Author: Scoop Khabar

काठमाडौं । सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले प्रविधिमैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक सद्भाव खल्बलिन सक्ने तथा शान्ति सुरक्षामै चुनौती उत्पन्न हुन सक्ने भएकाले प्रहरी यसप्रति सचेत रहेको बताएका छन्। उनका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीको जनशक्ति र प्रविधि दुवैलाई थप सक्षम बनाइँदैछ। सामाजिक सञ्जालको निगरानी र अनुसन्धानका लागि साइबर ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउने तथा प्रविधिमा दक्ष जनशक्ति परिचालन गर्ने तयारी छ। प्रहरीले ‘एडभान्स्ड एनालिटिक्स सेल’ मार्फत सामाजिक सञ्जालमा भइरहेका गतिविधिको निगरानीलाई समेत प्रभावकारी…

थप

काठमाडौं । लैनचौरस्थित गाउँबेसी थकालीमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका सई सरोज गिरीसहित १५ जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरीले आइतबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब १२ लाख रुपैयाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका सई गिरी हाल गौशाला प्रहरी वृत्तमा कार्यरत रहेको बताइएको छ। प्रहरीले उनको जुवा अखडा सञ्चालकहरूसँगको सम्बन्ध र घटनास्थलमा उपस्थितिको कारणबारे अनुसन्धान गरिरहेको छ। थकालीका सञ्चालक सुजन लामासहित १५ जना पक्राउ परे पनि जुवा अखडा सञ्चालक ‘कमल बुकी’ नामले चिनिने कमल ज्ञवाली भने फरार छन्। ज्ञवाली पूर्वप्रहरी कर्मचारी रहेको खुलेको छ। सई गिरीले जुवा सञ्चालकहरूसँग…

थप

चितवन । चितवनमा कपाल काटिरहेका एक युवकमाथि खुकुरी प्रहार भएको छ। भरतपुर महानगरपालिका–२३ कसराचोकमा सोमबार कपाल काटिरहेका २८ वर्षीय शरण गिरीमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खुकुरी प्रहारबाट गिरीको बायाँ हत्केलामा चोट लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै खुकुरी प्रहार गर्ने व्यक्ति घटनास्थलबाट फरार भएका थिए। प्रहरीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

थप

रौतहट । नेपालमा रासायनिक मलको अभाव चर्किरहेका बेला सीमावर्ती नेपाली किसान भारतबाट मल ल्याउन बाध्य छन्। तर, भारतबाट मल ल्याउने क्रममा किसान पक्राउ पर्ने क्रम भने रोकिएको छैन। सर्लाहीका दुई किसान तीन बोरा रासायनिक मल ल्याएको आरोपमा भारतमा पक्राउ परी ३८ दिन जेल बसेर रिहा भएको घटना सेलाउन नपाउँदै फेरि एक नेपालीसहित दुईजना भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। भारतको बिहारस्थित मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रमा नेपालतर्फ युरिया मल ल्याउँदै गरेको आरोपमा एक नेपालीसहित दुईजनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेको हो। भारतीय पक्षका अनुसार नेपालतर्फ युरिया मल लैजान लागेको सूचना पाएपछि आदापुरका कृषि पदाधिकारी र स्थानीय प्रहरीको संयुक्त टोलीले औरैया गाउँस्थित…

थप

ताप्लेजुङ । अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा छनोट भएपछि ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी अढाई महिनामै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट बिदा भएका छन्। जोशी अबको केही दिनभित्रै एक वर्षे अन्तर्राष्ट्रिय सुरक्षा मिसनका लागि सुडानको डार्फर जाने तयारीमा छन्। अन्तर्राष्ट्रिय मिसनमा मनोनयन भएपछि उनी ताप्लेजुङबाट बिदा भएका हुन्। जोशीको बिदाइसँगै रिक्त भएको जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी अब डिएसपी कमल बजगाईंले सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको प्रहरी प्रमुखका रूपमा बजगाईंलाई पठाउने तयारी गरेको छ। जोशी छोटो अवधिमै जिल्लामा प्रभावकारी प्रहरी नेतृत्व प्रदान गर्ने अधिकृतका रूपमा परिचित थिए। समन्वय तथा सहकार्यमा काविल, अपराध अनुसन्धानमा निपूर्ण, जिम्मेवारीप्रति कर्तव्यनिष्ठ, सेवाग्राहीमैत्री र…

थप

काठमाडौँ । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार चेकजाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो। पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता छन्। प्रहरीका अनुसार सुरजको साथबाट १ लाख रुपैयाँ, उपेन्द्रको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमारको साथबाट १८…

थप

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)का २६ पद रिक्त छन्। तर, रिक्त पदभन्दा कैयौँ गुणा बढी प्रहरी निरीक्षक बढुवाको दौडमा रहेपछि लामो समयदेखि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। अघिल्लो आर्थिक वर्षको अन्त्यतिर प्रहरी प्रधान कार्यालयले डीएसपी बढुवाको प्रारम्भिक गृहकार्य अघि बढाउन खोजे पनि आकांक्षी अधिकृतहरूको चलखेल, दबाब र गृह मन्त्रालय तथा प्रहरी नेतृत्वबीचको समन्वय अभावका कारण प्रक्रिया रोकिएको स्रोतको दाबी छ। डीएसपी बढुवाका लागि २०६४ पुस १२ गते प्रहरी निरीक्षकमा नियुक्त भएका चन्द्रबहादुर थापा प्रमुख दाबेदार मानिन्छन्। त्यस्तै, २०५४ चैत १६ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरी आन्तरिक बढुवाबाट निरीक्षक बनेका धर्मराज मुडभरी, गौतम बोहोरा र…

थप

काठमाडौं । प्रहरीले मकवानपुरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागजिन बरामद गरेको हो। प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौँबाट खटिएको टोलीले बेतनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई आइतबार दिउँसो नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा सिङतानले आफ्नो घरमा पेस्तोल लुकाएर राखेको बताएपछि नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा तलासी गरेको थियो। तलासीका क्रममा घरमा रहेको जेब्रा झोलाभित्र लुकाएर राखिएको अवस्थामा पेस्तोल र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ।

थप

पोखरा । बेलायतमा अथाह सम्पत्ति रहेको र नेपाल आएर सँगै जीवन बिताउने प्रलोभनमा परेकी कास्कीकी एक महिलाले अनलाइन ठगीबाट ३१ लाख रुपैयाँ गुमाएकी छन्। ठगी भएको भन्दै प्रहरीले थप रकम नपठाउन सचेत गराए पनि भावनात्मक दबाबमा परेकी उनले पुनः २२ लाख रुपैयाँ पठाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ठगीको सुरुवात फेसबुकबाट भएको थियो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा प्रशस्त सम्पत्ति रहेको भन्दै ती महिलासँग सामाजिक सञ्जालमार्फत मित्रता गाँसेका थिए। ती व्यक्तिले बेलायतमा रहेको सम्पत्ति बेचेर नेपाल आउने, यहाँ घरजग्गा किन्ने र महिलासँगै जीवन बिताउने भन्दै विश्वास दिलाएका थिए।…

थप

रविन सिंह बस्नेत काठमाडौं । नेपाल अहिले केवल राजनीतिक नेतृत्व परिवर्तनको बहसमा छैन, राज्य सञ्चालनको शैली नै परिवर्तन गर्नुपर्ने मोडमा उभिएको छ। एकातिर लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता सीमा प्रश्न राष्ट्रिय संवेदनशीलताका विषय बनेका छन् भने अर्कोतर्फ दुई ठूला छिमेकी भारत र चीन आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारतर्फ अघि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालको परराष्ट्र नीति सीमा विवादमा मात्रै केन्द्रित हुने कि राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिको नयाँ बाटो खोल्ने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। सीमा नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो। त्यसमा कुनै सम्झौता हुन सक्दैन। तर सीमा प्रश्नलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयाससँगै व्यापार, पारवहन,…

थप