Author: Scoop Khabar

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो। यस वर्षको एसईईमा कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार प्राविधिक तयारीका कारण नतिजा केहीबेरपछि मात्रै वेबसाइटमार्फत हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर अनलाइनबाट नतिजा हेर्न सक्नेछन्।

थप

काठमाडौं । चितवनको भरतपुरमा भएको हत्या घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–१६ स्थायी घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्णबहादुर खड्का रहेका छन्। प्रहरीका अनुसार वैशाख २२ गते राति भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो वर्कशप नजिक ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। रूपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका खनाल हाल भरतपुरमै बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनालगत्तै फरार भएका खड्कालाई चितवन प्रहरीले कास्की प्रहरीको सहयोगमा पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित एक होटलबाट नियन्त्रणमा लिएको…

थप

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रममा आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेका छन् । सरकारले सुशासन, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै नयाँ वित्तीय र प्रशासनिक मोडलहरू पनि घोषणा गरेको छ। सरकारले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरेको छ। विशेषगरी, नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ नीतिको कानूनी व्यवस्था गर्ने घोषणा गरिएको छ। त्यस्तै सरकारले सीमा…

थप

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ चलाउने क्रममा उनीहरूलाई समातेको हो। प्रहरीले ती व्यक्तिहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका-८ बाँसगढीका बिपिन परियार र सम्मरीमाई गाउँपालिका-६ नगौलियाका कृष्ण गुप्ता रहेका छन्। सोही गाउँपालिकाको नगौलिया बस्ने कुसदेव यादव र पवन गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक सुदिप कुर्मी पनि छन् जो भारतको महाराजगञ्ज जिल्ला थाना नवतुना अड्डाबजारका बासिन्दा हुन्। यसैगरी सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाबाट पनि…

थप

काठमाडौं । फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाबाट युवा व्यवसायी गोकर्ण लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले नेपाल र क्यानडाबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका सरकारी तथा निजी निकायसँग समन्वय गर्दै आएको छ। गत आइतबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइटेल, सचिवमा विनोद श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्। त्यसैगरी बोर्ड सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका…

थप

काठमाडौं । नेपाल प्रहरीमा नियमित सरुवा रोकिँदा संगठनभित्र अन्योल र असन्तुष्टि बढ्दै गएको छ। गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको सरुवा रोकिएको हो । विशेषगरी एसएसपी सरुवामा काठमाडौं, ललितपुर र उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न वरिष्ठ प्रहरी अधिकृतहरूबीच तीव्र दौडधुप सुरु भएको छ। काठमाडौं नपाए ललितपुर, ललितपुर पनि नभए ट्राफिक नेतृत्व सम्हाल्ने रणनीतिमा एसएसपीहरू सक्रिय देखिएका छन्। प्रहरी नियमावली २०७१ अनुसार अधिकृतहरूको सरुवा हरेक एक वर्षमा हुनुपर्ने व्यवस्था छ। गत ९ वैशाखमा तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका छन्। गृहमन्त्री नहुँदा प्रहरी…

थप

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै सो अभिव्यक्ति दिएकी हुन् । उनले परिषद्ले एक नम्बर बरीयतामा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस नगरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै आएकी छिन् । यसैबीच शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् । उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँदा उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’ यसैबीच कार्कीले…

थप

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नहुने बताएकी छन् । कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको बताइन् । उनले भनिनन्, ‘निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन । कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन ।’ तर, कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न उठिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् । ‘कतै अख्तियारी र विधिको प्रयोगको बाहनामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जमा प्हरी नायब उपरीक्षक (डीएसपी) टेक जोरालाई पठाइएको छ । प्रहरी हेडक्वार्टरले जोरालाई बझाङमा काज सरुवा गरेको हो । वैशाख २३ मा उनलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । बझाङमा कार्यरत खगेन्द्र धमला प्रहरी स्टाफ कलेजमा सहभागी हुन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आएका छन् । प्रहरी स्टाफ कलेजको दोस्रो ब्याच यस वर्ष सुरु हुँदै छ । बझाङ पठाइएका जोरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

थप

काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई तीन विकेटले पराजित गरेको हो। यसअघि बिहीबार स्कटल्यान्डसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले बिहीबार ४५ रनको जित निकालेको थियो। नेपाल ‘ए’ टोलीले शनिबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ। शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ टोलीले पाँच बल अगावै सात विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए। खेलको ४७औँ ओभरमा पवन सर्राफले लगातार बाउन्ड्री प्रहार गरेपछि नेपाल ‘ए’ टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो। पवन सर्राफ २४ रनमा अविजित रहे। दिपक डुम्रे…

थप