काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरासुन्दरी–१ स्थित पान्धारे दुग्धनाथ महादेव मन्दिर धामिॅक वन परिसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वृक्षारोपण जस्ता गतिविधिले वातावरण संरक्षण मात्र नभई समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन साथै अपराध नियन्त्रण, सामाजिक अनुशासन र सार्वजनिक सुरक्षामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको छ ।
समुदायसँग सहकार्य नगरी प्रभावकारी सुरक्षा सम्भव नहुने र प्रहरी मात्र कानून लागू गर्ने निकाय नभई समाजकै एक अभिन्न अङ्ग हो । नागरिक र सुरक्षाकर्मीबीच आपसी विश्वास, सहकार्य र संवाद बढाउन निरन्तर प्रयास भइरहेको धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताए ।
प्रहरीप्रति जनविश्वास अझ बढाउन पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्ने र धार्मिक अगुवा र सामाजिक कार्यकर्ताहरूले युवालाई अपराध र विकृतिबाट बचाउन अभिभावक र समुदायको भूमिकामा युवापुस्तालाई समाजिक उत्तरदायित्वमा जोड दिनसमेत एसपी रिजालले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
‘हर प्रहर,गॅाउ र नगरी टोल टोलमा नेपाल प्रहर’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय निकायका प्रतिनिधि, सामाजिक अगुवाहरू, धार्मिक व्यक्तित्व र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
