Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
वीरगञ्ज । बारा जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालकै एक बिओपीमा कार्यरत प्रहरी कर्मचारीले संगठनको निर्देशनविपरीत ‘घुमुवा’ परिचालन गरी तस्करीलाई संरक्षण दिएको आरोप सार्वजनिक भएको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको नेतृत्वमा केही प्रहरी कर्मचारीलाई घुमुवाका रूपमा परिचालन गरिएको छ। तीमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार सुमन पौडेलले विभिन्न तस्कर समूहसँग समन्वय गर्दै तस्करीका लागि सहज वातावरण बनाउने र त्यसबापत रकम असुल्ने गरेका छन्। स्रोतका अनुसार बलिरामपुर, मुशहार्वा र छातवा नाकाबाट कपडा, औषधि, काजु, प्याज, किराना सामग्री, हार्डवेयर, मोबाइल तथा मोबाइल पार्ट्स, कम्प्युटर पार्ट्सलगायतका सामान अवैध रूपमा…
चितवन । चितवन प्रहरीले भरतपुर महानगरपालिकाबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रास्वपा नेता मनोज पौडेल समेत छन् । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले तास खेलिरहेको अवस्थामा ७१ हजार ५१५ रुपैयाँसहित ११ जनालाई शनिबार भरतपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पौडेलसहित चिरन तिवारी, वीरेन्द्र गिरी, धुव्र कोइराला, कमल प्रसाद न्यौपाने, नवीन सुवेदी, मनोज सुवेदी, मोति शर्मा (विष्णु बेडेल), अमित कोइराला, सुदेश खनाल र रविन काफ्ले रहेका छन्। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको पौडेलले जानकारी दिए।
‘ट्राफिक प्रहरीको छवि उच्च हुँदा नेपाल प्रहरीकै प्रतिष्ठा बढ्छ’ : एआईजी सुशील सिंह राठौर
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले ट्राफिक प्रहरीलाई शिष्ट व्यवहार, आर्थिक पारदर्शिता र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत संगठनको छवि उकास्न निर्देशन दिएका छन्। शनिबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा एआईजी राठौरले ट्राफिक प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको व्यवहारले सिंगो नेपाल प्रहरी संगठनको छवि निर्धारण गर्ने बताए। उनले ‘ट्राफिक प्रहरीको छवि उच्च हुँदा सिंगो नेपाल प्रहरी संगठनकै प्रतिष्ठा र सान बढ्छ’ भन्दै इमान्दार, जिम्मेवार र सेवामुखी भएर काम गर्न सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिए। एआईजी राठौरले ट्राफिक व्यवस्थापनमा प्रविधिको अधिकतम प्रयोग गर्न, आर्थिक अनुशासन कायम राख्न र नागरिकमैत्री सेवा…
सिडिओको निर्णय कागजमै सीमित : ११ बजेपछि पनि सुन्धारामा अवैध डान्सबार र दोहोरी निर्बाध सञ्चालन
काठमाडौं । गत असार ३० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सात बुँदे निर्णय गर्दै काठमाडौंस्थित सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन मनोरञ्जन व्यवसाय राति ११ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन भने हुन नसकेको पाइएको छ। बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरे, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। निर्णयमा स्थानीयको गुनासो र शान्ति–सुरक्षालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा राति ११ बजेपछि सबै रात्रिकालीन मनोरञ्जन व्यवसाय अनिवार्य रूपमा बन्द गराउने…
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय भलिबल टोलीका खेलाडी धनबहादुर भट्टलाई प्राविधिक सुबेदार पदमा पदोन्नति गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका भट्टको योगदानको कदर गर्दै सेनाले उक्त जिम्मेवारी दिएको हो। पदोन्नतिपछि भट्टले सामाजिक सञ्जालमार्फत आफूलाई शुभकामना, माया, स्नेह र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा थप जिम्मेवारी, अनुशासन र समर्पणका साथ राष्ट्र र संस्थाको सेवामा लागिरहने प्रतिबद्धतासमेत जनाएका छन्। नेपाली सेनाले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीलाई सम्मान र अवसर प्रदान गर्ने परम्परालाई निरन्तरता दिएको भन्दै खेलकुदकर्मीहरूले निर्णयको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्ता सम्मानले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप हौसला मिल्नुका साथै भावी…
काठमाडौं । अमेरिकाले बी–१/बी–२ (व्यापार तथा पर्यटक) भिजिटर भिसाका लागि धरौटी (भिसा बन्ड) कार्यक्रम स्थायी रूपमा लागू गर्ने भएको छ। नयाँ व्यवस्था सन् २०२६ अगस्ट ३ देखि लागू हुनेछ। नियमअनुसार नेपालसहित ५० देशका निश्चित भिसा आवेदकले भिसा पाउन १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षण कार्यक्रमअन्तर्गत अधिकतम १५ हजार डलरसम्म धरौटी लिने व्यवस्था थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार अधिकांश आवेदकका लागि १५ हजार डलर धरौटी तोकिनेछ। तर भ्रमणको उद्देश्य, रोजगारी, आम्दानी तथा अन्य जोखिम मूल्याङ्कनका आधारमा १० हजार वा २० हजार डलरसम्म धरौटी निर्धारण गर्न सकिनेछ। भिसा अवधि समाप्त हुनुअघि अमेरिका छाड्ने, अनधिकृत रूपमा…
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालभित्र चर्किएको नेतृत्व तहको शक्ति संघर्ष अन्ततः औपचारिक छानबिनसम्म पुगेको छ। अस्पताल प्रमुख डिआइजी डा. रूपक महर्जन र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मीना कुँवर जोशीबीच लामो समयदेखि जारी आन्तरिक खिचातानीकै बीच अस्पतालका आर्थिक तथा प्रशासनिक गतिविधिमाथि अनुसन्धान सुरु गरिएको हो। स्रोतका अनुसार अस्पतालमा आर्थिक अनुशासन, सेवा सञ्चालन तथा प्रशासनिक प्रक्रियामा गम्भीर प्रश्न उठेपछि मानवस्रोत विभागले असार ३२ गते एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिलाई अस्पतालको समग्र आर्थिक तथा प्रशासनिक गतिविधिको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिले एक्सटेण्डेण्ट हेल्थ सर्भिस (ईएचएस), लेखा शाखा, सवारी व्यवस्थापन, इन्धन खर्च तथा अस्पतालका…
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ निवासी २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ११:५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ निवासी ३६ वर्षीय बिनोद चौधरी पनि घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको…
काठमाडौं । जेलबाट फरार भएपछि पनि शृङ्खलाबद्ध आपराधिक गतिविधिमा संलग्न रहेका फरार अपराधी कर्मा तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार तामाङ पक्राउ पर्नुअघि सिक्री स्न्याचिङ, मोटरसाइकल चोरीलगायत विभिन्न आपराधिक घटनामा संलग्न थिए। पछिल्लो पटक पनि उनले सिक्री लुटेको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनलाई खोजी गर्ने क्रममा हिजो राति काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा प्रहरी टोलीसँग जम्काभेट भएको थियो। पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी कारबाहीस्वरूप उनको खुट्टामा गोली प्रहार गरेको एसएसपी घिमिरेले जानकारी दिए। घटनापछि उनलाई नियन्त्रणमा लिएर उपचारका…
मटिअर्वा नाकामा तस्करीको ‘लाइन’ दिलाइदिने भन्दै डीएसपीको नाममा पैसा असुलेको आरोप, असईको भिडिओ भाइरल
बारा । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा नाकामा तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा एक व्यक्तिले तस्करी सहज बनाउन भन्दै असई रानालाई एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। रकम ब्याजमा खोजेर दिएको उल्लेख गर्दै उनले पैसा फिर्ता नभए रुखमा बाँधेर कुट्ने चेतावनीसमेत दिएका छन्। ती व्यक्तिले असई रानालाई कमिसनस्वरूप कपडासमेत उपलब्ध गराउँदै आएको दाबी गरेका छन्। उनका अनुसार मटिअर्वा नाकाको १० नम्बर पिलर क्षेत्र हुँदै विशेषगरी रातिको समयमा तस्करी हुने गरेको छ। स्थानीय…