स्याङ्जा । नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशअनुसार प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यालय प्रमुखको रूपमा सरुवा भई हाजिर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित स्वागत कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले नवनियुक्त प्रमुख राठौरलाई स्वागत गरेका थिए।
पदभार ग्रहणपछि एसपी राठौरले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए।
उनले संगठनको अनुशासन, जिम्मेवारी र जनविश्वासलाई अझ मजबुत बनाउँदै स्याङ्जामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने बताए।
एसपी राठौरको आगमनसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
