Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
निर्मल पुर्जालाई सम्झिँदै गगन थापाले भने- तपाईँको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ब्रोड पिकबाट आएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘निम्स, ‘प्रोजेक्ट पोसिबल’ अघि, संसारले तपाईँको नाम चिन्नुअघि र तपाईँले हिमालमा सम्भावनाको परिभाषा नै बदल्नुअघि नै मैले तपाईँलाई भेटेको थिए । तपाईं सधैँजस्तै यसपटक पनि फर्कने बाटो खोज्नुहुन्छ भन्ने मेरो गहिरो विश्वास थियो ।’ थापाले निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान केवल कीर्तिमान नभई विश्वले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको उल्लेख गरेका छन् ।…
रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरीका एक अधिकारीलाई सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणपछि जिम्मेवारीबाट हटाइएको छ। बीओपी सरमुजवाका इन्चार्ज इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीचको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको सुरक्षा स्रोतले जनाएको छ। लगत्तै प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको पनि त्यहाँबाट सरुवा भएको छ। उनको स्थानमा सशस्त्र प्रहरी ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट डीएसपी दुर्गा प्रसाईं भट्टलाई खटाइएको छ। यद्यपि उक्त अडियोको आधिकारिक प्रामाणिकता हालसम्म पुष्टि भएको छैन। त्यसैले फरेन्सिक परीक्षणसहित निष्पक्ष अनुसन्धानको माग स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उठिरहेको छ। अडियो…
काठमाडौं । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव एक सातासम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। देशका विभिन्न स्थानमा आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाले सुरक्षा संयन्त्रको अधिकांश ध्यान पूर्वी तराईतर्फ केन्द्रित भएको छ। यही कारण राज्यको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठ्न थालेका छन्। बिग्रँदै गएको अवस्थाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भिडियो सन्देशमार्फत सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका थिए। यससँगै प्रहरी प्रधान कार्यालयले सुरक्षा संवेदनशीलता बढेको निष्कर्ष निकाल्दै चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित एसएसपीसम्मका १६ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न प्रदेश…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको जिम्मेवारी पनि हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको काज सरुवा सूचीअनुसार प्रहरी निरीक्षक सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ, ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी, सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही तथा दीपक खरेललाई इलाका प्रहरी कार्यालय गोलबजार, सिराहामा काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। यो पनि पढ्नुहोस्… १० डीएसपीहरूको काज सरुवा: बौद्ध, अछाम, भोजपुर र बैदाममा नयाँ नेतृत्व
काठमाडौं । प्रहरी प्रधान कार्यालयले केहि प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । जसअनुसार प्रहरी वृत्त बौद्धमा डीएसपी मदनजित महराको सरुवा भएको छ। बौद्धका डीएसपी सन्तोष रोका तानिएपछि महरालाई त्यहाँ पठाइएको हो। रोकाको सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय अछाम प्रमुखमा डीएसपी पबिन्द्र बमको सरुवा भएको छ भने जिप्रका धनुषामा ओम खनाललाई पठाइएको छ। त्यसैगरी वडा प्रहरी कार्यालय बैदाममा डीएसपी सुर्य बोगटीको सरुवा भएको छ भने बैदामका डीएसपी नमराज भट्टराईको प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर प्रमुखमा डीएसपी ज्ञान बहादुर खड्काको सरुवा गरिएको छ। डीएसपी मिन…
काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशीलसिंह राठौरले डीएसपी रोकायासँग केही विषयमा बुझ्नुपर्ने भएकाले परिसर तानिएको पुष्टि गरे। तर, उनले कुन विषयमा सोधपुछ गर्न लागिएको हो भन्नेबारे थप विवरण खुलाउन चाहेनन्। हाल रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने प्रहरी वृत्त बौद्धमा नयाँ डीएसपी पठाउने तयारी भइरहेको छ। प्रहरी स्रोतका अनुसार रोकायामाथि आर्थिक अनियमिततासम्बन्धी गुनासो परेको छ। जुवा खेल सञ्चालन हुने स्थान, स्पा तथा डान्सबारबाट नियमित रूपमा रकम असुल्ने गरेको आरोपपछि उनीमाथि छानबिन अघि बढाइएको स्रोतको दाबी छ। यद्यपि, यी आरोपबारे औपचारिक…
काठमाडौं । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडपको प्रभाव मधेस प्रदेशका सप्तरीदेखि पर्सासम्म फैलिन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उच्च तहका अधिकृतलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एआइजीदेखि एसएसपी तहसम्मका अधिकृतलाई मधेसका विभिन्न जिल्लामा खटाएको हो। खटाइएका अधिकृतहरू सम्बन्धित क्षेत्रमा पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदायका अगुवा तथा सरोकारवालासँग छलफल गर्दै अवस्था सामान्य बनाउन सक्रिय भएका छन्। बारा र पर्साको सुरक्षा समन्वयका लागि प्रहरी प्रधान कार्यालयले एसएसपी होबिन्द्र बोगटीलाई वीरगन्ज पठाएको छ। प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत बोगटीले वीरगन्ज पुगेलगत्तै स्थानीय प्रशासन…
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार आरोपितको खोजी भइरहेको छ। प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०ः५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी लिलावती देवीको नारायणी अस्पतालमा उपचारपछि साउन ३२ गते साँझ ५ः४० बजे डिस्चार्ज गरिएको थियो। तर साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई फेरि सोही अस्पतालमा भर्ना गरिएको…
रुपन्देही । रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहियास्थित एक होटलको कोठाबाट अवैध रूपमा ‘भीओआईपी कल बाइपास’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई उपकरणसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लामो समयदेखि निगरानी गरेपछि सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रमा रहेको न्यु मुक्ति होटल एन्ड रेस्टुरेन्टमा छापा मारेको हो। प्रहरीका अनुसार होटलको दोस्रो तलामा कोठा भाडामा लिएर बसेका गोरखाको चुमनुब्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङलाई २०८३ साउन १३ गते बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो। उनको कोठामा खानतलासी गर्दा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ अर्थात् भीओआईपीमार्फत अन्तर्राष्ट्रिय कल अवैध रूपमा बाइपास…
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुर्याउने तथा सर्वसाधारणमा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आईजीपी कार्कीले सामाजिक एकता र सद्भावमा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि कसैको हितमा नहुने बताएका छन्। उनका अनुसार यस्ता कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने खतरा हुन्छ। संवेदनशील परिस्थितिमा अफवाह, घृणा र उत्तेजनाभन्दा विवेक, संयम र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको…