काठमाडौं । नेपाल सेनाका ६ उपरथीको सरुवा भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ६ उपरथीको सरुवा गरेको हो ।
६ उपरथी सरुवा हुँदा ३ पृतनापति समेत हेरफेर भएका छन् ।
पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौंडाका पृतनापतिहको हेरफेर भएको हो ।
पश्चिम पृतनाका उपरथी मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ । पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई सरुवा गरिएको छ । मध्य पृतना हेटौंडाका पृतनापति हरेन्द्र पाठकको प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएको छ ।
मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ ।
खड्का जंगी अड्डामा अतिरिक्त समूहमा थिए ।
मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको जंगी अड्डामा भएको छ ।
उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा पठाइएको छ ।
सेनाका ८ वटा पृतनामध्ये अन्य ५ पृतनामा भने पृतनापति यथावत छन् ।
पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी, उपत्यका पृतनामा रवीन्द्र खत्री, मध्यपूर्व पृतनामा कृष्णबहादुर जिसी, उत्तरपश्चिम पृतनामा दिपेशजंग शाह र सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी छन् ।
