Author: Scoop Khabar

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरासुन्दरी–१ स्थित पान्धारे दुग्धनाथ महादेव मन्दिर धामिॅक वन परिसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण जस्ता गतिविधिले वातावरण संरक्षण मात्र नभई समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन साथै अपराध नियन्त्रण, सामाजिक अनुशासन र सार्वजनिक सुरक्षामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको छ । समुदायसँग सहकार्य नगरी प्रभावकारी सुरक्षा सम्भव नहुने र प्रहरी मात्र कानून लागू गर्ने निकाय नभई समाजकै एक अभिन्न अङ्ग हो । नागरिक र सुरक्षाकर्मीबीच आपसी विश्वास, सहकार्य र संवाद बढाउन निरन्तर प्रयास भइरहेको धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताए । प्रहरीप्रति जनविश्वास अझ…

थप

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत १४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । ३१औं महानिरीक्षक दिपक ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । खापुङले आजैबाट कार्यभार सम्हाल्ने छन् । खापुङले कार्यभार सम्हाल्ने क्रममा आज बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति हेडक्वार्टरमा अनिवार्य गरिएको छ । २०५२ कात्तिक २६ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरू गरेका उनी तेह्रथुमका बासिन्दा हुन् ।

थप

काठमाडौं । काठमाडौंको एक सामान्य गल्लीभित्र रहेको दुईतले घर। बाहिरबाट हेर्दा कुनै साधारण मध्यमवर्गीय परिवारको घरजस्तो लाग्छ। तर यही घरभित्र मंगलबार बिहान प्रहरीको छापा परेपछि देखिएको दृश्यले राजधानीमै रहेको भूमिगत वित्तीय साम्राज्यको पर्दा च्यातिदियो। गहिरो आलमारीका ढोकामुनि सजाइएका नोटका थुप्रा र चम्किँदो सुनका गहना। प्रहरीका आँखाहरू अचम्ममा डुबाउँदै घरबाट बरामद भयो ४ करोड २५ लाख ५० हजार नगद र साढे ९ किलो सुन। तर, यो त केवल सतहको कथा हो, घटनाको अनुसन्धानमा खटिएका अनुसन्धानकर्ताहरू भन्छन्, ‘यसै घर र यसै परिवारसँग जोडिएको एउटा जालोमा अझै २०–३० करोड नगद विभिन्न गोदामहरूमा लुकाइएको हुनसक्छ।’ ७६ वर्षीय विनोद श्रेष्ठ, मूल घर गोरखा नगरपालिका–६, अहिले…

थप

काठमाडौं । निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजी) दीपक थापाले नवनियुक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व भएको बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाइ विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । उनले खापुङ अत्यन्तै साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले सङ्गठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सबै प्रहरी कर्मचारीहरूले उनलाई रचनात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड दिए । ‘सङ्गठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक…

थप

काठमाडौं । नेपाल प्रहरीका नव–नियुक्त महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङलाई आज दर्ज्यानी चिन्ह प्रदान हुँदैछ । गृह मन्त्रालयले बिहान ९:३० बजे आयोजना गर्ने कार्यक्रममा गृहसचिव गोकर्ण मणि दुवाडीले खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् । मन्त्रीपरिषद्को १४ भदौमा बसेको बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं आइजीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजी दिपक थापा ३० वर्षे सेवाअवधि पूरा गरी गए रातिदेखि अनिवार्य अवकाशमा गएपछि प्रहरी संगठनको कमाण्ड खापुङले सम्हाल्न लागेका हुन् ।

थप

काठमाडौं । प्रहरी संगठनमा ४ वटा एआईजी प्रमुख रहने युनिट खाली भएपछि गृह मन्त्रालय एआईजी सरुवाको तयारीमा जुटेको छ। आईजी दिपक थापाको ब्याच आजदेखि अनिवार्य अवकाशमा गएपछि संगठनका महत्त्वपूर्ण युनिटहरू खाली भएका हुन्। खाली युनिटहरू प्रहरी एकेडेमी – सुदिप गिरी अवकाशमा। उपत्यका प्रहरी कार्यालय, रानीपोखरी – टेक तामाङ अवकाशमा। सिआइबी – चन्द्रकुबेर खापुङ आईजी नियुक्त भएपछि खाली। प्रशासन विभाग – १४ भदौमा कृष्ण हरि शर्मा पोखरेल अवकाशमा गएपछि खाली। यी चार युनिटको प्रमुखविहीन अवस्थाले सरकारलाई एआईजी सरुवा प्रक्रिया छिटो अघि बढाउन खोजेको छ। सम्भावित एआईजीको राजनीतिक निकटता, कस्को चर्चा कहाँ ? (अनुमानित) दान बहादुर कार्की : सिआइबी (CIB), तटस्थ/संगठनभित्रको हैसियत,…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् । गृहमन्त्री लेखकले बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी थापालाई शुभकामनासहित बिदाइ गरेका हुन् । गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्त्वपूर्ण योगदान गर्नेछन् भन्दै शुभकामना समेत दिए । सो अवसरमा थापाले…

थप

काठमाडौं । मंगलबार बिहान गोंगबुस्थित एक साधारण घरमा प्रहरी टोली प्रवेश गर्दा बाहिरबाट सबै सामान्य देखिन्थ्यो। तर भित्र पस्दा, चामलको बोरा खोल्दा प्रहरीका आँखाको सामु ४ करोड २५ लाख ५० हजार नगद र सात किलो सुनको भारी प्रकट भयो। रोचक कुरा के छ भने, यो छापामारी आईजी दिपक थापा अनिवार्य अवकाशमा जाने अघिल्लो दिन भएको थियो। आजदेखि थापा घर जाँदै गर्दा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ४ करो २५ लाख र ९ किलो सुन बरामद गर्न सफल भएको छ। त्यस्तै थापा आईजीपी नियुक्त भएको अघिल्लो रात टोखाबाट २५ करोड रुपैयाँ बरामद भएको थियो। तत्कालिन आईजीपी वसन्त कुँवरको बिदाइ भएको रात…

थप

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतिसँगै उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्। यस्तै प्राविधिक महासेनानी विश्वबन्धु पहाडी सहायक रथीमा बढुवा भएका छन्। पहाडीलाई पनि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। कार्यक्रममा बलाधिकृत र बलाध्यक्ष रथीसहित सैनिक अधिकृतहरु सहभागी थिए।

थप

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकलगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचनाबमोजिम नै अघि बढ्ने बताएका छन् । बुधबार कुरा गर्दै मन्त्री गुरुङले सूचीकरण हुन आउने समयसीमा भोलि सकिने हुँदा आजसम्म कोही पनि अधिकारीहरू सम्पर्कमा नआएको बुझिएको बताए । ‘अहिलेसम्म कोही आयो कि मैले थप बुझ्नुपर्छ । नआए त उही सूचनामा लेखेबमोजिम हुने हो,’ उनले चने । ९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलोपटक ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सञ्चार मन्त्रालयले एक हप्ताको समयसीमा दिएर १२ भदौमा सूचना जारी गर्दै नेपालमा चल्ने सबै सामाजिक सञ्चाल अनिवार्य दर्ता…

थप