काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई गृह मन्त्रालय मातहत ल्याएको थियो। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेपछि त्यसलाई कानुनी रूप दिन विधेयक अघि बढाइएको थियो।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ।
Facebook Comments Box
