काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै गरेको हो । योसँगै अब उनको अध्यक्ष पदको कार्यकाल ४ वर्षको हुनेछ ।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनले कार्यकालमा उच्चतम उपलब्धि हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास गरिएको छ ।
