वीरगन्ज ।पर्सा प्रहरीले ठुलो मात्रामा सुपारी सहित २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ ।
तस्करीको आशँकामा पर्सा प्रहरीले ४ करोड ७७ लाख ४० हजार मुल्य बराबरको सुपारीको २ वटा कन्टेनर नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीको टोलीले विशेष सुचनाको आधारमा उक्त २ वटा कन्टेनरसहित १८ सय वोरा सुपारी नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले वीरगन्ज भन्सार कार्यालयवाट बुधबार जाँचपास भई ना७ख ७४२० र ना ४ ख ६८३२ नम्बरको कन्टेनर महोत्तरीका लागी छुटेको २ वटा कन्टेनर वीरगन्ज महानगरपालिका वडा नम्वर १६ स्थित रहेको एक गोदाममा भण्डारण गरी राख्ने क्रममा उक्त सुपारी सहित कन्टेनर नियन्त्रणमा लिएको थियो ।
उक्त कन्टेनरमा र गोदाममा रहेको १८ सय बोरा सुपारीको २ वटा कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जनाएका छन।
प्रहरीले नियन्त्रणमा लिएको सुपारीको कन्टेनर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाठकले बताए।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको सुपारी भारतबाट वीरगन्ज भन्सार कार्यालयबाट कन्टेनरमा सिलमारी जाँचपास भई छुटेको र सो कन्टेनर महोत्तरीको लागी जाँचपास भएपनि वीरगन्जको एक गोदाममा अनलोड गरेर तसकरी गर्ने उदेश्यले भनडारण गरि रहेको विषेश सुचनाको आधारमा नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक पाठकले जनाएका छन्।सो कन्टेनरमा १८ सय वोरा सुपारी रहेको पर्सा प्रहरीले जनाएको छ ।
सो कन्टेनरमा रहेको १८ सय वोरा सुपारी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्सा प्रहरीले जनाएको छ।
