काठमाडौं । सुदूरपश्चिम सरोकार मञ्चले स्थापनको २०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा मञ्चले शनिबार आफ््नो स्थापना दिवस् मनाएको हो ।
स्थापनादिवस्को प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सहभागी थिए । मञ्चले स्थापनको २० वर्षपुराको अवसरमा शुभकामना दिदै चन्दले समग्र सुदूरपश्चिमको विकाशका लागि काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञहरु एक ठाउँमा आएर लाग्नुपर्ने बताए ।
उनले सम्बोधन गर्दै भने,‘‘सुदूरपश्चिप्रतिको आफ्नो भाव र मायाले नै म स्वास्थ अवस्था कमजोर हुँदापनि यहाँ आउन सके । तपाईंहरुसित भेट्न सके । यो भाव र आफ्नो माटो र जन्मेको ठाउँका लागि तपाईंहरु सबैमिलेर जानुहोस् ।’’
वार्र्षिकोत्सवकै क्रममा मञ्चका अध्यक्ष डां.दीर्घबहादुर बमले रणसमुन्द्र डा.दीर्घसिंह बम पुरस्कार राशीसमेत घोषणा गरेका छन् । हरेक वर्ष सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा उत्कृष्ठ हुने प्रतिभाका लागि भन्दै पाँच लाख राशीबराबरको उक्त पुरस्कार घोषणा गरेका हुन् ।
बम लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय छन् । बमले आफ्नो सक्नेसहयोग र विज्ञता सुदूरपश्चिमको माटोका लागि खर्चिने बताए ।
मञ्चका संरक्षक पुर्वप्रहरी महानिरीक्षक (आईजीपी) मोतीलाल बोहराले पनि सुदूरपश्चिमको विकासको लागि विभिन्न समूहमा बिभाजित सुदूरपश्चिमका अन्य सरोकारवाला निकायलाई मूल उदेश्यका लागि एकजुट हुनुपर्ने बताए ।
मञ्चकै कार्यक्रम मार्फत नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भुपरिवेष्ठितबाट भूजडित उडान’ पुस्तकसमेत विमोचन भएको थियो ।
सुदूरपश्चिममा जन्मिएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा छन् ।
ऐरले पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर पुस्तक तयार पारेका छन् ।
यसरी नै सुदूरपश्चिमको उर्जा क्षेत्रको वर्तमान अवस्था र उर्जाक्षेत्र मार्फत समग्र सुदूपश्चिको विकाशका लागि हुनसक्ने सम्भावनाबारे उर्जा विज्ञ अनुपराध उपाध्यायले सोधपत्र नै प्रस्तुत गरेका थिए ।
उपाध्याय पूर्वउर्जा सचिव समेत हुन् । यसरी नै सुदूरपश्चिको कृषि क्षेत्रको अवस्थाबारेसमेत कृषि बिज्ञ यज्ञराज जोशीले आफ्नो धाराणा राखेका थिए । सुदूरपश्चिममा पर्याप्त कृषिको सम्भना रहेपनि विकाशका कारण पछि परेको धाराणा राखेका थिए ।
मञ्चको आवस्यकता र स्थापनादेखि २० वर्ष लामो यात्राबारे मञ्चका महासचिब सुरेन्द्र जोशीले धाराणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टकोसमेत उपस्थिति थियो ।
