काठमाडौँ । प्रहरीले एक महिनामा काठमाडौँबाट जेनजी आन्दाेलनमा लुटिएका ८ थान हतियार बरामद गरेको छ ।
चार थान टाईप–५४ पेस्तोल, ३ थान रिभल्बर र एकथान इटालियन पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
काठमाडौँ प्रहरीले मंसिर महिनामा २ थान म्याग्जीन र १४ राउण्ड गोली बरामद गरेको छ ।
हातहतियार तथा गोलिगठ्ठा लुटपाट तथा बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा प्रहरीको १२८१ थान हतियार लुटपाट र आगजनी भएको थियो ।
तीमध्ये धेरै सङ्ख्यामा हतियार रिकभर गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताउने गरेका छन् ।
Facebook Comments Box
