिए । उनीहरूलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १४ किलो…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको समायोजन प्रक्रिया पूर्ण रूपमा सकिएको दाबी गरेका छन् । सोमबार आयोजित क्यान्डिडेट क्लब घोषणा कार्यक्रममा बोल्दै लामिछानेले अब रास्वपा एकीकृत ढंगले अघि बढ्ने बताए । पार्टीभित्र गुट वा फरक–फरक नेतृत्वको अवस्था नरहेको उनको भनाइ छ । ‘एउटा रास्वपा छ, एउटा लिडर छ, फरक–फरक छैन । कसैले भन्न सक्ला, म यो गुटको हो, मेरो नेता यो हो । तर त्यसबाट मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन,’ उनले भने । लामिछानेले विशेष परिस्थितिका कारण यसअघि पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको पनि बताए । आगामी दिनमा भने पार्टीको सांगठनिक…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको ‘नेमप्लेट’ राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए। सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर पक्षका नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेको थापाले आरोप लगाए। ‘त्यो बेला जसले यसो नगरौँ दाई भन्यो, ती सबै तपाईँलाई पराई लागे, जसले वरिपरि बसेर धुप बाले ती आफ्ना लागे। आफ्नैले डुबाए दाई, फेरि डुबाउँछन्,’ थापाले भने। थापाले निवर्तमान सभापति देउवा पक्षले गरेको…
भैरहवा । रुपन्देहीको बुटवलमा भन्सार छली गरी भण्डारण गरिएको ८२ लाख १५ हजार रुपैयाँभन्दा बढी मूल्यको जुत्ता तथा चप्पल बरामद भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्रबहादुर खत्रीले परिचालन गरेको विशेष टोलीले बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको हो । बरामद भएको स्थान इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको कार्यक्षेत्रमा पर्छ । अर्थात् डीएसपीकै कार्यक्षेत्रमा रहेको गोदाममा प्रदेश प्रहरीको टोली पुगेर तस्करीको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चारवटा कोठामा भण्डारण गरिएको १ हजार ९३ जोर लेडिज चप्पल, १ हजार ६ सय ८५ जोर लेडिज जुत्ता,…
