Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गृहमन्त्रीमाथि व्यङ्ग्य गर्दै धेरै नचम्किन चेतावनी दिएका छन्। ‘गृहमन्त्री बाबुले धेरै नचम्किनु, राजनीति खेल होइन’ भन्दै उनले मन्त्री ओमप्रकाश अर्याललाई व्यंग्य गरेका हुन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार र यसको गठन प्रक्रियामाथि तीव्र आलोचना गरे। उनले भने, ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ। उहाँहरू धेरै नउत्ताउलिन, नचम्किन म सल्लाह दिन चाहन्छु। राजनीति र देश चलाउने कुरा ख्याल–ठट्टा होइन, बुझेर चल्नुपर्छ।’ ओलीले जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार्य हुने घोषणा गर्दै सरकारले ‘पूर्वाग्रही र नक्कली नाटक’ मञ्चन गरेको आरोप पनि लगाए।…
काठमाडौं । हमासले मुक्त गराउने सार्वजनिक गरेको २० जना युद्धबन्दीको नामावली नेपालका विपिन जोशीको नाम छैन । इजरायलसँग युद्धविराम गर्न सहमत भएसँगै हमास मुक्त गर्न २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेको हो । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम छैन । सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिक रहेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा…
नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियतामा नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज-बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो। मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो। प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गडडी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका…
काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा ठूलो कटौती गरेको छ। गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ठहर गर्दै सुरक्षामा खटिएका ६१ जना फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाबाट २७ जना र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाबाट ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने आदेश दिएका हुन्। गृह मन्त्रालयले हालै सबै पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री र संवैधानिक निकायका प्रमुखहरूको सुरक्षामा समान मापदण्ड लागू गर्ने तयारी गरेको छ। सोही तयारीको पहिलो चरणमा ओली र दाहालको सुरक्षा घटाइएको बताइएको छ।…
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी कार्यालय र सवारीसाधनमा व्यापक आगजनी हुँदा नेपाल प्रहरीमा ठूलो भौतिक क्षति पुगेको छ। प्रहरीका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको आन्तरिक प्रतिवेदन अनुसार ७४ वटा प्रहरी भवन पूर्ण रूपमा नष्ट भएका छन् भने २२२ वटा भवनमा आंशिक क्षति पुगेको उल्लेख छ। रेग्मीका अनुसार, प्रहरीको दैनिक कार्य सञ्चालनका लागि प्रयोग हुँदै आएका ५५१ वटा सवारीसाधनमा प्रदर्शनकारीले आगजनी गरेका थिए। तीमध्ये ४९४ वटा सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५७ वटामा आंशिक क्षति पुगेको छ। प्रतिवेदन उपत्यकामा मात्रै १८४ जटा चारपांग्रे सवारीसाधनमाथि क्षति पुगेको उल्लेख छ ।…
काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९ वर्षीय…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरका डीएसपी राजुबाबु महर्जनलाई तानेको छ। उनी कार्यरत वृत्तबाट फिर्ता बोलाइएपछि डीएसपी शिवकुमार बुढाथोकीलाई नयाँ प्रमुखका रूपमा कीर्तिपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रधान कार्यालयको निर्णयअनुसार महर्जनलाई केन्द्र उजुरी छानबिन शाखामा तानिएको हो । यससँगै अब कीर्तिपुर वृत्तको नेतृत्व डीएसपी बुढाथोकीले सम्हाले छन्। नेपाल प्रहरीमा पछिल्ला दिनमा विभिन्न वृत्त र युनिटमा अधिकृतहरूको काज सरुवा र फेर्नी प्रक्रिया तीव्र गतिमा जारी रहेको छ।
काठमाडौं । ललितपुरस्थित सातदोबाटो वृत्तमा कार्यरत डीएसपी रामकुमार यादवलाई एक्कासी हटाएर डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ। चन्द यसअघि काठमाडौं प्रहरी परिसरमा कार्यरत थिइन्। अघिल्लो सरकारको समयमा डीएसपी चन्द दरबारमार्ग वृत्तमा जानका लागि शक्तिकेन्द्र धाइरहेकी थिइन्। तर, सरकार परिवर्तनसँगै उनको त्यो योजना असफल भएको थियो। त्यसपछि उनले नेतृत्वसँग नजिकिँदै जसरी पनि अर्को वृत्तको इन्चार्ज बन्ने प्रयास थालेकी थिइन्। तर, नेतृत्वलाई रिझाउदै उनी सातदोबाटो जान सफल भएकी हुन्। सातदोबाटो वृत्तका डीएसपी यादवको जेनजी आन्दोलनका बेला कमाण्ड कमजोर भएको आरोप लगाउँदै उनले केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई उचालेकी थिइन्। फलस्वरूप, नेतृत्वले यादवलाई बिना स्पष्ट कारण सरुवा गर्दै चन्दलाई सातदोबाटो वृत्त सरुवा गरेको हो। प्रहरी…
हजुरबुबादेखि नातिनीसम्म- एउटै परिवारका चार पाइलट र एक अन्तर्राष्ट्रिय अधिकारीको अद्वितिय कथा
काठमाडौं । एउटा परिवार, जसको रगतमै उडान मिसिएको छ । जसको बुबादेखि नातिनीसम्पूर्ण पुस्ताले आकाशलाई आफ्नो घर बनाएका छन् । यही हो- रिजाल परिवारको गौरवशाली कथा जहाँ बुबा, तीन छोराहरू र अब नातिनी सबै उडानसँगै बाँधिएका छन् । ८२ वर्षका गंगाप्रसाद रिजाल, शाही नेपाल वायुसेवा निगम (RNAC) का Senior Captain (रिटायर्ड), त्यो पुस्ताका पाइलट हुन्, जसले ट्वीनअटर र एभ्रो विमान उडाएर देशका दुर्गम पहाड र खोँच जोड्ने सपना साकार पारे । अहिले पनि, जब विमान आकाशमा गुड्छ, उनी सधैं मुस्कुराउँछन्- त्यो मुस्कान देश र यात्रुसँगको अपनत्वको हो । बुबाको बाटो पछ्याउँदै जेठा छोरा सुवास रिजाल (५८ वर्ष) अहिले पनि नेपाल…
काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । आज बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले जानकारी दियो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । बस्नेतकाे बयान लिने काम भइरहेको स्रोतले जनायो ।