Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले पुनः उत्कृष्टता कायम राख्दै वैशाख महिनामा पनि जिल्लातर्फ प्रथम स्थान हासिल गरेको छ । प्रदेशस्तरीय मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रथम बनेको छ भने जिल्लातर्फ बाँकेले उत्कृष्ट कार्यसम्पादन गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण बाँके प्रहरीले पछिल्ला महिनाहरूमा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको बताइएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष प्रशंसा बटुलिरहेको छ । विशेषगरी बाँकेको…

थप

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। त्यस निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। ‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति…

थप

काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट…

थप

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) लाई पराजित गरेको छ । हैदरावादमा हिजो भएको खेलमा हैदरावाद ५५ रनले विजयी भयो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए । २५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो । आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ रनरेटले…

थप

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोग स्रोतका अनुसार उपभोक्ता समितिसँग आर्थिक लेनदेन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई महोत्तरीस्थित औरही सडक क्षेत्रमा पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा यादवसँग थप रकमसमेत रहेको आशंका गरिएको छ । बरामद रकम तथा लेनदेनसम्बन्धी अन्य पक्षबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । स्थानीय तहमा विकास निर्माणका कामसँग जोडिएका योजनामा अनियमितता र आर्थिक चलखेलको गुनासो बढिरहेका बेला प्रमुख प्रशासकीय अधिकृत नै घुस प्रकरणमा…

थप

कास्की । काठमाडौं पोखरा महानगरपालिकाको नयाँबजारमा सार्वजनिक स्थानमा एक आपसमा झै–झगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो। बिहीबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित सडकमा दुई जना व्यक्तिहरू एक आपसमा झै–झगडा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको सम्बन्धमा अनुसन्धान तथा खोजतलास तीव्र पारेको थियो। खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई जेठ ८ गते पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रणमा लिन सफल भयो। प्रहरीको प्रारम्भिक…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले सम्हालेका छन् । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी सुधिरराज शाहीको सरुवा भएपछि एसपी पोखरेलले कमाण्ड सम्हालेका हुन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको कमाण्ड सम्हाल्दै एसपी पोखरेलले सुर्खेतको समग्र शान्तिसुरक्षामा आम नागरिकले अनुभव गर्नेगरी सेवा प्रवाहमा लाग्ने बताए । पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति संवेदनशील रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने उनको भनाइ छ । एसपी पोखरेलले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधीनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

थप

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरी नायव महानिरीक्षक (डिआइजी)) ओम अधिकारी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीलाई पुरस्कृत गरेका छन् । काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै दुवै प्रहरी अधिकृतलाई सम्मान गरिएको हो । प्रहरी स्रोतका अनुसार पछिल्लो समय उपत्यकामा सुरक्षा चुनौती बढिरहेका बेला प्रहरी संगठनले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अधिकृतलाई प्रोत्साहनस्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डिआइजी अधिकारीले अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउँदै उपत्यकाको सुरक्षा अवस्था मजबुत बनाउन…

थप

स्याङ्जा । नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशअनुसार प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यालय प्रमुखको रूपमा सरुवा भई हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित स्वागत कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले नवनियुक्त प्रमुख राठौरलाई स्वागत गरेका थिए। पदभार ग्रहणपछि एसपी राठौरले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले संगठनको अनुशासन, जिम्मेवारी र जनविश्वासलाई अझ मजबुत बनाउँदै स्याङ्जामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने बताए। एसपी राठौरको आगमनसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

थप

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी क्षेत्रको एक रिसोर्टमा पुगेको प्रहरी टोलीबारे विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारप्रति प्रश्न उठ्न थालेको छ । केही अनलाइनले प्रहरी टोलीको उपस्थितिलाई विवादास्पद बनाउने प्रयास गरेपछि घटनाको वास्तविक पक्षबारे चर्चा सुरु भएको हो । हिजो अर्थात् ५ जेठमा एक चर्चित अनलाइनले प्रहरी अधिकारी सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको भन्दै समाचार प्रकाशित गरेको थियो । समाचारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रिसोर्ट पुगेको र उक्त कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पनि त्यसलाई स्वीकार गरेको दाबी गरिएको थियो । तर, सोही समाचारमा रिसोर्टका कर्मचारीको भनाइ उद्धृत गर्दै ‘सिआईबीबाट आएको’ भन्दै टोली पुगेको उल्लेख गरिएको छ । यही बुँदाले…

थप