Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडाैं । नेपाल प्रहरीले विशेष अपरेसनमार्फत ६ जना व्यक्तिलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ। मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्रामसहित मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय रूपेश पौडेल समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको म.प्र.०३-००१ ज ०६७० नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ सनोटकोलेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले…
काठमाडौँ । काठमाडौँ लगायत अन्य जिल्लाहरूमा भारी वर्षा भइरहेकाे छ भने यता सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ । यस्तै सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । सोहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न पत्राचार गरेको सूचनामा उल्लेख छ ।
गणेश विक, काठमाडौं । नेपाल प्रहरीमा उच्च तहको संगठनात्मक संरचना फेरबदल भएसँगै चारवटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का पद रिक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको निर्णयअनुसार हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना डीआईजीहरूको बढुवा भएपछि यो स्थिति सिर्जना भएको हो। असोज १२ गते बढुवा भएर एआईजी बनेका अधिकारीहरूमा सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विक रहेका छन्। उनीहरूको बढुवा पश्चात रिक्त बनेका डीआईजी पदहरूमा नियुक्तिको प्रक्रिया प्रारम्भ हुने क्रममा रहेको छ। यसका लागि हाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूबीच बढुवा प्रतिस्पर्धा तीव्र देखिएको छ। विश्व अधिकारी वरिष्ठतामा पहिलो स्थानमा छन् भने भूपेन्द्र खत्री दोस्रो…
भोजपुर । कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाए । जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको…
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ । आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुननदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ । बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् । कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन् । काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ ।
काठमाडौं । भारी वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरिक्षण गरेको छ । https://scoopkhabar.com/?p=19876 जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारीबर्षा हुने प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखहरुले चोभार गल्छीको निरिक्षण गरेको हो । नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । ३ दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६…
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
गोल्डेन खान हत्या प्रकरण : एसपी पाठकको अनुसन्धानले २४ घण्टाभित्र खूनखार समूहको ५ जना पक्राउ
वीरगन्जमा दशै मेलाको दिन वडा नम्बर १० स्तिथ रहेको गीता मन्दिर नजिक राती भएको गोल्डेन खानको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११:३० बजे अपरिचित व्यक्तिहरूबीच कुटपिट हुँदा बारा परवानीपुर–९ घर भई हाल वीरगञ्ज–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति ११:४० बजे नारायणी अस्पताल ल्याइएको भए पनि उपचारकै क्रममा ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा प्रहरी निरीक्षक निरोज चौलागाईसहित ३२ जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका…