Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
तीन वर्षदेखि महेन्द्र राजमार्गमा ‘मृत्युको पासो’ ! जोखिमपूर्ण सडकमा सम्बन्धित निकायको नजर कहिले ?
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको निजगढ–धन्सार खोला पुल नजिक सडकको अवस्था लामो समयदेखि जोखिमपूर्ण बन्दै गएको छ। सडकमा देखिएको क्षति करिब तीन वर्षदेखि क्रमशः बढ्दै गए पनि त्यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको यात्रुहरूको गुनासो छ। दिनहुँ हजारौँ सवारीसाधन गुड्ने देशकै प्रमुख राजमार्गमा सडकको एक भागमा भ्वाङ तथा क्षति देखिँदा समेत लामो समयसम्म मर्मत नहुनुले सडक सुरक्षा र सरकारी निकायको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ। यात्रु प्रितम कुमार मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सडकको तस्वीर सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले सडकको क्षति नयाँ नभएको र करिब तीन वर्षदेखि क्रमशः बिग्रिँदै गएको उल्लेख गर्दै तत्काल मर्मत…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ। प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए। यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए।
दार्चुला । नौगाड गाउँपालिका–१ को वडा कार्यालयमा मदिरा सेवन गरी कर्मचारीहरूसँग विवाद गर्दै अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ ईयरकोटका रोशन ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार ठगुन्नालाई आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । प्रहरीका अनुसार वडा कार्यालयमा ठगुन्नाले अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालिएको हो । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले सार्वजनिक चासोसमेत पाएको थियो । के भएको थियो ?प्रहरीका अनुसार घटना गत शुक्रबारको हो । वडा कार्यालय नजिकै घर भएका…
काठमाडौं । नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् । सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो । बिएन्डबी अस्पतालस्थित आईभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा उनीमाथि अनुसन्धान भइरहेको छ । फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निवेदन दिएर प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेकी छन् । बयानपछि…
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सरकार र पार्टीबीच बढ्दो संशय तथा तिक्तताबीच भएको भेटवार्ता करिब ४५ मिनेट चलेको बताइएको छ । लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उच्च स्रोतका अनुसार भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका, सरकारका कामकारबाही तथा पार्टी र सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो । त्यस्तै, लामिछानेको आसन्न भारत भ्रमण र प्रधानमन्त्री शाहले समेत भारत भ्रमण गर्ने तयारीबारे छलफल भएको बताइएको छ । दुवै भ्रमणको तयारी तथा त्यससँग जोडिएका विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी…
सिंहदरबारबारे विवादित अभिव्यक्तिपछि सांसद ढकालको स्पष्टीकरण : ‘म मेरो तर्कमा अडिग छु’
काठमाडौं । आफ्नो अभिव्यक्तिको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । आइतबार फेसबुकमार्फत स्पष्टीकरण दिँदै ढकालले आफूले सिंहदरबारको नाम र त्यसको ‘स्वभाव–भावभंगी’बारे प्रश्न उठाएको बताएका छन् । उनले आफ्नो भनाइलाई वर्तमान परिवर्तनसँग मात्र जोडेर नहेर्न आग्रह गरेका छन् । ‘त्यो दरबारको स्वभाव–भावभंगी नामजस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो,’ उनले लेखेका छन्, ‘यसपटकको परिवर्तन होइन, पहिले–पहिलेका परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए । त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ ।’ ढकालले आफ्नो पूरा भिडियो हेरेर धारणा बनाउन आग्रह गर्दै आफू आफ्नो तर्कमा…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गरेको छ । गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ । गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा उत्साह थपिएको छ । पछिल्लो समय दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको ‘सिक्का नोटैमा’मा आईजीपी कार्कीको शब्द रहेको छ । कार्कीले यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतका लागि शब्द लेखिसकेका छन् । १० मिलियनभन्दा बढी भ्युज पुग्नुलाई टिमले गीतप्रति दर्शक–श्रोताको बढ्दो आकर्षण र लोकप्रियताको संकेतका रूपमा लिएको छ । यही अवसरमा…
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनामै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले लागूऔषध नियन्त्रण, तस्करी रोकथाम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र प्रहरी संगठनभित्रको सुशासनमा कडाइ गरेका छन् । पदभार सम्हालेलगत्तै उनले अघिल्लो नेतृत्वले गरेको ४ सय ४४ प्रहरी कर्मचारीको काज सरुवा बदर गर्दै पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिएका थिए । यसअघि तत्कालीन डीआईजी ओमबहादुर रानाले गरेको उक्त काज सरुवामा आर्थिक चलखेल भएको आरोप लागेको थियो । भट्टराईको नेतृत्वमा पछिल्लो एक महिनामा लागूऔषधसम्बन्धी १ सय १४ मुद्दा दर्ता भएका छन् भने १ सय ८९ पुरुष र ७ महिला गरी १ सय ९६ जना पक्राउ परेका छन् ।…
काठमाडौं । मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामाथि दरबन्दी व्यवस्थापनदेखि आर्थिक चलखेलसम्मका गम्भीर आरोप सार्वजनिक भएका छन् । कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा रहेको पथलैया ट्राफिक कार्यालयमा केही प्रहरी कर्मचारीलाई लामो समयदेखि दरबन्दीभन्दा बाहिर राखिएको तथा सरुवा व्यवस्थापनमा समेत आर्थिक प्रभाव र व्यक्तिगत पहुँच हाबी भएको आरोप लगाइएको छ । प्राप्त विवरणअनुसार सञ्चार शाखामा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक (सई) अमित चौरासिया र सञ्चार शाखामै दरबन्दी रहेका प्रहरी सहायक हवल्दार सतीश ठाकुरलाई समेत फिल्डमा परिचालन गरिएको आरोप छ । यद्यपी यस विषयमा बुझ्न एसपीको नम्बरमा फोन…
काठमाडौं । काठमाडौंको टीकाथलीस्थित डेरातर्फ मोटरसाइकलमा जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको भन्दै आएको समूहले बाटोमै रोकेर स्कर्पियोमा राखी लगेपछि उनी बेपत्ता भएका छन् । पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरका पुष्पेश भाट शनिबार दिउँसो कोटेश्वरको नरेफाँटबाट टीकाथली जान याङ्गोमार्फत मोटरसाइकल बुक गरेर गएका थिए । तर, टीकाथली पुग्नुअघि नै चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएका व्यक्तिहरूले उनलाई रोकेका थिए । मोटरसाइकल चालक जिलाप तामाङका अनुसार समूहले आफूहरू प्रहरी भएको भन्दै परिचय दिएको थियो । उनीहरूले भाटलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगेका थिए । भाटलाई लैजाँदा समूहमा रहेकी एक महिलाले मोटरसाइकलको यात्राबापतको रकमसमेत तिरेको चालक तामाङले बताएका छन् । घटनापछि…