Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारी लुम्बिनी प्रदेश प्रहरीअन्तर्गत २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। जिम्मेवारीप्रतिको प्रतिबद्धता, व्यावसायिक कार्यसम्पादन, शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार संगठनको नीति, निर्देशन तथा कार्ययोजनाअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुका साथै प्रहरी सेवाको व्यावसायिक मर्यादा कायम राख्दै अपराध नियन्त्रण र अनुसन्धानमा सक्रिय भूमिका खेलेको आधारमा अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भूपेन्द्र खत्रीले अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै…
इच्छाशक्ति भए के हुँदैन र ? प्रहरी जवानबाट इन्सपेक्टर बनेका कमलेशको प्रेरणादायी यात्रा
काठमाडौं । एउटा प्रहरी जवानको पोशाकबाट सुरु भएको यात्रा आज नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदसम्म पुगेको छ। यो यात्रा केवल पदोन्नतिको कथा होइन, निरन्तर मेहनत, त्याग, धैर्यता र दृढ इच्छाशक्तिको प्रेरणादायी उदाहरण हो। २०७३ सालमा प्रहरी जवानका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका कमलेश पासवानले करिब एक दशक लामो सेवायात्रापछि २०८३ सालमा आएको अन्तिम नतिजामा प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन्। प्रहरी सेवामा प्रवेश गर्दा उनको जिम्मेवारी सीमित थिएन। चौबीसै घण्टाको ड्युटी, रातदिनको खटाइ, चाडपर्वमा समेत परिवारबाट टाढा रहनुपर्ने बाध्यता र संगठनको कडा अनुशासनबीच उनले आफ्नो अर्को सपना पनि सँगसँगै बोकेर हिँडे- प्रहरी निरीक्षक बन्ने सपना। ड्युटीको व्यस्तताबीच अध्ययनलाई…
सप्तरी । तस्करीका सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई छाडेको तथा घटनाको विवरण बंग्याएको आरोपमा सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय तानिएका छन्। भारतबाट भन्सार छली ल्याइएको मोबाइलका पार्टपुर्जा, मोटरसाइकल तथा तस्करीका भरिया भनिएका सुनिल मण्डललाई साउन १८ गते स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही क्रममा सामान र भरियालाई छुटाउन पुगेका मुख्य कारोबारी भनिएका देवकुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएका दुवै जनालाई पछि छाडिएको तथा बरामद सामान र घटनासम्बन्धी मुचुल्कासमेत फेरबदल गरिएको आरोप सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। घटनालाई ढाकछोप गर्न साउन १९ गते राति प्रहरीले…
काठमाडौं । ठमेल क्षेत्रमा सञ्चालन गरिएको रात्रिकालीन विशेष अपरेसनका क्रममा डान्सबार, क्लब तथा दोहोरीमा दलाली गर्ने र ती क्षेत्रमा काम गर्ने युवतीहरूसहित करिब ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटकलाई हैरानी दिने, सडकमा ग्राहक तान्ने तथा डान्सबार, क्लब र दोहोरी आसपास दलाली गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले ठमेल क्षेत्रमा रात्रिकालीन निगरानी तथा विशेष अपरेसन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउने, गुण्डागर्दी तथा पर्यटकलाई दुःख दिने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले रात्रिकालीन अपरेसनलाई तीव्र बनाएको जनाएको छ। नियन्त्रणमा लिइएका…
तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीको दाबी- ‘अनुसन्धानमा कुनै कसर बाँकी राखेका छैनौँ’
काठमाडौं । बाराको जितपुरसिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको दाबी गरेको हो। प्रहरीका अनुसार २०८३ भदौ १ गते बिहान करिब ८ः३० बजे गरिमा हराएको भन्दै उनकी आमा मानमति चौधरी थारुले जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएकी थिइन्। निवेदन प्राप्त हुनासाथ प्रहरीले मातहतका कार्यालय तथा तालुक कार्यालयमा हुलिया परिपत्र गरी खोजतलास सुरु गरेको जनाएको छ। खोजीका क्रममा प्रहरीले हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चोक, जितपुर, विमानस्थल, रंगशाला आसपासको जंगल, औराहालगायतका सम्भावित स्थानमा खोजतलास गरेको थियो।…
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जनासहित लाइसेन्सबिना भरुवा बन्दुक राख्ने अर्का एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्। प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो ‘Prem Sunar’ नामको फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। प्रेम सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा…
रौतहटमा आत्महत्याको डरलाग्दो तथ्यांक : एक वर्षमा १६३ जनाले ज्यान गुमाए, १६ वर्षमुनिका ३२ बालबालिका
रौतहट । रौतहटमा आत्महत्याको अवस्था पछिल्लो समय चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा १६३ जनाले आत्महत्या गरेका छन्। अर्थात् औसतमा हरेक दुई–तीन दिनमा रौतहटमा आत्महत्याको एउटा घटना भएको देखिन्छ। प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्ने १६३ जनामध्ये १४६ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्। आत्महत्या गर्नेमा ४७ पुरुष, ५३ महिला, ७ बालक र ५६ बालिका छन्। उमेर समूहका आधारमा हेर्दा १६ वर्षभन्दा कम उमेरका ३२ जना, १६ देखि २५ वर्षका ६९ जना, २६ देखि ३५ वर्षका २२ जना, ३६ देखि ४५ वर्षका २० जना, ४६ देखि ६०…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय तथा विभिन्न युनिटका प्रमुखहरूलाई संगठनलाई थप चुस्त, जिम्मेवार र प्रभावकारी बनाउँदै नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। आईजीपी कार्कीले बिहीबार भर्चुअल माध्यमबाट नेपाल प्रहरीका विभिन्न ब्यूरो, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा परिसर, ट्राफिक प्रहरी कार्यालय, विशेष सुरक्षा गण, विमानस्थल सुरक्षा कार्यालयलगायतका प्रमुखहरूलाई सम्बोधन गर्दै समसामयिक सुरक्षा अवस्था र प्रहरी कार्यसम्पादनबारे आवश्यक निर्देशन दिएका हुन्। भर्चुअल बैठकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,…
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा सेवा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरी दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सइ) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ८ गते…
काठमाडौं । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्री र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई जिम्मेवारीबाट हटाइएको छ। घटनाको अनुसन्धान तथा प्रहरी परिचालनमा कमजोरी भएको भन्दै डीएसपी क्षेत्री र इन्स्पेक्टर थापालाई सिमराबाट हटाइएको हो। डीएसपी क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाइएको छ। प्रहरी निरीक्षकको स्थानमा भने कसलाई पठाउने भन्नेबारे थप निर्णय हुने बताइएको छ। तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नेतृत्वले सिमराको कमान्ड परिवर्तन गरेको हो। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाब…
