Author: Scoop Khabar

वीरगन्ज । नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार युवा नेता प्रदीप यादवले मधेशको मुद्दा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाका पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार यादवले नेपालीहरुको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्। आफनो क्षेत्रको मतदाता संगको घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता यादवले जेनजीको माग र भावनालाई कदर गर्दै जेएनजीको सम्पुर्ण माग पुरा गर्ने भन्दै विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उहाले जनताको मतले देशलाई सही दिशामा लैजाने…

थप

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ मा बस्ने २१ वर्षीया बसन्ती गोडिया एक महिनाअघि मामाघर जान्छु भनेर हिँडेकी थिइन् । तर, माघ १ मा बिहान घर नजिकै जंगलछेउको इनारमा उनको शव सडेको अवस्थामा भेटियो । कपडा र गहनाको आधारमा सो शव बसन्ती गोडियाको पुष्टि भएको छ । शवको पोस्टमार्टम गर्दा मृत्युको कारण ‘चोप इन्ज्युरी टु नेक एण्ड हेड’ भन्ने खुल्यो । अर्थात, टाउको र घाँटीमा चोटका कारण हत्या भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टको आधारमा गोडियाको हत्या भएको निष्कर्षसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । डुडुवा–३ घर भएका उनकै छिमेकी २५ वर्षीय राकेश बर्मालाई पक्राउ…

थप

सल्यान । सल्यान–१ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंह पक्राउ परेका छन्। बुधबार साँझ काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पअगाडि ‘खतरा’ लेखिएको झोला फालेर भाग्न खोज्दा त्यहाँ खटिएको सेनाको टोलीले सिंहलाई नियन्त्रणमा लिएको हो। सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार झोलाभित्र कुनै विस्फोटक पदार्थ नभई इँट्टा मात्र भेटिएको छ। यद्यपि, सार्वजनिक स्थलमा शंकास्पद वस्तु फालेर त्रास सिर्जना गरेको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । घटनामा अजित पवारसँगै चार अन्य व्यक्ति पनि सवार थिए, जसमा दुई चालक दलका सदस्य र पवारका दुई सहयोगी थिए । उनीहरू सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अजित पवारका निजी सहायक अनिल ढिकलेले बीबीसीसँग कुरा गर्दै दुर्घटनाको पुष्टि गरेका छन् । विमान रनवेनजिकै दुर्घटनाग्रस्त भएको र आगो लागेको समाचार प्राप्त भएको छ । अजित पवार महाराष्ट्रका एक चर्चित राजनीतिज्ञ थिए, जसले राज्यको योजना र विकासमा लामो समय योगदान दिएका थिए।

थप

काठमाडौं । बहुचर्चित टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दा अब निर्णायक मोडमा पुगेको छ। विशेष अदालतले प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएसँगै प्रतिवादीहरू, विशेषतः पूर्वमन्त्री मोहनबहादुर बस्नेतका लागि जेल जाने बाटो खुल्न सक्ने अवस्था बनेको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले टेरामक्स प्रणाली सम्झौता बमोजिमको गुणस्तरको हो वा होइन भन्ने यकिन गर्न प्राविधिक परीक्षण अनिवार्य ठहर गरेको हो। अदालतले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको टेरामक्स प्रणालीमा १ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ भुक्तानी भइसकेको अवस्थामा त्यसको वास्तविक अवस्था, गुणस्तर र मापदण्ड परीक्षण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। साथै…

थप

सोलुखुम्बु । काठमाडौंका सहकारीहरू फोडेर फरार रहेका एक शृङ्खलाबद्ध चोरी अभियुक्त सोलुखुम्बुको सदरमुकाम सल्लेरीमै बैंक फोड्ने प्रयास गर्दागर्दै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो। उनीमाथि काठमाडौंसहित विभिन्न जिल्लामा चोरी र डकैतीमा संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार गत मंगलबार राति करिब १ बजेतिर मुखमा मुकुण्डो लगाएका राई सल्लेरी बजारस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्र प्रवेश गरेका थिए। मुख्य ढोकाको चाबी फोडेर भित्र पसेका उनले दोस्रो तलामा रहेको च्यानल गेट रडको सहायताले तोडफोड गर्न थालेका थिए। तर, मध्यरातको असामान्य गतिविधि नजिकैका बासिन्दाले देखेपछि होहल्ला भयो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि…

थप

जाजरकोट । आफ्नै साथीलाई हत्या गरेको आरोपमा जाजरकोटमा तीनजना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी वसन्तकुमार शर्माका अनुसार जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या आरोपमा १४, १५ र १६ वर्षका तीनजना बालक मंगलबार पक्राउ परेका हुन् । उनीहरू सबै नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि हराइरहेका विष्टको खोजी गर्ने क्रममा गाउँकै जंगलमा उनको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनकै साथीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए । प्रहरीले जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद लिई उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शर्माका अनुसार श्रीपञ्चमी…

थप

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहारबाट आमा र छोराको हत्या भएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी मण्डल रहेका छन्। घटनामा सुमित्री देवीका श्रीमान् ५० वर्षीय जगरूप मण्डल, २२ वर्षीया छोरी रिना कुमारी र एक जना अन्य सदस्य घाइते भएका छन्। घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गएराति करिब ३ बजेतिर अज्ञात व्यक्तिहरूले घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेका थिए। आमा र…

थप

काठमाडौं । गुल्मी जिल्ला नेपालको लुम्बिनी प्रदेशको पहाडी भू–भागमा अवस्थित एक ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो। विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रभाव जमाउँदै आएका कारण गुल्मीलाई परम्परागत रूपमा मुख्य दलहरूको किल्लाका रूपमा हेरिँदै आएको छ। तर पछिल्ला निर्वाचनहरूमा त्यो राजनीतिक तस्बिर क्रमशः फेरिँदै गएको देखिन्छ। लामो समयदेखि उही अनुहार, उही शैली र उही आश्वासनबाट दिक्क भएका मतदाताहरू अब वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्। यही जनभावना र परिवर्तनको चाहनालाई समेट्दै गुल्मीको राजनीतिक मैदानमा नयाँ शक्ति प्रवेश गरेको छ। सोही क्रममा उदीयमान राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिने गरी गुल्मीमा सशक्त उपस्थिति…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ। उनी भदौ २४ गते संसद् भवन भित्र छिरेर कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्ति रहेको पाइएको छ। मोरङ–२ का उम्मेदवार कार्की संसद भवन जलाउँदै गरेको दृश्य उनकै सामाजिक सञ्जालमा देख्न सकिन्छ । मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीनिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किएका थिए । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटकमा फैलियो । उनी आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ । उक्त दृश्यमा कार्कीले आफ्ना…

थप