Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् । कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् । उनी यसअघि भएको १४ औं महाधिवेशनमा सोही पदमा पराजित भएका थिए ।

थप

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापाले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिमा उम्मेद्वारी दिएका हुन् । थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार काँग्रेस सभापतिका लागि थापा एक्लैले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि अरुको मनोनयन दर्ता नभएकाले विशेष महाधिवेशनबाट सभापतिमा थापा निर्विरोध निर्वाचित हुने पार्टीका एक नेताले बताएका छन् । यता अन्य सबै पदाधिकारीका लागि मनोनयन दर्ता भइसकेको छ । यसअघि सहमतिका लागि पार्टी सभापति शेरबहादुर देउवासँग वार्ता भए पनि वार्ता सफल नभएको महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बताएका छन् ।

थप

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका-३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खुर्कोट प्रहरीले प्रत्येक सवारीसाधनमा झोला खोलेर कडाइका साथ जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको जनाएको छ । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

थप

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैर-दलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधवार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्दै, गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेन-जी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पारे । उनले…

थप

पर्सा । खुला सीमाको आडमा पर्सा जिल्लामा वर्षौंदेखि मौलाउँदै आएको अवैध हुण्डी कारोबार आज पनि उस्तै शक्तिशाली देखिन्छ। फरक यत्ति हो- पहिले तोड्ने प्रयास भयो, अहिले ढाकछोप। २०७३ सालः जब एक एसपीले जालो च्यात्ने आँट गरे २०७३ साल असोज महिना। तत्कालीन पर्सा प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले हुण्डीमार्फत करोडौँ रुपैयाँ ओसारपसार गर्ने संगठित गिरोहलाई सीधै निशानामा लिए। जतिबेला वीरगञ्जस्थित एक घरमा गरिएको छापामारीमा पाँच जना पक्राउ परे, नगद र चेकसहित करिब २ करोड रुपैयाँ बरामद भयो। त्यो समयको २ करोड रुपैयाँ आजको मूल्यमा झनै ठूलो मानिन्छ। तर यही कारबाही नै श्रेष्ठका लागि भारी पर्‍यो। स्थानीयहरू अहिले पनि भन्छन्- ‘हुण्डीको जालो छुनु…

थप

पर्सा । छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको आरोपमा पर्सा नापी कार्यालयका नापी अधिकृत दीपक कुमार सिंह केही समय फरार रहेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीपछि सम्पर्कविहीन बनेका सिंह हाल पुनः देखिए पनि उनको कार्यशैलीप्रति विवाद झन् चर्किँदै गएको छ। गत मंसिर २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा छापा मार्दै सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेपछि सिंहमाथि पनि संलग्नताको आरोप लागेको थियो। अख्तियारले पक्राउ परेका कर्मचारीहरूको मुचुल्का उठाउन वडा कार्यालय पुगेको समयमा समेत सिंह उपस्थित नभएपछि उनी त्यो बेला फरार रहेको पुष्टि…

थप

समयः साँझ करिब ७ बजेस्थानः सिन्धुली, घ्याङलेख गाउँपालिका–५, हायुटारघटनाः बैंक लुटपाट साँझ ढल्दै थियो। हायुटारको बजार क्षेत्र सामान्य जस्तै देखिन्थ्यो। अचानक नेपाल एसबिआई बैंक शाखाभित्र केही मिनेटमै अवस्था फेरियो। नकाब लगाएका ५ देखि ७ जनाको समूह बैंकभित्र छिरेर सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लियो र केहीबेरमै करोडौं रुपैयाँ बोकेर फरार भयो। मंगलबार साँझ करिब ७ बजे भएको उक्त सशस्त्र लुटपाट घटनामा लुटेराहरूले सुरक्षागार्डमाथि हतियार प्रहार गरेका थिए। कर्मचारीलाई बाँधेर करिब ३ करोड ११ लाख रुपैयाँ हाराहारी नगद लुटिएको प्रारम्भिक अनुमान छ। घटनामा घाइते भएका सुरक्षागार्डको उपचार भइरहेको छ। लुटपाटपछि भाग्ने क्रममा लुटेराहरूले फ्याँकेको केही रकम जंगल क्षेत्रमा बोरा–बोरामा फेला परेको छ।…

थप

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलंकीले मंगलबार काठमाडौंको कलंकी क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। कलंकी चोक नजिक आयोजित कार्यक्रममा लोकगीत, दोहोरी तथा देउडा गीतमार्फत ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको प्रस्तुति रहेको थियो भने दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो। विशेषगरी लोकगायक पशुपति शर्माले प्रस्तुत गरेको ट्राफिक सचेतनासम्बन्धी गीतले दर्शकको ध्यान तानेको थियो। गीतमार्फत प्रवाह गरिएको सन्देशलाई दर्शकले सकारात्मक…

थप

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म चलेको संवाद निष्कर्षविहीन भएपछि नेपाली कांग्रेस तीव्र संकटतर्फ धकेलिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच सहमति नजुटेपछि बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निष्कासनको तयारी गरिएको स्रोतले जनाएको छ । नेतृत्व परिवर्तनको अडानबाट देउवा पछि नहटेपछि विवाद चरमोत्कर्षमा पुगेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको गृहकार्यमा सक्रिय भएपछि संस्थापन पक्ष आक्रामक बनेको छ । सोही क्रममा बुधबार ११ बजे महामन्त्री थापामाथि अनुशासनको कारबाही घोषणा गर्ने तयारी गरिएको बताइएको छ । कांग्रेसभित्रको शक्ति संघर्षले पार्टी विभाजनको खतरा बढाएको छ ।

थप

सर्लाही । प्रहरीका हाकिमहरुसँग निकट सम्बन्ध रहेको दाबी गर्दै होटलमा हुलदंगा मच्चाउने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डी टोलका २९ वर्षीय रमेश गिरी उर्फ झनबहादुर गिरी हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गिरीले बागमती नगरपालिका–१२ कर्मैयास्थित न्यु कालिका होटल एण्ड गेस्ट हाउस मा पुगेर उपद्रव गरेका थिए। पुस २६ गते दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको उक्त होटलमा खाजा, नास्ता तथा मदिरा सेवन गरेपछि उनले विवाद सुरु गरेका थिए। घटनाका बेला होटलमा सञ्चालकका भाइ लालबहादुर घिसिङ उपस्थित थिए। सो क्रममा गिरीले आफू प्रहरीका हाकिमसँग नजिकको सम्बन्ध रहेको भन्दै होटलमा रहेका व्यक्तिहरूलाई डरत्रास देखाउने,…

थप