काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका गम्भीर घाइते तथा बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल, नेपालको काठमाडौंस्थित अस्पतालमा १ सय बेड खाली राखिएको छ।
बाढी प्रभावितको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा उपचारका अन्य व्यवस्थासमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार तथा उद्धारका लागि चिकित्सकसहितको MEDEVAC टोली र Mass Casualty Vehicle समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ड्रोन र K9 Sniffer Dogs सहितका टोलीसमेत परिचालन गरेको जनाएको छ।
Facebook Comments Box
