Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ। सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकापछि अनुसन्धानका क्रममा पन्तलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि सोही कर्जा प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा रहेका छन्। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त कर्जा प्रवाहमा शंकास्पद गतिविधि देखिएपछि थप अनुसन्धान अघि…

थप

काठमाडौं । सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को स्वास्थ्य परीक्षण सबै चिकित्सक र क्लिनिकका लागि खुला गर्ने सरकारको निर्णयमा अन्तरिम रोक लगाएको छ। अदालतले सूचीकृत क्लिनिकहरूको सेवा यथावत् सञ्चालन गर्न र पुरानै व्यवस्था कायम राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशपछि यातायात व्यवस्था विभागले अदालतको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको जनाएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी केशव खतिवडाले अदालतको आदेश प्राप्त भएपछि सोहीअनुसार प्रणाली कार्यान्वयन गरिने बताए। यसअघि सरकारले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकलाई लाइसेन्सको स्वास्थ्य परीक्षण गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको थियो। तर, यसअघि नै सरकारसँग सम्झौता गरी सेवा…

थप

काठमाडौं । नेपाल प्रहरीमा एसपी तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ भने उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। भट्टराईको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई काठमाडौं परिसर सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले संगठनको नियमित जिम्मेवारी व्यवस्थापनअन्तर्गत तीनै जना एसपीको कार्यस्थल परिवर्तन गरेको जनाएको छ। नयाँ जिम्मेवारीअनुसार उनीहरूले तत्काल हाजिर भई कामकाज सम्हाल्नेछन्। प्रहरी प्रधान कार्यालयले यसलाई नियमित सरुवा भने पनि वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिको सुरक्षा व्यवस्थापनको विषयमा…

थप

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा करोडौँ रुपैयाँको आर्थिक अपचलन प्रकरण सेलाउन नपाउँदै सशस्त्र प्रहरी बल (एपीएफ) को अर्को निकाय पनि छानबिनको घेरामा परेको छ। यसपटक काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा देखिएको अनियमितताको आशंकापछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन समिति गठन गरेको हो। मुख्यालय स्रोतका अनुसार अस्पतालमा आर्थिक तथा प्रशासनिक गतिविधिसँग सम्बन्धित विषयमा गुनासो र शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गंगाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिलाई अस्पतालका विभिन्न पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको स्रोतको भनाइ छ। बलम्बुस्थित नेपाल एपीएफ अस्पताल लामो समयदेखि डीआईजी डा. रूपक महर्जनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। अस्पतालको आधिकारिक…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर, ठालु पल्टेर बस्ने हो ?’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सिंहदरबारमा रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अहिलेको अवस्थामा सरकारले सक्रिय नेतृत्व लिन नसकेको टिप्पणी गरे। उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’ थापाले सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुँदैन, स्टाटसमा मात्र भेटिनुहुँदैन। सरकार अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरको सबैभन्दा ठूलो शक्ति…

थप

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकार, नेपाल प्रहरी र सुरक्षा संयन्त्रमाथि गम्भीर आरोप लगाएका छन्। मधेशमा सामाजिक तथा साम्प्रदायिक सद्भाव कमजोर बनाउने वातावरण सिर्जना भएको दाबी गर्दै उनले राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाएका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले भने, ‘नेपाली सेना, प्रहरी र शासकहरूले त चाहेकै यही छन् कि मधेशी, आदिवासी–जनजाति, मुस्लिम, थारु र दलित कहिले एक नहोस्, मधेशमा दङ्गा फैलियोस् र काटमार होस्।’ उनले सामाजिक सञ्जालमा द्वेषपूर्ण अभिव्यक्ति, हिंसात्मक गतिविधि र उक्साहटपूर्ण सामग्री खुलेआम फैलिँदा पनि सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाए। राउतले भने, ‘आज कुनै एउटा मन्त्रीको…

थप

काठमाडौं । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकमा सरकारका प्रमुख जिम्मेवार दुई व्यक्ति-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ-अनुपस्थित भएका छन्। सुनसरी घटनापछि सरकारको कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ। तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी रहेका बेला संवेदनशील विषयमा साझा धारणा बनाउन बोलाइएको बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै नपुगेपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले भने सहभागी भएका छन्। तर शान्ति–सुरक्षा र प्रशासनको प्रत्यक्ष जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीको हुने भएकाले उनीहरूको अनुपस्थितिले…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा काठमाडौं भित्र्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले २०८३ साउन १२ गते काठमाडौं महानगरपालिका–१४ स्थित गाङखेल क्षेत्रमा विशेष सूचनाका आधारमा कारबाही गरेको हो। कारबाहीका क्रममा भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाडौं ल्याइएको एक लाख २० हजार थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले ट्रामाडोल ओसारपसारमा प्रयोग गरिएका दुईवटा सवारीसाधन र अन्य सामग्रीसमेत नियन्त्रणमा लिएको छ। अवैध औषधि ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूको नाम र ठेगाना भने तत्काल सार्वजनिक गरिएको छैन। नियन्त्रणमा लिइएका व्यक्ति, बरामद…

थप

काठमाडौं । विवाह भएको ९ महिनामै झापामा एक नवविवाहिता मुहिला घरभित्रै मृुत फेुला परेकी छन्। भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित आफ्नै घरमा सोमबार राति रितु ढकाल झुण्डिएको अवस्थामा फेला परेकी हुन्। बिर्तामोड–८ का पुष्पराज ढकालकी कान्छी छोरी रितुको करिब नौ महिनाअघि मात्रै चन्द्रगढीका प्रसिल कोइरालासँग विवाह भएको थियो। घटना सार्वजनिक भएसँगै मृतकका परिवार र आफन्तहरू घटनास्थल पुगेका थिए। तर माइती पक्षले यसलाई सामान्य आत्महत्या मान्न अस्वीकार गर्दै मृत्यु शंकास्पद रहेको दाबी गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै बुधबार बिहान जिल्ला प्रहरी कार्यालय झापा घेराउसमेत गरेका थिए। भद्रपुरमा पोस्टमार्टम गराउन माइती पक्षले अस्वीकार गरेपछि, ओम साई अस्पतालमा राखिएको रितुको…

थप

काठमाडौं । प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परीक्षामा ५१ जना उत्तीर्ण भएका छन् । लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको सूची प्रकाशन गरेको छ । प्रहरीको जनपद समूहतर्फ जेठ २२ देखि २४ सम्म भएको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरू मध्येबाट ५१ जना उत्तीर्ण भएका हुन् । प्रहरी प्रधान कार्यालयले खुलातर्फ १६ जना, महिला कोटामा २ जना, आदिवासी जनजाति कोटामा ५ जना र दलिततर्फ २ जना माग गरेर विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूले अन्तर्वार्तामा सफल भएपछि इन्स्पेक्टरको नियुक्ति पाउनेछन्।

थप