Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपालका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। समितिको बैठकमा सांसदहरूले पूर्वप्रधानमन्त्रीहरूमाथि परेको उजुरीबारे प्रश्न गरेका थिए। जवाफमा प्रमुख आयुक्त राईले जीवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी आएको बताए। ‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ,’ राईले भने, ‘यस विषयमा धेरै भन्न मिलेन। उजुरीबारे हेर्दै छौं।’ राईले उजुरीको प्रकृति, कसले उजुरी दिएको तथा कुन विषयमा उजुरी परेको भन्नेबारे भने थप विवरण सार्वजनिक गर्न अस्वीकार गरे। आयोगले प्राप्त उजुरीमाथि अध्ययन तथा छानबिन गरिरहेको उनको भनाइ थियो। हाल पूर्वप्रधानमन्त्रीका रूपमा केपी…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत १३ गते पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ सरकारको कार्यभार सम्हाले। पहिलो मन्त्रिपरिषद् बैठकबाटै सरकारले शासकीय सुधारका १०० कार्यसूची अघि सारेको थियो। सरकार गठन भएको केही महिनापछि अहिले सरकारका कामको समीक्षा गर्ने क्रम सुरु भएको छ। आलोचना र कमजोरीका विषयमा बहस भइरहँदा सरकारले अघि सारेका केही सकारात्मक काम पनि छन्, जसलाई तथ्य र परिणामका आधारमा हेर्नुपर्ने देखिन्छ। १. सरकारी सेवा डिजिटल बनाउने प्रयास नागरिकले सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यसहित सरकारले डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सरकारले नागरिकता तथा राहदानी सेवामा अनलाइन प्रणाली विस्तार गर्नुका साथै विभिन्न प्रमाणपत्र डिजिटल माध्यमबाट…
नवलपरासी । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो। बालक हराएपछि स्थानीय बासिन्दा तथा छरछिमेकीले आसपासका क्षेत्रमा खोजतलास गरेका थिए। तर तत्काल फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी र स्थानीयको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी)माथि आफूले उठाउँदै आएको प्रश्न र आरोपबाट पछि नहट्ने बताएका छन्। उनले आफूले प्रहरी प्रधान कार्यालयमा बिचौलियाको प्रभाव रहेको भन्दै यसअघि उठाएको प्रश्नमा आफू ‘अडिग र मजबुत’ रहेको बताएका हुन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आफूले यसअघि प्रहरीको नेतृत्व र खरिद प्रक्रियामाथि उठाएको प्रश्नको जवाफ दिनुको सट्टा व्यक्तिगत रूपमा विवादमा लैजान खोजिएको संकेत गरे। यसअघि सार्वजनिक लेखा समितिकै बैठकमा सुनारले आईजीपीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको आरोप लगाउँदै त्यसको छानबिन आवश्यक रहेको बताएका थिए। सुनारका अभिव्यक्तिपछि प्रहरी संगठन र…
सुपर त्रिशूली हाइड्रोपावरको छलफलमा गृहमन्त्री, कन्सल्ट्यान्टले भने- ‘यस्ता गृहमन्त्री २५-३० जना बेहोरिसक्यौँ’
काठमाडौं । चितवन र गोरखा जिल्लामा निर्माणको चरणमा रहेको १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूसँग गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भयो। आयोजना निर्माण, प्रसारण पूर्वाधार तथा सडक सुधारलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा गोरखा–१ बाट निर्वाचित सांसदसमेत रहेका गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए। करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सुपर त्रिशूली जलविद्युत् आयोजना नेपालमा फरक मोडेलमा अघि बढाइएको आयोजनाका रूपमा प्रस्तुत गरिएको छ। आयोजनासँग सम्बन्धित एआईए, आईई, पीपीएलगायत प्रक्रिया पूरा भइसकेको र यसअघि स्थानीय बासिन्दासँग पटक–पटक सार्वजनिक सुनुवाइ गरिएको छ। तर बैठकमा गृहमन्त्री गुरुङले आयोजनाको अर्को सार्वजनिक सुनुवाइ तत्काल गर्न निर्देशन दिएका थिए।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा पार्टीका सांसदहरूप्रति जनताको आक्रोश बढ्दै गएको दाबी गर्दै छठ पर्वपछि रास्वपाका सांसदले जनताको पिटाइ खाने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले सरकारका गतिविधि र सीमामा गरिएको कडाइप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् । सीमामा गरिएको कडाइका कारण मधेसका नागरिकको दैनिक जीवन प्रभावित भइरहेको उल्लेख गर्दै उनले सरकारले समस्या समाधान गर्न नसके अवस्था थप जटिल बन्न सक्ने बताएका थिए । नेपाल–भारत सीमाबाट सामान ल्याउँदा एक सय रुपैयाँसम्मको खरिदमा भन्सार महसुल छुट हुने व्यवस्था रहे पनि…
ललितपुर । गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। उनले देश र समाजका लागि सकारात्मक काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नागरिकको सेवामा महानगरपालिकाले गर्दै आएका कामको प्रशंसा गरे। उनले ललितपुर महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा गरेको काम अनुकरणीय रहेको बताए। ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले यी क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने बताए। महानगरपालिकाले नयाँ सोच र नवप्रवर्तनका साथ अघि सारेका योजनाबाट गृह मन्त्रालयले…
काठमाडौं । अपहरणमा परेका युवालाई सकुशल उद्धार गर्दै घटनामा संलग्न सात जनालाई पक्राउ गर्न सफल प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर–४ मा कार्यरत इन्स्पेक्टर खत्रीलाई कार्यालयले साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेको हो। खत्री नेतृत्वको टोलीले साउन २८ गते कलंकीबाट अपहरणमा परेका एक युवालाई सकुशल उद्धार गरेको थियो। अपहरणमा संलग्न सात जनालाई समेत टोलीले पक्राउ गर्न सफल भएको थियो। घटनापछि खत्री नेतृत्वको टोलीले अपहरणमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीलाई तीव्र बनाउँदै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संलग्न सात जनालाई पक्राउ गरी अपहरणमा परेका युवाको सकुशल उद्धार…
इन्स्पेक्टरमाथि आक्रमणपछि जाहेरी, मध्यरातमा घरमा ‘अपरेसन’: वृद्धा र १६ वर्षीया नातिनी घाइते
रौतहट । सशस्त्र प्रहरीका इन्स्पेक्टरमाथि आक्रमण भएको घटनामा जाहेरी परेपछि आरोपितलाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मीको टोलीले मध्यरातमा घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको आरोप लागेको छ। घटनामा बौधिमाई नगरपालिका–८ सरमुजवाकी ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब १२ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली शिवपुजन यादव र नवलकिशोर यादवलाई पक्राउ गर्न पुगेको थियो। परिवारका अनुसार सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी दुवैलाई नियन्त्रणमा लिने क्रममा शिवपुजनकी आमा बसकलिया, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि समेत कुटपिट गरेका थिए। चिरपट भाटाले टाउकोमा प्रहार गर्दा…
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोर पक्राउ
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेट दिने प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीयबाट घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा…