काठमाडौं । प्रहरी संगठनमा ४ वटा एआईजी प्रमुख रहने युनिट खाली भएपछि गृह मन्त्रालय एआईजी सरुवाको तयारीमा जुटेको छ। आईजी दिपक थापाको ब्याच आजदेखि अनिवार्य अवकाशमा गएपछि संगठनका महत्त्वपूर्ण युनिटहरू खाली भएका हुन्।
खाली युनिटहरू
प्रहरी एकेडेमी – सुदिप गिरी अवकाशमा।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी – टेक तामाङ अवकाशमा।
सिआइबी – चन्द्रकुबेर खापुङ आईजी नियुक्त भएपछि खाली।
प्रशासन विभाग – १४ भदौमा कृष्ण हरि शर्मा पोखरेल अवकाशमा गएपछि खाली।
यी चार युनिटको प्रमुखविहीन अवस्थाले सरकारलाई एआईजी सरुवा प्रक्रिया छिटो अघि बढाउन खोजेको छ।
सम्भावित एआईजीको राजनीतिक निकटता, कस्को चर्चा कहाँ ? (अनुमानित)
दान बहादुर कार्की : सिआइबी (CIB), तटस्थ/संगठनभित्रको हैसियत, अनुसन्धान अनुभव, वरिष्ठता बलियो
राजन अधिकारी : सिआइबी वा प्रहरी एकेडेमी, केपी ओली निकट सत्ता सञ्जाल बलियो, अनुभवले दुवै पदमा सम्भावना
मनोज केसी : प्रहरी एकेडेमी, स्पष्ट राजनीतिक सपोर्ट छैन, फिल्ड कमान्डमा दक्ष, विवादरहित, एकेडेमी प्रमुख हुने उच्च सम्भावना
सिद्वी विक्रम साह : रानीपोखरी, प्रशासन विभाग, शेरबहादुर देउवा निकट (फुल सपोर्ट) प्रशासनिक अनुभव, राजनीतिक बलियो समर्थन
विश्लेषण
सिआइबी : कार्की र अधिकारीबीच टक्कर, तर राजनीतिक समीकरणले अधिकारीलाई फाइदा पुग्न सक्छ।
रानीपोखरी : देउवाको प्रत्यक्ष समर्थनका कारण सिद्वी विक्रम साह बलिया उम्मेदवार।
एकेडेमी : मनोज केसी तटस्थ र विवादरहित भएकाले प्रमुख हुने सम्भावना धेरै, राजन अधिकारीलाई पनि वैकल्पिक रुपमा पठाउन सकिन्छ।
प्रशासन विभाग : सहमति नमिलेकालाई एडजस्ट।
यसपटकको एआईजी सरुवा संगठनको अनुभव, वरिष्ठता, राजनीतिक समर्थन र शक्ति सन्तुलनका आधारमा हुने अनुमान गरिएको छ।
