काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।
यसअघि उनी मंसिरमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए।
मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल-भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।
Facebook Comments Box
