काठमाडौं । नेपाल प्रहरीका नव–नियुक्त महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङलाई आज दर्ज्यानी चिन्ह प्रदान हुँदैछ ।
गृह मन्त्रालयले बिहान ९:३० बजे आयोजना गर्ने कार्यक्रममा गृहसचिव गोकर्ण मणि दुवाडीले खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् ।
मन्त्रीपरिषद्को १४ भदौमा बसेको बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं आइजीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजी दिपक थापा ३० वर्षे सेवाअवधि पूरा गरी गए रातिदेखि अनिवार्य अवकाशमा गएपछि प्रहरी संगठनको कमाण्ड खापुङले सम्हाल्न लागेका हुन् ।
Facebook Comments Box
