काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
पदोन्नतिसँगै उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्।
यस्तै प्राविधिक महासेनानी विश्वबन्धु पहाडी सहायक रथीमा बढुवा भएका छन्। पहाडीलाई पनि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
कार्यक्रममा बलाधिकृत र बलाध्यक्ष रथीसहित सैनिक अधिकृतहरु सहभागी थिए।
Facebook Comments Box
