Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी नेतृत्व सम्हालेको दुई दिनमै एआईजी र ९ दिनभित्रै डीआईजी बढुवा निकालेर ‘बरियता पालना’को सन्देश दिएका आईजीपी दानबहादुर कार्की यतिबेला आफ्नै संगठनभित्र फरक प्रश्नको केन्द्रमा छन्- प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा चाहिँ किन रोकियो? यसअघि कात्तिक १७ मा तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको पालामा ५ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा पहिलो वरियताका अधिकारी छुटाइएपछि नेतृत्वमाथि ‘सेटिङ’को आरोप लागेको थियो । त्यसको ९ दिनपछि (कात्तिक २६) कार्कीले आईजीपीको कमाण्ड सम्हाले । कमाण्ड सम्हालेकै दुई दिनमै रिक्त एआईजीमा ईश्वर कार्की र मंसिर १ मा डीआईजीमा विश्व अधिकारीलाई बढुवा गरे । तर, मंसिर २ गतेदेखि ७ वटा एसएसपी दरबन्दी रिक्त भए पनि…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन अवधि पूरा गरेका अधिकृतहरूको सरुवाको तयारी सुरु गरेको छ । ९ देखि १२ महिनासम्म एउटै जिम्मेवारीमा रहेर काम गरिसकेका डीएसपी, एसपी, एसएसपी तथा ८ महिना अवधि पूरा गरेका डीआईजीहरूको कमाण्ड हेरफेर गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । हाल इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारी, जिप्रका डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डप नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की कार्यरत छन् । यस्तै, गौशाला वृत्तमा प्रकाश श्रीमल, दरबारमार्गमा नारायण डाँगी, प्युठानमा नरहरि अधिकारी, मालिगाउँमा धनबहादुर बोहरा, जगातीमा चञ्चला…
काठमाडौं । चार वर्षअघि विभाजनको बाटो रोजेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई धार अन्ततः फेरि एउटै राजनीतिक शक्तिमा रूपान्तरण हुने भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको औपचारिक घोषणा पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने तय भएको छ। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लिङ्देनसँग हात मिलाएको तस्वीर सार्वजनिक गर्दै एकताको जानकारी दिएका छन्। तस्वीरसँगै उनले देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण, भ्रष्ट व्यवस्थाबाट मुक्ति, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाका एजेन्डामा दुवै पार्टी एकजुट भएर अघि बढ्ने साझा संकल्प व्यक्त गरेका छन्। एकता घोषणासभाको तयारी तीव्र बनाइएको छ। कार्यक्रममा नागरिक समाज, कार्यकर्ता, युवा, कलाकार तथा विभिन्न…
काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी इतिहासकै सबैभन्दा कठिन बिहानमा उठेको थियो- आगोको धुवाँ सेलाइसकेको थिएन, ९७ प्रहरी कार्यालय भत्किएका थिए, १५५ सवारी जलेका थिए, मुद्दाका फाइल खरानी बनेका थिए । अझ भनौं प्रहरीको संरचना ढलेको थियो तर भरोसा भने ढलेको थिएन । अकल्पनीय क्षतिको भोलिपल्ट, डण्डा बोकेका हात होइन- सिमेन्ट बोकेका नागरिकका हात बसन्तपुर, थिमी, बौद्धलगायत टोल–टोलका प्रहरी भवनमा पुगे । खरानी पन्छाउँदै, इँटा मिलाउँदै, झ्याल जोड्दै, नागरिक आफैँले प्रहरीलाई उभ्याउन थाले । त्यही दृश्यले प्रहरी संगठनभित्र नयाँ मनोबलको आगो बाल्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा भन्छन्, ‘हामीले त्यही दिन बुझ्यौँ-प्रहरीका भवन जले पनि, प्रहरीप्रतिको…
काठमाडौं । कुमारी बैंकमाथि ट्याक्स हेभन मुलुकबाट शंकास्पद रूपमा ऋण रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन सुरु गरेको छ। दुई वर्षअघि बैंकले लिचेस्टाइनस्थित ईएमएफ माइक्रोफाइनान्स फण्ड सँग १ करोड अमेरिकी डलर (करिब १ अर्ब ४० करोड रुपैयाँ) ऋण सम्झौता गरेको थियो। उक्त कम्पनीको आधिकारिक पृष्ठभूमि नखुलेको र कर छली तथा सम्पत्ति शुद्धीकरणकै प्रयोजनका लागि नेपाली लगानीकर्ताले खोलिदिएको हुनसक्ने राष्ट्र बैंक स्रोतको दाबी छ। उद्देश्य विपन्न वर्गमा कर्जा प्रवाह गर्ने भनिए पनि सोअनुसार कर्जा नदिइएको र तरलता पर्याप्त भएका बेला शंकास्पद कम्पनीसँग ऋण सम्झौता गरिनुमा सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका प्रश्न उठेको छ। राष्ट्र बैंकले पुरानो कारोबार सेटल…
काठमाडौं । प्रहरी सेवामा लामो समय बिताएका एक अनुभवी अधिकृतको जीवनयात्रा बर्दीभित्रै होइन, भक्तपुरको थिमीस्थित निलबाराही जंगलको एक रुखमा आएर अकस्मात् टुंगिएको छ । प्रहरी सेवाबाट भर्खरै राजीनामा दिएका प्रहरी नायव निरीक्षक (सई) दशरथ खड्का मृत अवस्थामा फेला परेपछि परिवार, सहकर्मी र स्थानीय समुदाय शोकमा डुबेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार, आइतबार थिमी नगरपालिका–९ स्थित निलबाराही जंगलमा खड्काको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । जंगल क्षेत्रमा घुम्न निस्किएका स्थानीयले रुखमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो । प्रहरी प्रभाग साँखुमा कार्यरत…
कार्यकाल सकिनासाथ उपसभामुख रानामगरले फिर्ता गरिन् सरकारी गाडी, सिंहदरबारबाट ट्याक्सी चढेर बिदाइ
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले आफ्नो पदावधि समाप्त भएसँगै संसद् सचिवालयलाई सरकारी गाडी फिर्ता गरेकी छन् । आइतबार उनले आफूले प्रयोग गर्दै आएका दुईवटै गाडी सचिवालयका कर्मचारीलाई औपचारिक रूपमा बुझाएकी हुन् । गाडी फिर्ता गरेसँगै उनले गाडीका साँचोसमेत संसद् सचिवालयलाई हस्तान्तरण गरिन् । त्यसपछि भने राज्यबाट प्राप्त सुविधाको औपचारिक अध्याय टुंग्याउँदै उनी ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएकी थिइन् । पदमा रहँदाको सरकारी सवारी छाडेर सर्वसाधारणझैँ ट्याक्सीमा निस्किएको दृश्यले त्यहाँ उपस्थित धेरैको ध्यान खिचेको थियो । संविधानअनुसार, सभामुख र उपसभामुखको कार्यकाल उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म कायम रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले भने समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मात्रै मनोनयन दर्ता…
काठमाडौं । युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले युवा उद्यमीहरूलाई लक्षित गर्दै ७ लाख रुपैयाँ बराबरको अनुदानका लागि नवीन नवप्रवर्तन आइडिया (सोच) पेश गर्न आह्वान गरेको छ। ईयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजना अन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री र दिगो प्याकेजिङसम्बन्धी नवीन आइडिया प्रस्तुत गर्ने एक उत्कृष्ट युवा उद्यमी वा टिमलाई उक्त अनुदान प्रदान गरिनेछ। अनुदानका लागि बागमती, लुम्बिनी र मधेश प्रदेशका युवाहरूले आफ्नो आइडिया सहितको प्रस्ताव माघ १ गतेभित्र पेश गर्नुपर्नेछ। प्राप्त प्रस्तावहरूमध्ये विज्ञहरू सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी एक जनालाई विजेता घोषणा गर्नेछ। क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार…
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको कडा निर्देशनपछि मोरङमा लागूऔषधविरुद्धको अभियान तीव्र बनेको छ। सोही अभियानअन्तर्गत नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको २८० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार १२ मंसिर राति करिब १२ः३० बजे मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सडकखण्डमा एसपी कटुवालकै निर्देशनमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ठूलो परिमाणको गाँजा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले सवारीसाधनमार्फत भारततर्फ लैजान लागिएको अवस्थामा गाँजा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गाँजा कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा…
जनकपुरधाम । प्रतिनिधि सभाको चुनावमा धनुषा क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ई. रितेश यादव उठ्ने सम्भावना बलियो देखिएको छ । जनमत, लोकप्रियता, काम गर्ने शैलीमा नयापनका साथै कार्यकर्ता र आम नागरिकमा रुचाइएका रुपमा परिचित यादवलाई प्रतिनिधि सभाको सदस्य पदमा चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो । चार निर्वाचन क्षेत्र रहेको धनुषा जिल्लाको क्षेत्र नं. २ बाट उनलाई उठाउन केन्द्रीय नेताहरुले समेत तयारी गरेका छन भने उनले टिकट पाउनका लागी लबिङ थालेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट लामो समयसम्म सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय उनी प्रतिनिधि सभा चुनावमा उठ्ने चर्चापरिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि…