काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एक प्रहरी हवल्दारसहित ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
सूचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।
लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका प्रहरी कर्मचारीलाई पटक–पटक सम्पर्कमा आउन आग्रह गर्दा पनि उपस्थित नभएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

Facebook Comments Box

