काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी जवानलाई सेवाबाट हटाउने तयारी गरेको छ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएर वा आफूखुसी ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका ९ जना जवानलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको हो।
प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र गैरहाजिर हुनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सम्बन्धित जवानहरूलाई आग्रह गरेको छ।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरी सेवाबाट हटाइने चेतावनी सूचनामा दिइएको छ।
‘अन्यथा तपाईँहरूउपर सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही भई जाने छ,’ सूचनामा भनिएको छ।

