Author: Scoop Khabar

रौतहट । बारा निजगढमा होटलमा खाना खाने क्रममा भएको विवादमा दुई ग्राहक कुटपिटमा घाइते भएको घटनामा पक्राउ परेका होटल सञ्चालकलाई प्रहरीले मुद्दा दर्ता भएकै राति जिम्मा लगाएर छाडेको छ। आरोपीलाई पक्राउ गरेपछि केही घण्टामै छाडिएको विषयले प्रहरीको अनुसन्धान प्रक्रिया र निर्णयमाथि प्रश्न उठाएको छ। निजगढस्थित एक लाइन होटलका सञ्चालक विनोद घिसिङले मंगलबार राति खाना खान पुगेका दुई ग्राहकलाई कुटपिट गरेको आरोप लागेको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बनेपछि ग्राहकहरू घाइते भएको पीडित पक्षको भनाइ छ। घटनामा पदमकुमार तिमल्सिनाको मुख, नाक तथा अनुहारमा चोट लागेको र अर्का रामु नामले चिनिने चालकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। घाइतेहरूको उपचार…

थप

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई गृह मन्त्रालय मातहत ल्याएको थियो। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेपछि त्यसलाई कानुनी रूप दिन विधेयक अघि बढाइएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ।

थप

काठमाडौं । सरकारी पदाधिकारीसँग आफ्नो निकट सम्बन्ध रहेको देखाउन कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तस्वीर बनाएको आरोपमा झापाका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्माले झापा प्रहरी प्रमुख बसुन्धरा खड्कासँग आफू निकट रहेको देखाउने उद्देश्यले एआई प्रविधिबाट तयार पारिएको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए। उक्त तस्वीरमा प्रहरी प्रमुख खड्काले विश्वकर्मालाई बधाई तथा शुभकामना दिइरहेको देखिन्छ। विश्वकर्माले गत असार २२ गते आफ्नो फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै आफूले प्राप्त गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबीसमेत गरेका थिए। तर, जिल्ला…

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेशका निर्वाचित सांसदहरूले पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफूहरूमाथि गरेको कारबाही र सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार जारी संयुक्त प्रेस वक्तव्यमा सांसदहरूले ‘अर्को पार्टीसँग बिकेको’ र ‘अर्काको ओछ्यान तताएको’ जस्ता अभिव्यक्ति राजनीतिक बहस नभई व्यक्तिगत अपमान तथा चरित्रमाथिको प्रहार भएको बताएका छन्। उनीहरूले सांसदहरू कुनै पार्टी अध्यक्षको व्यक्तिगत सम्पत्ति नभई हजारौँ मतदाताको मतबाट निर्वाचित जनप्रतिनिधि भएको स्मरण गराउँदै पार्टीभित्रको असहमति वा विवादलाई व्यक्तिगत अपमानमा परिणत नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। सांसदहरूले अध्यक्ष लिङ्देनसमक्ष ‘सांसदहरू बिकेको भए प्रमाण कहाँ छ?’, पार्टी हितविपरीत काम गरेको भए त्यसको तथ्य र प्रमाण सार्वजनिक किन नगरिएको तथा…

थप

काठमाडौं । क्वालालम्पुरमा शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको फाइनल दौरान आइसिसीको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेलसहित संयुक्त अरब इमिरेट्स (यूएई) का खेलाडी अदीब उस्मानी र खुजैमा तनवीर कारबाहीमा परेका छन्। आइसिसीका अनुसार तीनै खेलाडीले लेभल १ को आचारसंहिता उल्लंघन गरेका हुन्। रोहित र अदीबलाई म्याच फीको १५ प्रतिशत तथा खुजैमालाई १० प्रतिशत जरिवाना गरिएको छ। साथै, तीनै खेलाडीको अनुशासनात्मक रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ। रोहित र अदीबबीच ३१औँ ओभरमा भनाभननेपालको इनिङ्सको ३१औँ ओभरमा रोहित पौडेल र अदीब उस्मानीबीच भनाभन भएको थियो। खेलको अवस्था साम्य पार्न खोजिरहेका अम्पायरहरूको निर्देशन पालना नगरेको ठहर गर्दै दुवैलाई आचारसंहिताको धारा २.४…

थप

काठमाडौं । जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा नयाँ बसपार्क प्रहरी प्रभागको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। यो अवधिमा नयाँ बसपार्कको शान्ति–सुरक्षा, अपराध नियन्त्रण र यात्रुमैत्री वातावरण निर्माणमा सुधार आएको स्थानीय व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरू बताउँछन्। यात्रुलाई जबर्जस्ती तान्ने, झोला तान्ने, लुटपाट तथा ठगी गर्ने गतिविधिमाथि निगरानी र कारबाही बढाइएको छ। विशेषगरी दुई नम्बर गेट क्षेत्रमा यात्रुलाई हुने तानातान र हैरानी नियन्त्रणमा आएपछि आवतजावत सहज बनेको स्थानीयको अनुभव छ। लागूऔषधजन्य गतिविधिविरुद्ध निरन्तर निगरानी र कारबाही, अवैध लागूऔषधको बिक्री–वितरण तथा ओसारपसार नियन्त्रण, ठूलो मात्रामा घरेलु मदिरा नष्ट गर्ने अभियानदेखि दोहोरी साँझ, डिस्को, होटल…

थप

काठमाडौं । अनिवार्य अवकाशको चार दिनअघि जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। न्यायपरिषद्को मंगलबारको निर्णयले वरिष्ठता र नियुक्तिको औचित्यमाथि न्यायिक वृत्तमा प्रश्न उठाएको छ। वरीयताक्रममा १३औँ नम्बरमा रहेका बेल्बासेलाई आफूभन्दा अगाडि रहेका १२ जना जिल्ला न्यायाधीशलाई पछि पार्दै जनकपुर उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो। उनी आगामी असोज ४ गते ६३ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। नियुक्ति प्रक्रिया पूरा गरी पदभार ग्रहण गर्दागर्दै अवकाशको मिति आउने अवस्था रहेकाले उनको सिफारिसलाई लिएर न्यायाधीश नियुक्तिको मापदण्ड, वरिष्ठता र औचित्यमाथि चर्चा सुरु भएको छ। न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई पनि…

थप

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सामाजिक सञ्जालको भीड जम्मा गरेर प्रश्न उठाउनु सजिलो छ। एउटा आरोप लगाइदियो, केही पोस्ट लेखियो, केही उत्तेजक अभिव्यक्ति दिइयो अनि वातावरण यस्तो बनाइयो, मानौँ आरोप नै प्रमाण हो। तर खगेन्द्र सुनारजी, लोकतन्त्र यति सस्तो हुँदैन। लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ। प्रहरी महानिरीक्षकलाई समेत कठघरामा उभ्याउन पाइन्छ। तर प्रश्न उठाउने व्यक्तिले पनि आफ्नो प्रश्नको आधार देखाउनुपर्छ। प्रमाणबिनाको आरोपलाई सत्यजस्तो स्थापित गर्ने प्रयास न पत्रकारिता हो, न नागरिक अधिकारको सही प्रयोग, न लोकतान्त्रिक संस्कार। त्यसैले सुनारजीलाई केही सीधा र असहज प्रश्न छन्। आईजीपी दानबहादुर कार्कीमाथि लगाइएका तपाईंका आरोपको प्रमाण कहाँ छ? यदि प्रमाण छ…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध रास्वपा सांसद खगेन्द्र सुनारले दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुख डीपी अर्यालले निर्देशन दिएका छन्। भदौ २६ गतेको बैठकमा सांसद सुनारले ‘बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्दै आईजीपी कार्कीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरेका थिए। तर, संसद्मा बोलिएको हरेक शब्द स्वतः मर्यादित हुँदैन। आरोप लगाउने अधिकार छ भन्दैमा संस्थाको गरिमा, व्यक्तिको प्रतिष्ठा र संसदीय भाषाको सीमा नाघ्ने छुट कसैलाई हुँदैन। सभामुखको निर्देशनपछि अब प्रश्न उठ्छ- सुनारले संसद्मा उठाएको विषय साँच्चिकै छानबिनको माग थियो कि प्रहरी नेतृत्वमाथि सार्वजनिक दबाब सिर्जना गर्ने हतारो? छानबिन आवश्यक भए प्रमाण र प्रक्रियाबाट हुनुपर्छ।…

थप

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोबाट नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार मंगलबार बिहान करिब २ बजे परिसर र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूको साथबाट ९ वटा मोबाइल, विभिन्न दरका ११५ वटा क्यासिनो क्वाइन र नेपाली रुपैयाँ १० लाख ८५ हजार ६ सय बरामद गरिएको छ। बरामद क्वाइनमा ५० हजार रुपैयाँ लेखिएको ८ वटा, १० हजार रुपैयाँ लेखिएको १९ वटा, १ हजार रुपैयाँ लेखिएको ८८ वटा र १००…

थप