काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले सम्हालेका छन् ।
यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी सुधिरराज शाहीको सरुवा भएपछि एसपी पोखरेलले कमाण्ड सम्हालेका हुन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको कमाण्ड सम्हाल्दै एसपी पोखरेलले सुर्खेतको समग्र शान्तिसुरक्षामा आम नागरिकले अनुभव गर्नेगरी सेवा प्रवाहमा लाग्ने बताए ।
पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति संवेदनशील रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने उनको भनाइ छ ।
एसपी पोखरेलले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधीनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
Facebook Comments Box
