Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका गुरागाईँलाई महानगरपालिकाले बुधबार औपचारिक रूपमा बिदाइ गरेको हो। गुरागाईँले करिब दुई वर्ष काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनले २०८१ असोज ७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए। उनको कार्यकालमा महानगरका तत्कालीन प्रमुख बालेन्द्र (बालेन) शाहसँग प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पटक–पटक विवाद भएको थियो। विभिन्न समयमा उनलाई महानगरबाट हटाउने प्रयास भए पनि उनी आफ्नो कार्यकालभर जिम्मेवारीमा कायम रहेका थिए। बुधबार आयोजित बिदाइ कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता…
सिन्धुलीमा लागुऔषध नियन्त्रण ब्युरोको अपरेशन, ‘न्युज रिपोर्टर’ परिचयपत्र बोकेका चालकसहित तीन जना नियन्त्रणमा
काठमाडौं । पत्रकारको आवरणमा खैरो हेरोइन ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार, साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो (Renault) कारलाई शंकाको आधारमा रोकी खानतलासी गरिएको थियो। खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६…
काठमाडौं । दोहोरो तथा किर्ते नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ‘सुजन’ भनेर चिनिने उमेश भोम्जनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार विभिन्न आपराधिक गतिविधिमा फरक–फरक नागरिकता प्रयोग भएको देखिएपछि उमेशलाई पक्राउ गरिएको हो। प्रहरी अनुसन्धानका क्रममा उमेशले २०६९ साल साउनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बकैया गाउँपालिकालाई स्थायी ठेगाना उल्लेख गरी सुजन भोम्जन नामबाट पहिलो नागरिकता लिएको खुलेको छ। त्यसपछि २०७८ सालमा सोही स्थायी ठेगाना प्रयोग गर्दै आमाबुबाको विवरण फरक राखी उमेश भोम्जन नामबाट अर्को नागरिकता लिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीसँग…
पोखरा । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–८ सिर्जना चोकस्थित एक रेस्टुरेन्टको आवरणमा हेरोइन बिक्री–वितरण गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्युरोका अनुसार साउन २० गते गरिएको विशेष अपरेशनका क्रममा भारतको मोतिहारी जिल्ला घर भएका ४० वर्षीय चन्देश्वर महतो (Chandeshwar Mahato) लाई १५८.२७ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेका महतोको साथबाट १५८.२७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल फोन र एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोका…
बाराको सिम्रौनगढमा तस्करी र असुली: इन्स्पेक्टर केडी विवादमा, घुमुवा सुजित हर्ताकर्ता !
काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख छन् प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह (केडी)। प्रहरी निरीक्षक साह झण्डै ९ महिनाअघि सिम्रौनगढ सरुवा भएका थिए। तर, इन्स्पेक्टर साहले नाका खुकुलो छोड्दा सिम्रौनगढमा भारतीय तस्करहरू सक्रिय भएका छन्। सिम्रौनगढ, खजानी, कचोर्वा, बसवरियामा अहिले दुवै देशका तस्करहरू तस्करीमा सक्रिय छन्। भारतीय तस्करहरूले भारतबाट मोटरसाइकल र ट्याक्टरका पाट्र्स, चिनी, कपडा, खानेतेल नेपाल भित्र्याउदै सिम्रौनगढ, कचोर्वा, कटहरिया, बङ्कुल, गरुडा, चन्द्रपुर, निजगढ, कोल्हवी, मौलापुर, हर्नैया पु¥याउने गरेका छन्। यसरी सिम्रौनगढमा तस्करी गतिविधि मौलाउनुमा इन्सपेक्टर साहको मिलेमतो रहेको छ । जसले गर्दा ठूलो मात्रामा अवैध कारोबार सञ्चालन भइरहेको हो। प्रहरीको मुख्य दायित्व अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम…
दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका संयुक्त प्रहरी टोली सहभागी थिए। प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको हो। यस्तै, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप…
सरकारी नम्बर प्लेटका मोटरसाइकलमा होटल पुगेका दुई कर्मचारी मदिरा सेवनपछि झगडामा पक्राउ
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित एक होटलमा मदिरा सेवनपछि झगडा गरेको आरोपमा दुई सरकारी कर्मचारी पक्राउ परेका छन्। मंगलबार साँझ होटलमा मादक पदार्थ सेवनका क्रममा दुई पक्षबीच विवाद र झगडा भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय सानोपोखराको टोली घटनास्थल पुगेको थियो। प्रहरीले झगडामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको जनाएको छ। घटनास्थलबाट बागमती प्रदेश ०३–००१ ब ३४९ र बागमती प्रदेश ०३–००१ ब २९० नम्बरका सरकारी नम्बर प्लेट भएका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती मोटरसाइकल कुन सरकारी कार्यालयका हुन् र कसले प्रयोग गरिरहेका थिए भन्ने विषय खुल्न बाँकी…
कपिलवस्तु । ‘अदालत र प्रहरीमा मेरो राम्रो पहुँच छ, तपाईंको छोरालाई जेलबाट छुटाइदिन्छु’ भन्दै एक व्यक्तिबाट ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका–५ बालानगरका ३६ वर्षीय जग्गु तेलीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडाका ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी मुद्दामा तौलिहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने आश्वासन दिएका थिए। प्रहरीका अनुसार तेलीले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट ५ लाख ६२ हजार रुपैयाँ लिएका थिए। रकम बुझाएपछि…
बिर्तामोड । साइबर अपराध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भएका नितेश ओली एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघले झापा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र झापा शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै फरार अभियुक्तलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको कार्यसम्पादनमाथि नै शंका उत्पन्न भएको बताएका छन्। महासंघका अनुसार पत्रकार तथा सञ्चार संस्थालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत निरन्तर चरित्रहत्या, भ्रम फैलाउने, गालीगलौज तथा ज्यान मार्ने धम्की दिँदै आएका नितेश ओलीविरुद्ध संस्थागत रूपमा असार १५ गते जिल्ला प्रहरी कार्यालय झापामा साइबर अपराध कसुरअन्तर्गत जाहेरी दर्ता गरिएको थियो। त्यसपछि जिल्ला अदालतबाट…
साउथ सुडान शान्ति मिसनमा खटिने सशस्त्र प्रहरीको १३औं टोलीलाई आईजीपी पौडेलद्वारा बिदाइ
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा खटिन लागेको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १३औं टोलीलाई मंगलबार बिदाइ गरेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आईजीपी पौडेलले टोलीलाई सफल कार्यसम्पादनको शुभकामना दिँदै नेपालको व्यावसायिक छवि र प्रतिष्ठा उच्च राख्ने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। संयुक्त राष्ट्रसंघको अनुरोधमा युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) का रूपमा खटिन लागेको उक्त टोलीले शान्ति स्थापना, सुरक्षा प्रवर्द्धन तथा नागरिक संरक्षणसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछ। बिदाइ कार्यक्रममा आईजीपी पौडेलले अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सुरक्षा…