Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी गरेका छन्। काठमाडौंमा शनिबार साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्रयाकमा ल्याउने सामर्थ्य राख्ने बताए। उनले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन समेत आग्रह गरे। उनले भने, ‘यात्राका क्रममा कहिले-काहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ। तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस् । हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौं…
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले आफूलाई ‘एक्लो’ महसुस गरेको अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रश्न गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको भनाइप्रति आश्चर्य व्यक्त गर्दै राज्यका महत्वपूर्ण संयन्त्र, जनप्रतिनिधि र प्रशासनिक संरचनाको साथ हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्नुको कारणबारे प्रश्न उठाएका हुन्। उनले लेखेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पीए त कति हो कति, तर पनि एक्लै ?’ भट्टराईले विगतका राजनीतिक नेतृत्वको उदाहरण दिँदै तत्कालीन नेताहरू व्यक्तिगत रूपमा एक्ला देखिए पनि उनीहरूको पक्षमा जनता रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘बीपी, मनमोहन, कृष्णप्रसाद, मदन…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ । केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो । शुक्रबार नै मुख्यालय झिकेर अनुसन्धान थालिएको थियो। प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए । प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । त्यस्तै एकजना इन्स्पेक्टरलाई पनि झिकाएर अनुसन्धान गरिएको छ।
बुटवल । गत चैतको दोस्रो हप्ता रुपन्देहीको बेलहियाबाट १७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परे। पक्राउ पर्नेमा एक जना नेपाली र एक जना भारतीय नागरिक थिए। उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले पक्राउ गरेको थियो। पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप तीन जनालाई पनि नियन्त्रणमा लियो। थप पक्राउ पर्नेमा एक जना भारतीय र दुई जना नेपाली नागरिक थिए। स्रोतका अनुसार उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि प्रहरीले घटनास्थल मुचुल्का तयार गरेको थियो। उक्त मुचुल्कामा बरामद पदार्थलाई ब्राउन सुगरकै रूपमा उल्लेख गरिएको थियो। थप अनुसन्धानका लागि सम्बन्धित निकायमा प्रतिवेदन पठाइएको…
काठमाडौं । नेपाल प्रहरीभित्र अनुशासन उल्लंघन गर्नेमाथि कारबाही र उत्कृष्ट काम गर्नेलाई पुरस्कार दिने क्रम तीव्र रहेको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै डिआइजीदेखि कार्यालय सहयोगीसम्म १ हजार ८४८ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले सार्वजनिक गरेको विवरणअनुसार विभागीय कारबाहीमा पर्नेमा उच्चदेखि तल्लो तहसम्मका प्रहरी कर्मचारी छन्। विभागीय कारबाहीमा १ जना डीआईजी, २ एसएसपी, ३ एसपी, ३ डीएसपी र ३ इन्स्पेक्टर परेका छन्। त्यस्तै १७ वरिष्ठ सई, ५२ सई, १३९ असई, ६१ वरिष्ठ हवल्दार, २६२ हवल्दार, ३५६ सहायक हवल्दार, ८६६ जवान…
काठमाडौं । देशभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन स्थानीय तह तथा नागरिकबाट नयाँ प्रहरी युनिट स्थापनाको माग बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ९७० ठाउँमा नयाँ प्रहरी युनिट स्थापना गर्न माग भएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माग भएका स्थानमा प्रहरी युनिट स्थापना गर्न मात्रै १७ हजार १ सय जनशक्ति आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा आवश्यकताअनुसार अस्थायी प्रहरी संरचना बनाएर सुरक्षा सेवा दिइँदै आएको छ । प्रहरीले देशभर ७५१ ठाउँमा अस्थायी प्रहरी पोस्ट तथा ६०६ ठाउँमा अस्थायी ट्राफिक प्रहरी…
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ गर्दै प्रहरी कर्मचारीका समस्या तथा गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा साउन २२ गते आयोजित परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले सिनियर प्रहरी अधिकृतदेखि आधारभूत तहसम्मका प्रहरी कर्मचारीसँग अन्तरक्रिया गरेका हुन्। कार्यक्रममा प्रहरी कर्मचारीहरूले आफ्ना समस्या, गुनासा, जिज्ञासा तथा सुझावहरू राखेका थिए। ती विषयलाई गम्भीरतापूर्वक सुनेका खनालले संगठनको नीति, कानुनी व्यवस्था तथा उपलब्ध स्रोत–साधनका आधारमा यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। खनालले ‘नागरिकको विश्वास जित्ने आधार भनेकै इमानदार, निष्पक्ष र…
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा मोटरसाइकलसहित बगेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन चौधरी गएराति करिब साढे ९ बजे घर फर्किने क्रममा खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएको थियो। घटना देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब एक घण्टासम्म निरन्तर प्रयास गरेपछि चौधरीलाई सकुशल उद्धार गर्न सफल भएको हो। अत्यधिक बाढीका कारण चौधरी सवार मोटरसाइकल भने खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका चौधरीलाई सोही राति सुरक्षित रूपमा घर…
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका प्रमुख स्वकीय सचिव प्रतीक श्रेष्ठ र स्वकीय सचिव पारस क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ। स्रोतकाअनुसार एशियाली विकास बैंक (एडीबी) का कर्मचारी संजय कक्षपतिको स्पोन्सरमा श्रेष्ठ दुबई गएका हुन्। उनीसँगै क्षेत्री पनि गएका हुन्। श्रेष्ठको हवाई यात्रालगायतको खर्चसमेत कक्षपतिले नै व्यहोरेको स्रोतको दाबी छ। श्रेष्ठ र क्षेत्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईको FZ 1134 उडानमार्फत दुबई गएका हुन्। कक्षपति भने युरोपबाट दुबई पुगेको बताइएको छ। उनीहरु दुबईको होटल हिल्टनमा बसेका छन्। कक्षपति नेपाली कांग्रेसकी नेतृ आरजु राणाका नातेदार हुन्। एडीबीमा कार्यरत कक्षपति र मन्त्रीका स्वकीय सचिवबीच दुबईमा हुने भेटघाटलाई लिएर…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं महानगरपालिकाको अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्। राप्रपा काठमाडौं महानगरपालिकाको अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि आज दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र अध्यक्ष पदमा रञ्जितको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। महानगर समितिका सदस्य पदका अन्य उम्मेदवारसमेत सर्वसम्मत चयन भएका छन्। प्रहरी सेवामा रहँदा रञ्जितले काठमाडौं, ललितपुर र भक्तपुरको प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका उनी महानगरको भूगोल र सुरक्षा अवस्थाबारे जानकार अवकाशप्राप्त प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। महानगरको निर्वाचन प्रक्रिया सम्पन्न भए पनि निर्वाचित…