काठमाडौं । चीनसँगको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको नामावली नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।
बाढीमा परेका मध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव भने फेला परेको छ। शवको सनाखत भएपछि उनका आफन्तले बुझिसकेका छन्।
बेपत्ता हुने प्रहरी कर्मचारीहरूमा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन्।
नेपाल प्रहरीले बेपत्ता प्रहरीको खोजीका लागि उद्धार तथा सुरक्षा टोली परिचालन गरिरहेको जनाएको छ।
बेपत्ता प्रहरीको नामावली

