Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
वीरगन्ज । प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवमाथि सवारीसाधन, कलकारखाना तथा तस्करीका सामान ओसारपसार गर्नेहरूसँग रकम असुली गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार परवानीपुर चोक क्षेत्रमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइएको हो। पर्सा र बाराका विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने गरेको र बाटोमा त्यस्ता सामान नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको छ। परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मानबहादुर अधिकारीले कलकारखाना, सवारीसाधन तथा तस्करीसँग सम्बन्धित गतिविधिबाट रकम उठाउन यादवलाई परिचालन गरेको बताइन्छ। स्रोतका अनुसार पर्साका छपकैया, अलौ, अमरपाटी, प्रसौनी…
आईसीपीबाट निस्किने भारतीय गाडीबाट ट्राफिकको असुली : प्रतिगाडी २ सय भारुदेखि ‘नो इन्ट्री’को नाममा रकम !
काठमाडौं । वीरगन्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट नेपाल भित्रिने भारतीय मालवाहक गाडीबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको आरोप लागेको छ। स्रोतका अनुसार आईसीपीबाट दैनिक करिब ३०० वटा भारतीय गाडी नेपालका विभिन्न गन्तव्यतर्फ जाने गरेका छन्। तीमध्ये अधिकांश ओभरलोड गाडीलाई समेत सहज रूपमा गन्तव्यतर्फ पठाएबापत प्रतिगाडी २ सय भारतीय रुपैयाँसम्म लिने गरिएको दाबी गरिएको छ। आईसीपीबाट निस्किने अधिकांश भारतीय गाडीमा रासायनिक पदार्थ, मेसिनरी तथा विभिन्न पार्टपुर्जा आउने गर्छन्। क्षमताभन्दा बढी सामान बोकेर आउने त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले बाटोमा सहजता प्रदान गर्ने गरेको हो। आईसीपीबाट निस्किएका गाडी पथलैया, कलैया हुँदै हेटौंडा तथा पूर्वतर्फ विराटनगरलगायतका क्षेत्रमा जाने गरेका छन्। स्रोतकाअनुसार यस्तो असुलीका…
रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा ४७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई युवकविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ। आरोपीलाई पक्राउ गरेपछि घटना मिलाउने प्रयास भएको सूचना पाएपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीको निर्देशनमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव छन्। जिल्ला अदालत रौतहटले दुवै जनालाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार करिब एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री…
काठमाडौंमा ‘कफी डेट’ले खोल्यो कैलालीको हत्या रहस्य, प्रेमी–प्रेमिकाले दिए डेढ लाखको सुपारी
धनगढी । कैलालीमा श्रीमतीसँगको प्रेमसम्बन्धमा तगारो बनेपछि एक पुरुषको हत्या गरिएको घटना प्रहरीले गहिरो अनुसन्धानपछि सार्वजनिक गरेको छ। लम्कीचुहा नगरपालिका–१० का ३४ वर्षीय दीपक सुनार २२ साउन साँझदेखि सम्पर्कविहीन भएका थिए। उनकी श्रीमती यमुना सुनारले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। त्यसको भोलिपल्ट जानकी गाउँपालिकास्थित अमरावती जंगलमा रगत लतपतिएको मासुको टुक्रा, दाउ, चप्पललगायत सामग्री भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भमा स्थानीयले उक्त मासु जंगली जनावरको हुनसक्ने आशंका गरे पनि परीक्षण गर्दा मानिसको रगत भएको पुष्टि भयो। अनुसन्धानकै क्रममा काठमाडौंमा बिदामा रहेका एक प्रहरी अधिकृतलाई उनका चिनजानका व्यक्तिले अमरावती जंगलमा जंगली जनावरको सिकार भएको भन्दै प्रहरीको ध्यान अन्यत्र मोड्ने प्रयास…
काठमाडौं । चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ। गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्याउन थालिएको सिजिटिएनले लेखेको छ। चाइना मिडिया ग्रुप (सिएमजी) का अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रमा थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ। यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगति…
सहमति कागजमै सीमित, पीडितको पीडा उस्तै : डीएसपी खनालसँग भएको प्रतिबद्धता कार्यान्वयन भएन
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका बाजुराका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस भएको विषय सार्वजनिक भएसँगै पीडित परिवारसँग गरिएको सहमति कार्यान्वयन नभएको विषय पनि बाहिरिएको छ। सिंहको मृत्यु भएपछि पीडित परिवार र तत्कालीन डीएसपी खनालसहित प्रहरी अधिकारीबीच भएको सहमतिअनुसार मृतककी श्रीमती सुनिता देवी सिंहलाई रोजगारी उपलब्ध गराउने तथा मृतकका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा–दीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो। तर, उक्त सहमति भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको पीडित परिवारको गुनासो छ। प्राप्त सहमति पत्रमा मृतककी श्रीमती सुनिता देवी सिंह र प्रहरीतर्फ तत्कालीन डीएसपी…
६० किलो गाँजा बोकेको भ्यानबाट अस्पतालको स्टिकर गायब, प्रहरी इन्स्पेक्टरलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । विराटनगरमा ६० किलो गाँजा बरामद भएको भ्यानबाट ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर हटाइएको घटनाले प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको छ। सशस्त्र प्रहरीले स्टिकरसहित नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको भ्यान प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक तस्बिरमा स्टिकर गायब देखिएपछि प्रमाण मेट्न खोजिएको आशंका गरिएको हो। भदौ १६ गते मंगलबार राति करिब ११ बजे विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गरिरहेको थियो। सो क्रममा को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। सशस्त्र प्रहरीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा फेला पारेको…
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न पदाधिकारी नियुक्तिका लागि १२ जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरिएको हो। शिक्षाध्यक्ष पदका लागि राम नारायण मण्डल, विकास गौचन र कृष्ण कुमार झाको नाम सिफारिस भएको छ। त्यस्तै रजिस्ट्रार पदका लागि एकानन्द सिंह, राम नारायण मण्डल र श्याम लम्सालको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ। डीन पदका लागि अम्बिका पौडेल ढकाल, कृष्ण कुमार झा र विकास गौचन तथा निर्देशक पदका लागि सुरेश वि.क. रसाइली, प्रविन कुमार गिरी र विपिन खनालको नाम सिफारिस भएको छ। प्रतिष्ठानका विभिन्न पद…
आईजीदेखि कार्यालय सहयोगीसम्मको तलबबाट ४० करोड सहयोग, कसले कति दिँदैछन् बाढीपीडितलाई ?
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मले आफ्नो तलबबाट रकम योगदान गरेर बाढीपीडितका लागि ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल प्रहरीले पीडित परिवारको राहत तथा उद्धारका लागि यस्तो सहयोग गर्न लागेको हो। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीको तहअनुसार निश्चित दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कार्यालय सहयोगीले दुई दिन, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मले पाँच दिन, प्रहरी सहायक निरीक्षकदेखि प्रहरी नायब निरीक्षकसम्मले छ दिन तथा प्रहरी वरिष्ठ नायब निरीक्षकले आठ दिनको…
काठमाडौं । रसुवा भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रति परिवार १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले बाढीमा परी सम्पर्कविहीन प्रहरी कर्मचारीहरूको खोजीलाई थप प्रभावकारी बनाउन परिवारसँगको समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा, परिवारका इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने निर्णय गरिएको छ।…
