धनगढी । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि दुई महिनासम्म स्कार्पियो गाडी प्रयोग गरेर दुई लाख रुपैयाँ भाडा नतिरेको आरोप लागेको छ।
कैलालीका विष्णु विष्टले २०८० जेठदेखि भदौसम्म आफ्नो गाडी प्रयोग गरिए पनि सहमतिअनुसारको रकम हालसम्म नपाएको बताएका छन्। रकम माग्दा रावलले आफूले कुनै सम्झौता नगरेको बताएको र पाल सम्पर्कमा नआएको विष्टको दाबी छ।
विष्टका अनुसार एमालेका अन्य केही नेताहरूले समेत चुनावी अभियानका क्रममा प्रयोग गरेको गाडीको भाडासहित कुल ५ लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ। आरोपितमध्ये केहीले रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन् भने केहीले दाबी अस्वीकार गरेका छन्।
Facebook Comments Box
