Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै गरेको हो । योसँगै अब उनको अध्यक्ष पदको कार्यकाल ४ वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने…
धनगढी । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि दुई महिनासम्म स्कार्पियो गाडी प्रयोग गरेर दुई लाख रुपैयाँ भाडा नतिरेको आरोप लागेको छ। कैलालीका विष्णु विष्टले २०८० जेठदेखि भदौसम्म आफ्नो गाडी प्रयोग गरिए पनि सहमतिअनुसारको रकम हालसम्म नपाएको बताएका छन्। रकम माग्दा रावलले आफूले कुनै सम्झौता नगरेको बताएको र पाल सम्पर्कमा नआएको विष्टको दाबी छ। विष्टका अनुसार एमालेका अन्य केही नेताहरूले समेत चुनावी अभियानका क्रममा प्रयोग गरेको गाडीको भाडासहित कुल ५ लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ। आरोपितमध्ये केहीले रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन् भने केहीले दाबी अस्वीकार गरेका छन्।
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक र एक युवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककाअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेका सहायक निरीक्षक शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव बुधबार बिहान वन क्षेत्रमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका शक्ति राम गत वैशाख १९ गते गणबाट दुई दिनको बिदा लिएर बाहिरिएका थिए। निर्धारित समयपछि पनि सम्पर्कमा नआएपछि उनका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। त्यसलगत्तै सशस्त्र प्रहरीले पनि प्रहरीलाई जानकारी गराएको थियो।…
काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको प्रसौनीनाकाबाट ठुलो मात्रामा अवैध रुपले भित्राएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेको ५लाख१ हजार रुपैयाँ बराबर लत्ताकपडा भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजारले बताए।
काठमाडौं । बौद्धस्थित प्राइड क्यासिनोमा भएको बहुचर्चित लुटपाट प्रकरणका मुख्य आरोपित मानिएका कुलध्वज लामा र राकेश लामा धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुवै जना ४–४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। करिब १४ करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरिएको घटनाका मुख्य योजनाकार मानिएका व्यक्तिहरू धरौटीमा रिहा भएपछि अनुसन्धान र अभियोजन प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरीका अनुसार कुलध्वज लामा र राकेश लामा विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १ गते सार्वजनिक गरेको विवरणमा कुलध्वज पाँच वटा तथा राकेश (कोरियन) सात वटा विभिन्न आपराधिक घटनामा संलग्न…
बारा । इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) उमेश उप्रेती र प्रहरी सहायक हवल्दार नवराज लम्सालमाथि स्थानीय व्यापारी तथा व्यवसायीहरूबाट अवैध रूपमा रकम असुली गरेको आरोप लागेको छ। लामो समयदेखि विभिन्न माध्यमबाट गुनासा उठ्दै आए पनि प्रभावकारी छानबिन नभएको भन्दै व्यवसायीहरूले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। स्थानीय व्यापारीहरूका अनुसार जितपुर क्षेत्रको व्यापार, ढुवानी तथा ट्रान्सपोर्ट व्यवसायसँग सम्बन्धित व्यक्तिहरूमाथि विभिन्न बहानामा आर्थिक दबाब सिर्जना गर्ने गरिएको छ। सई उप्रेती र हवल्दार लम्सालले मासिक रूपमा रकम नबुझाउने व्यवसायीहरूलाई सवारी चेकजाँच, कागजात परीक्षण तथा अन्य प्रशासनिक प्रक्रियाका नाममा दुःख दिने गरेका छन्। नाम नखुलाउने सर्तमा कुरा गरेका केही…
काठमाडौँ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको नेतृत्व सम्हाल्दै आएका जोशीलाई नगर प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा गरी एसएसपीको जिम्मेवारी दिइएको हो। महानगर कार्यपालिकाले गत जेठ ३ गते नै उनको बढुवाको निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले जोशीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए। नवनियुक्त एसएसपी जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो सेवा अनुभव रहेको छ। उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव…
एसएसपीहरूलाई आईजीपी कार्कीको निर्देशन : प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नू
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हालै सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्राप्त जिम्मेवारी इमान्दारी, निष्ठा र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका एसएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नवीन सोच र सिर्जनशीलतासहित कार्यसम्पादन गर्न आग्रह गरे। उनले उपलब्धिमूलक तथा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्दै संगठनको गरिमा र नागरिकको विश्वास कायम रहने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए। प्रहरी महानिरीक्षक कार्कीले संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखी नेपाल प्रहरीको संस्थागत विकासमा योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए। उनले शून्य सहनशीलताको नीतिअनुसार प्रविधिको अधिकतम प्रयोग…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्। मोदीले लामिछानेसँग भेटवार्ता गर्न पाएकोमा खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई स्वागत गरेको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध विशेष, घनिष्ठ तथा बहुआयामिक रहेको बताउँदै त्यसलाई थप उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका छन्। ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको उल्लेख गर्दै मोदीले दुई देशबीचको सहकार्यलाई…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’ फागुन २१ को चुनावमा एउटा पूर्वनिर्धारित नाटक भएको आरोप लगाएका छन् । चुनाव सकिएको करिब तीन महिनापछि उनले चुनावको परिणाममाथि प्रश्न उठाएका छन् । उनले जे जस्तो भए पनि अब चुनावी परिणामलाई स्वीकारेर संसद्मा भूमिका खेलिरहेको उल्लेख…
