Author: Scoop Khabar

काठमाडौं । सिराहाको गोलबजारमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) घाइते भएका छन्। सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा दुई जनालाई गोली लागेको भए पनि गोली कसले चलाएको हो भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन। झडपका क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि डीएसपी रमेश पालको ओठमा ढुंगा लागेर चोट लागेको हो। उनको ओठमा टाँका लगाइएको छ भने हाल उपचार भइरहेको प्रशासनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।

थप

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कर्फ्यू जारी रहेका बेला प्रदर्शनका क्रममा उनलाई गोली लागेको थियो। घटनापछि प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन समेत दिएका छैनन्। यता प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरेको…

थप

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। प्रहरीका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको शल्यक्रियापछि पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि निधन भएको प्रहरीले जनाएको छ। यसअघि सोही घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै उपचारका क्रममा मृत्यु भएको थियो। कप्तानगन्जमा दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा…

थप

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरी धार्मिक आस्था र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा रहेका छन्। उनले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउँदै सामाजिक सञ्जालमा विवादास्पद भिडियो तथा तस्बिर सार्वजनिक गर्ने गरेको प्रहरीको आरोप छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थामा आँच पुर्‍याउने तथा सामाजिक सद्भाव बिथोल्ने प्रकृतिका सामग्री प्रसारण गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीको विशेष टोलीले साउन १३ गते राति करिब ८:३०…

थप

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार तथा दुर्व्यवहार गरिएको घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते साँझ गढीमाई नगरपालिका–७ पर्सा गाउँस्थित मठ मन्दिर नजिक सांसद पौडेल जनतासँग गुनासो सुनुवाइ कार्यक्रममा सहभागी भइरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान जिन्दावाद’ लगायतका नारा लेखिएका पर्चा छर्दै पछाडिबाट कालोमसी प्रहार गरेका थिए। घटनापछि उनीहरू फरार भएका थिए। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।…

थप

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित आफ्नै डेरामा बस्दै आएका एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक दार्चुलाको महाकाली नगरपालिका–१ स्थायी घर भएका ३२ वर्षीय प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको प्रहरीले जनाएको छ। उनी प्रहरी चौकी सुलेखान, बैतडीमा दरबन्दी रहे पनि हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो आफ्नै कोठा नजिक रहेको जामुनको रुखमा प्लास्टिकको डोरीको सहायताले झुण्डिएको अवस्थामा सामन्तलाई फेला पारिएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र बसपार्क प्रहरीबाट खटिएको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।

थप

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक सद्भावसँग सम्बन्धित चुनौतीबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले जिल्लाको शान्ति–सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिँदै आवश्यक सुरक्षा तयारीबारे निर्देशन दिएको जनाइएको छ। प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, शान्ति व्यवस्था कायम राख्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी…

थप

लोकतन्त्रमा आन्दोलन स्वाभाविक हो। आफ्ना माग स्थापित गर्न नागरिकले सडक रोज्छन्, धर्ना दिन्छन्, प्रदर्शन गर्छन्, अनशन बस्छन्। तर कुनै आन्दोलन हिंसात्मक बन्छ, सार्वजनिक सम्पत्तिमा आगजनी हुन्छ, सरकारी संरचनामाथि आक्रमण हुन्छ वा सर्वसाधारणको ज्यान जोखिममा पर्छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी राज्यको हुन्छ। त्यो जिम्मेवारी व्यवहारमा नेपाल प्रहरीले निर्वाह गरिरहेको हुन्छ। तर नेपालमा एउटा खतरनाक राजनीतिक प्रवृत्ति मौलाउँदै गएको छ। आन्दोलनका क्रममा जे-जस्तो घटना भए पनि अन्ततः दोषी प्रहरी नै देखिने। घटना नसेलाउँदै प्रहरी नेतृत्व फेरिने। अनुसन्धान पूरा नहुँदै प्रहरी अधिकारीको सरुवा गरिने। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ- के प्रहरी अब कानुन कार्यान्वयन गर्ने निकाय हो, कि राजनीतिक नेतृत्वको गल्ती…

थप

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल (एपीएफ) सीमा सुरक्षा गुल्मको ब्यारेकमा कार्यरत एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। मृतक कैलालीको गौरीगंगा नगरपालिका–५ चौमालाका ३८ वर्षीय घनश्याम ढकाल रहेको प्रहरीले जनाएको छ। उनी बुधबार आफ्नै सुत्ने कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर मुचुल्का, शव परीक्षण तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक रूपमा उनी झुन्डिएको अवस्थामा फेला परे पनि मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। हाल घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको र मृत्युको कारणबारे आधिकारिक निष्कर्ष सार्वजनिक भइनसकेको प्रहरी स्रोतले जनाएको छ।

थप

बारा । बाराको पथलैयामा ट्राफिक प्रहरीले नियमित सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ८० बोतल अनोरेक्स (ONEREX) लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न चालकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। बुधबार दिउँसो जितपुर–सिमरा उपमहानगरपालिका–१ पथलैया क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग हुँदै हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बरको कारलाई कागजात परीक्षणका लागि ट्राफिक प्रहरीले रोकेको थियो। प्रारम्भिक जाँचका क्रममा शंका लागेपछि कारको विस्तृत खानतलासी गरिएको थियो। खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि लुकाइराखिएको १०० एमएलका ८० बोतल अनोरेक्स बरामद भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। त्य सपछि चालक, कार, बरामद लागूऔषध तथा चालकको मोबाइल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका…

थप