Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
विराटनगर । झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा घाँटीमा सुई रोपेर हत्या गरिएको छ । बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो । सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमा गएर सुईले घोचेर गम्भीर घाइते बनाएका थिए । तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएका ढकालको उपचारको क्रममा मृत्यु भएको थियो । ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दिनेशकुमार सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । घटनाको अनुसन्धान भइरहेको भन्दै खड्काले कारण खुल्न बाँकी रहेको बताए ।
काठमाडौं । राजधानी काठमाडौंमा आपराधिक गतिविधिमा संलग्न गुण्डागर्दी समूहविरुद्ध प्रहरीले कडा अपरेशन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले राजधानीमा अशान्ति फैलाउने कुनै पनि समूहलाई छुट नदिने स्पष्ट चेतावनी दिएका छन्। एसएसपी थापाकाअनुसार गुण्डागर्दी, जबर्जस्ती, धम्की, अवाञ्छित गतिविधि तथा संगठित अपराधमा संलग्न व्यक्तिहरूको विस्तृत नामावली तयार भइसकेको छ। ती व्यक्तिहरूलाई लक्षित गर्दै खोजी–खोजी कारबाही भइरहेको र यो अपरेशन निरन्तर चलिरहने उनले बताए। ‘काठमाडौंमा गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,’ एसएसपी थापाले स्कुपखबरसँगको कुराकानीमा भने, ‘शान्ति सुरक्षामा खलल पुर्याउने जो–कोहीलाई कानुनको दायरामा ल्याइन्छ। अपरेशन रोकिँदैन।’ पछिल्लो समय राजधानीका विभिन्न क्षेत्रमा आपराधिक गतिविधि बढ्ने संकेत देखिएपछि…
काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । सुतिरहेकै अवस्थामा बेहोस रहेको फेला परेपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली पुर्याइएको थियो । हिजो (शुक्रबार) राति अबेरसम्म थापाले चलचित्रको छायांकन गरेका थिए । उनी चलचित्र ‘राम नाम सत्य’को छायांकनमा थिए । राति अबेर उनी आफ्नो अपार्टमेन्टमा आएर सुतेका थिए । ‘हिजो राति अबेरसम्म उहाँ सुटिङको सेटमै हुनुहुन्थ्यो । राम नाम सत्य भन्ने चलचित्रमा अभिनय गरिरहनु भएको थियो,’ थापानिकटका कलाकार विल्सन विक्रम राईले भने, ‘चलचित्रको क्लाइमेक्सको छायांकन भइरहेको थियो, त्यसमै उहाँले अभिनय गरिरहनु भएको थियो ।’ ‘भोलि बिहानै सुटिङमा जानुपर्नेछ, मलाई चाँडै उठाइदिनु है…
काठमाडौं । रास्वपाबाट भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका राजीव खत्रीले बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले चढेको गाडीको बिषयमा जवाफ दिनुपर्ने बताएका छन् । बालेनले कर छलीमा मुछिएका गुट्खा व्यापारी कमल किशोर मालपानीको ८ करोड भन्दा बढी पर्ने ल्याण्डरोभर गाडी चढेर झापामा चुनावी प्रचारमा हिँडेपछि बालेनमाथि सबैतिरबाट प्रश्न उठाइएको थियो । खत्रीले एक युटूब च्यानलसँगको अन्तर्वार्ताका क्रममा चुनावमा व्यापारीले दिएको सहयोग लिन पाइने भए पनि उनीहरुको स्वार्थ अनुसार काम गर्न नहुने उल्लेख गरेका छन् । उनले ८ करोडको गाडी चढेको बिषयमा बालेनलाई भेट्न नपाएको हुँदा आफुले प्रश्न सोध्न नसकेको भएपनि बालेन आफैले जवाफ दिनुपर्ने बताए । स्मरणीय के…
काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकको क्रममा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। मोरङको बिराटचोकमा शुक्रबार भएको डिआईजी तहको समकक्ष समन्वय बैठक चलिरहँदा घिमिरे अचानक बेहोस भएर ढलेका थिए । उपचारका लागि उनलाई विराट मेडिकल कलेज पुर्याइएको थियो । राति ८ बजेर ५२ मिनेटमा चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृत्युको पुष्टि गरे । प्रहरीका अनुसार घिमिरेलाई उच्च रक्तचापको समस्या समेत रहेको थियो । बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।…
काठमाडौं । नेपाली सिने गजतका हस्ती कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो । उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।
बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् । नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले बताए । उनको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका थारु काठमाडौं…
काठमाडौं । नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बङ्गलादेशी नागरिकलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले…
कोहलपुर । नेपाल प्रहरीद्वारा प्रदान गरिँदै आएको सेवा नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले प्रहरी सेवालाई केवल जिम्मेवारी मात्र नभई अनुशासन, निष्ठा र सेवाभावले निर्देशित जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा आयोजना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरीको भूमिका जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताए। उनले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित, व्यावसायिक र उच्च नैतिक मापदण्डमा रहेर कार्य सम्पादन गर्न सम्पूर्ण प्रहरी जनशक्तिलाई आग्रह गरे। कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले अवैध गतिविधिविरुद्ध कडा कदम चाल्न थालेका छन्। उनको नेतृत्वमा सुरक्षा निगरानी कडा बनेसँगै विमानस्थलबाट अवैध सुन ओसारपसार गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन्। विमानस्थल सुरक्षा कार्यालयले पछिल्लो २४ घण्टाभित्र छुट्टाछुट्टै दुई घटनामा अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारीलाई पक्राउ गरेको छ। एसएसपी रजौरेकाअनुसार बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई शंका लागेपछि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक चेकजाँचमा असामान्य व्यवहार देखिएपछि थप परीक्षण गरिएको थियो। चेकजाँचकै क्रममा उनले…