जनकपुरधाम । प्रतिनिधि सभाको चुनावमा धनुषा क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ई. रितेश यादव उठ्ने सम्भावना बलियो देखिएको छ ।
जनमत, लोकप्रियता, काम गर्ने शैलीमा नयापनका साथै कार्यकर्ता र आम नागरिकमा रुचाइएका रुपमा परिचित यादवलाई प्रतिनिधि सभाको सदस्य पदमा चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो ।
चार निर्वाचन क्षेत्र रहेको धनुषा जिल्लाको क्षेत्र नं. २ बाट उनलाई उठाउन केन्द्रीय नेताहरुले समेत तयारी गरेका छन भने उनले टिकट पाउनका लागी लबिङ थालेको पाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट लामो समयसम्म सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय उनी प्रतिनिधि सभा चुनावमा उठ्ने चर्चापरिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि खुशी देखिएका छन । उनी एआर टेक्नोलोजीका सीईओसमेत हुन भने दर्जनौ अन्लाईन वेबसाईटमा रही नेतृत्वदायी भुमिका समेत निर्वाह गरीसकेका छन ।
