वीरगन्ज।सशस्त्र प्रहरी बल पर्सा नेपालले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
पर्साको बिन्दवासिनी गाऊपालिका स्थित रहेकि धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले १२० किलो लागूऔषध गाँजा पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर.१३ गण हेढ.क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
बरामद गरेको उक्त गाँजा ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको सशस्त्र प्रहरी प्रबक्ता योञ्जनले बताउनुभयो ।
Facebook Comments Box
