काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गत १४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
३१औं महानिरीक्षक दिपक ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । खापुङले आजैबाट कार्यभार सम्हाल्ने छन् ।
खापुङले कार्यभार सम्हाल्ने क्रममा आज बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति हेडक्वार्टरमा अनिवार्य गरिएको छ ।
२०५२ कात्तिक २६ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरू गरेका उनी तेह्रथुमका बासिन्दा हुन् ।
